गन्ती ३४:१-२९

  • कनानका सिमानाहरू (१-१५)

  • इलाका बाँडफाँड गर्न पुरुषहरू नियुक्‍त गरिन्छन्‌ (१६-२९)

३४  यहोवा परमेश्‍वरले मोसालाई अझ यसो भन्‍नुभयो: २  “इस्राएलीहरूलाई यसो भन्‍नू: ‘कनान देशको इलाका, जुन तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिइनेछ,+ त्यसको सिमाना यस्तो हुनेछ:+ ३  “‘दक्षिणतर्फ तिमीहरूको सिमाना एदोमको छेउमा भएको जिन निर्जनभूमिबाट सुरु हुनेछ र दक्षिणी भागको पूर्वतिरको सिमानाचाहिँ खारा समुद्रको* पुछारबाट सुरु हुनेछ।+ ४  त्यसपछि तिमीहरूको सिमाना मोडिएर अक्रब्बिमको उकालो हुँदै+ जिनसम्म पुग्नेछ र कादेस-बर्नेको दक्षिणी भागमा गएर+ त्यसको अन्त हुनेछ। त्यसपछि हजर-अद्दर हुँदै+ अज्मोनसम्म पुग्नेछ। ५  फेरि अज्मोनबाट मिश्रको वादीतर्फ* मोडिनेछ र महासागरसम्मै* पुग्नेछ।+ ६  “‘पश्‍चिमतर्फ तिमीहरूको सिमाना महासागरको किनारा हुनेछ। पश्‍चिमतर्फको सिमाना यही हुनेछ।+ ७  “‘उत्तरतर्फको सिमानाचाहिँ यस्तो हुनेछ: तिमीहरूले महासागरदेखि होर डाँडासम्म आफ्नो सिमाना तोक्नू। ८  फेरि होर डाँडाबाट लेबो-हमाथसम्म* आफ्नो सिमाना तोक्नू।+ त्यसपछि तिमीहरूको सिमाना जेदादसम्म पुऱ्‍याउनू।+ ९  अनि त्यो सिमाना जिफ्रोनबाट हजर-एनानमा गएर टुङ्‌गिनेछ।+ उत्तरतर्फको सिमाना यही हुनेछ। १०  “‘पूर्वतिर चाहिँ हजर-एनानदेखि सेफामसम्म आफ्नो सिमाना तोक्नू। ११  त्यो सिमाना सेफामदेखि ऐइनको पूर्वतिर पर्ने रिब्लाहसम्म पुग्नेछ। त्यसपछि यो सिमाना तलतिर झरेर किन्‍नरेथ समुद्रको* पूर्वपट्टिको भिर हुँदै अगाडि बढ्‌नेछ।+ १२  त्यसपछि त्यो सिमाना यर्दन नदी हुँदै खारा समुद्रसम्म पुग्नेछ।+ तिमीहरूको देशको चारैतिरको सिमाना यही हुनेछ।’”+ १३  मोसाले इस्राएलीहरूलाई यसो भने: “यहोवा परमेश्‍वरको आज्ञाबमोजिमै तिमीहरूले साढे नौ वटा कुललाई गोला हालेर+ भाग लगाउनुपर्ने देश यही हो। १४  किनकि रुबेन र गादको कुलले आफ्नो बुबापट्टिको घरानाअनुसार अनि मनस्सेको आधा कुलले पनि आफ्नो पैतृक सम्पत्ति पहिल्यै लिइसकेका छन्‌।+ १५  यिनीहरूले यरिहोनजिकै भएको यर्दन नदीको पूर्वपट्टि अर्थात्‌ सूर्योदय हुने दिशातिरको भाग पैतृक सम्पत्तिको रूपमा पहिल्यै पाइसकेका छन्‌।”+ १६  यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १७  “पुजारी एलियाजार+ र नुनको छोरा यहोसुले+ तिमीहरूले अधिकार गर्ने देश तिमीहरूलाई बाँडिदिनेछन्‌। १८  अनि तिमीहरूले पैतृक सम्पत्तिको रूपमा पाउने देश बाँड्‌ने काममा सघाउन प्रत्येक कुलबाट एक-एक जना कुलनायक छान्‍नू।+ १९  तिनीहरूका नाम यी नै हुन्‌: यहुदाको कुलबाट+ यपुन्‍नेका छोरा कालेब;+ २०  सिमियोनको कुलबाट+ अम्मिहुदका छोरा सेमुएल; २१  बिन्यामिनको कुलबाट+ किस्लोनका छोरा एलिदाद; २२  दानको कुलबाट+ योगलिका छोरा कुलनायक बुक्कि; २३  युसुफका छोरा+ मनस्सेको कुलबाट+ एपोदका छोरा कुलनायक हान्‍निएल; २४  एप्रैमको कुलबाट+ सिप्तानका छोरा कुलनायक केमुएल; २५  जबुलुनको कुलबाट+ पर्नाकका छोरा कुलनायक एलिसापान; २६  इस्साकारको कुलबाट+ अज्जानका छोरा कुलनायक पल्तिएल; २७  असेरको कुलबाट+ सेलोमिका छोरा कुलनायक अहिहुद; २८  नप्तालिको कुलबाट+ अम्मिहुदका छोरा कुलनायक पदहेल।” २९  कनान देश इस्राएलीहरूलाई बाँडिदिन यहोवा परमेश्‍वरले नियुक्‍त गर्नुभएका मानिसहरू यी नै हुन्‌।+

फुटनोटहरू

अर्थात्‌, मृतसागरको।
अर्थात्‌, भूमध्यसागरसम्मै।
वा “बेँसीतर्फ।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
वा “हमाथ छिर्ने ठाउँनजिकै।”
अर्थात्‌, गनेसरेत तालको वा गालिल समुद्रको।