एस्तर १०:१-३
-
मोर्दकैलाई उच्च पारिन्छ (१-३)
१० राजा आहासुरसले आफ्नो साम्राज्यका इलाकाहरूमा र समुद्री टापुहरूमा बसोबास गर्ने मानिसहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।
२ उनले के-कस्ता शक्तिशाली र ठूलठूला कामहरू गरे अनि उनले मोर्दकैलाई कसरी उच्च पारे,+ त्यसको एक-एक जानकारी+ मादी र फारसका राजाहरूको+ इतिहासको पुस्तकमा+ लेखिएको छ।
३ पूरै साम्राज्यमा राजा आहासुरसपछिको सबैभन्दा प्रमुख व्यक्ति यहुदी मोर्दकै नै थिए। तिनले आफ्ना भाइबन्धु यहुदीहरूमाझ ठूलो नाम कमाएका थिए अनि उनीहरूले तिनलाई आदर गर्थे। तिनी आफ्ना मानिसहरूको भलाइको लागि र उनीहरूका सन्तानको हितको लागि काम गर्थे।