अय्युब २७:१-२३
२७ अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:
२ “मेरो इन्साफ नगर्नुहुने परमेश्वरको नाममा म कसम खाएर भन्छु,+मेरो जीवन तीतो बनाइदिनुहुने सर्वशक्तिमान्को नाममा म कसम खाएर भन्छु,+
३ जबसम्म ममा सास बाँकी रहन्छर परमेश्वरले दिनुभएको सास मेरो नाकमा रहिरहन्छ,+
४ तबसम्म मेरो ओठले गलत कुरा बोल्नेछैनर मेरो जिब्रोले कपटी कुरा गर्नेछैन।
५ म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ।
म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।+
६ म सही बाटोमा चल्नेछु र यसबाट कहिल्यै तर्कनेछैनँ।+बाँचुन्जेल मेरो हृदयले मलाई दोषी ठहराउनेछैन।
७ मेरो शत्रुको हालत दुष्टहरूको जस्तो होस्।मलाई दुर्व्यवहार गर्नेले भ्रष्टहरूले पाउने सजाय पाओस्।
८ किनकि भक्तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्वरले त्यसको जीवन खोसेर लैजानुहुँदात्यसको निम्ति के नै आशा हुन्छ र?
९ त्यसमाथि दुःखकष्ट आइपर्दा+के परमेश्वरले त्यसको पुकारा सुन्नुहुन्छ?
१० अथवा सर्वशक्तिमान्लाई सम्झेर त्यो खुसी हुन्छ र?
त्यसले हर समय परमेश्वरलाई पुकार्छ र?
११ म तपाईँहरूलाई परमेश्वरको शक्तिबारे बताउँछु।*सर्वशक्तिमान्को विषयमा म तपाईँहरूसित कुनै कुरा लुकाउनेछैनँ।
१२ तपाईँहरूले साँच्चै दर्शन* देख्नुभएको हो भनेतपाईँहरूको कुरा किन यत्तिबिघ्न खोक्रो छ?
१३ दुष्टले परमेश्वरबाट पाउने इनामर अत्याचारीहरूले सर्वशक्तिमान्बाट पाउने अंश यही हो:+
१४ त्यसका धेरै छोरा भए पनि तिनीहरू तरबारले काटिनेछन्+र त्यसका सन्तान भोकभोकै हुनेछन्।
१५ बचेकाहरूचाहिँ महामारीको सिकार हुनेछन्र तिनीहरूका विधवाहरूले तिनीहरूको निम्ति आँसु बगाउनेछैनन्।
१६ चाहे त्यसले जम्मा गरेको चाँदी धुलोको कणजति नै होस्र त्यसले थाक लगाएका राम्रा-राम्रा लुगा माटोको थुप्रोजत्तिकै होस्,
१७ चाहे ती सबै त्यसले आफ्नै हातले बटुलेको होस्,ती सबै धर्मी मानिसले लगाउनेछ।+अनि निर्दोषहरूले त्यसको चाँदी आपसमा भागबन्डा गर्नेछन्।
१८ त्यसले बनाएको घर पुतलीको कोयोजस्तै कमजोर हुनेछ,पहरेदारले बनाएको टहरोजस्तै+ कमजोर।
१९ ओछ्यानमा जाउन्जेल त्यो धनी हुन्छतर बिहान आँखा खोल्दा त्यो कङ्गाल भइसकेको हुनेछ।
२० त्रासले त्यसलाई अचानक उर्लेको भेलले झैँ छोप्नेछ।अनि रातमा भयानक आँधीले त्यसलाई उडाएर अन्तै पुऱ्याउनेछ।+
२१ पूर्वीय बतासले त्यसलाई उडाएर लग्नेछ,त्यसलाई त्यसको ठाउँबाट हुर्ऱ्याएर लैजानेछर त्यसको नामोनिसान रहनेछैन।+
२२ त्यसले आफूलाई बचाउन लाख कोसिस गरे पनि+पूर्वीय बतासले रतीभर दया नदेखाई त्यसलाई लछारपछार गर्नेछ।+
२३ त्यसको हालत देखेर बतासले थपडी मार्नेछर सिटी बजाउँदै+ त्यसको खिसी गर्नेछ।*
फुटनोटहरू
^ वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्।
^ वा सम्भवतः “परमेश्वरको हातको मदतले सिकाउँछु।”
^ वा सम्भवतः “त्यसको हालत देखेर तिनीहरूले थपडी मार्नेछन् र सिटी बजाउँदै त्यसको खिसी गर्नेछन्।”