अय्युब १२:१-२५

  • अय्युबको जवाफ (१-२५)

    • “म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ” ()

    • ‘म हाँसोको पात्र भएको छु’ ()

    • ‘परमेश्‍वर बुद्धिमान्‌ हुनुहुन्छ’ (१३)

    • परमेश्‍वर न्यायाधीश र शासकहरूभन्दा उच्च हुनुहुन्छ (१७, १८)

१२  त्यसपछि अय्युबले जवाफ दिए:  २  “हो, हो! तपाईँहरूलाई मात्रै सबै कुरा थाह छअनि तपाईँहरूको मृत्यु हुँदा संसारबाट बुद्धि नै हराउनेछ।  ३  तर के मचाहिँ अबुझ मानिस हुँ र? म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ। तपाईँहरूले भनेका कुराहरू थाहै नहुने मान्छे को छ र?  ४  म परमेश्‍वरलाई पुकार्छु र उहाँले जवाफ दिनुहोला भन्‍ने आस गर्छुतर म आफ्नै साथीभाइको निम्ति हाँसोको पात्र भएको छु।+ धर्मी र निर्दोष मानिस त हाँसोको पात्र पो हुँदो रहेछ!+  ५  बेफिक्री रहनेहरू आफूमाथि विपत्ति आउला भनेर सोच्दा पनि सोच्दैनन्‌;तिनीहरूको विचारमा ज-जसका खुट्टा धरमराउँछन्‌, उनीहरूमाथि मात्रै विपत्ति आइपर्छ।  ६  लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्‌।+अनि जो-जो परमेश्‍वरलाई रिस उठाउँछन्‌ र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्‌छन्‌, तिनीहरूचाहिँ सुरक्षित रहन्छन्‌।+  ७  तर बिन्ती! एक चोटि जनावरहरूलाई सोधिहेर्नुहोस्‌,तिनीहरूले तपाईँलाई सिकाउनेछन्‌। अनि आकाशका चराचुरुङ्‌गीलाई पनि सोध्नुहोस्‌, तिनीहरूले तपाईँलाई बताउनेछन्‌।  ८  अथवा पृथ्वीलाई विचार गर्नुहोस्‌*र त्यसले तपाईँलाई सिकाउनेछ। अनि समुद्रका माछाहरूले तपाईँलाई बताउनेछन्‌।  ९  यहोवाले आफ्नै हातले यी सब बनाउनुभएको हो भनेरयीमध्ये कसलाई चाहिँ थाह छैन र? १०  सबै जीवजीवात र सबै मानिसको जीवन*उहाँकै हातमा छ।+ ११  जसरी जिब्रोले खानेकुरा चाख्छ,+त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्दैन र? १२  के उमेर ढल्किसकेका मानिससित बुद्धि हुँदैन र?+अनि बूढापाका समझदार हुँदैनन्‌ र? १३  परमेश्‍वर बुद्धिमान्‌ र पराक्रमी हुनुहुन्छ।+उहाँ समझदार र आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ।+ १४  उहाँ जे भत्काउनुहुन्छ, त्यसलाई फेरि बनाउन सकिँदैन।+उहाँ जे बन्द गर्नुहुन्छ, त्यसलाई कुनै मानिसले खोल्न सक्दैन। १५  जब उहाँ पानी पार्नुहुन्‍न, तब सबै कुरा सुक्छन्‌।+तर जब उहाँ पानी पार्नुहुन्छ, तब पूरै पृथ्वी डुब्छ।+ १६  उहाँ शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ।+गलत बाटोमा लैजाने र जाने दुवै उहाँकै मुठीमा छन्‌। १७  उहाँ सल्लाहकारहरूलाई खाली खुट्टा हिँडाउनुहुन्छ*अनि न्यायाधीशहरूलाई मूर्ख तुल्याउनुहुन्छ।+ १८  राजाहरूले जबरजस्ती बाँधेका बन्धन उहाँ फुकाउनुहुन्छ+र तिनीहरूको कम्मरमा पेटी कसिदिनुहुन्छ। १९  उहाँ पुजारीहरूलाई खाली खुट्टा हिँडाउनुहुन्छ+अनि शक्‍तिशाली शासकहरूलाई पदच्युत गरिदिनुहुन्छ।+ २०  उहाँ भरपर्दा सल्लाहकारहरूको मुख बन्द गरिदिनुहुन्छअनि बूढापाकाहरूको* समझलाई बेकामको तुल्याइदिनुहुन्छ। २१  उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छ+अनि बलियाहरूलाई निर्बल बनाइदिनुहुन्छ। २२  उहाँ अन्धकारमा लुकेका गहिरा-गहिरा रहस्य खोल्नुहुन्छ+र घोर अँध्यारोमा उज्यालो छर्नुहुन्छ। २३  उहाँ जातिजातिका मानिसहरूलाई उचाल्नुहुन्छ अनि फेरि पछार्नुहुन्छ।तिनीहरूलाई कैदी बनाएर लैजानकै लागि तिनीहरूको गन्ती बढाउनुहुन्छ। २४  उहाँ अगुवाहरूको समझलाई बोधो बनाउनुहुन्छअनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्‌नुहुन्छ।+ २५  तिनीहरू निस्पट्ट अन्धकारमा छामछाम छुमछुम गर्दै हिँड्‌छन्‌।+जँड्‌याहा मानिसझैँ तिनीहरू धरमराउँछन्‌।+

फुटनोटहरू

वा सम्भवतः “पृथ्वीसित बोल्नुहोस्‌।”
वा “सास।”
वा “सल्लाहकारहरूका सबै कुरा खोस्नुहुन्छ।”
वा “नाइकेहरूको।”