जकरिया ११:१-१७

  • परमेश्‍वरको साँचो गोठालोलाई इन्कार गर्दाको नतिजा (१-१७)

    • “काट्‌न राखिएका भेडाहरूलाई चराओ” ()

    • दुइटा लौरो: अनुग्रह र एकता ()

    • गोठालोको ज्याला: ३० टुक्रा चाँदी (१२)

    • पैसा ढुकुटीमा फ्याँकियो (१३)

११  “ए लेबनान, तेरा ढोकाहरू खोल्‌ र तेरा देवदारका रूखहरूलाई आगोले भस्म पारून्‌।  २  ए धुपीको रूख, रोइकराइ गर्‌ किनकि देवदारका रूखहरू ढलेका छन्‌; सानदार रूखहरू नाश भएका छन्‌! ए बासानका फलाँटका रूखहरू हो, विलाप गर किनकि घना जङ्‌गल विनाश भएको छ!  ३  गोठालाहरूको रोइकराइ सुन किनकि तिनीहरूको वैभव नष्ट पारिएको छ। अनि जवान सिंहहरूको गर्जन सुन किनकि यर्दनका बाक्ला झाडीहरू नाश भएका छन्‌। ४  “यहोवा मेरा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘काट्‌न राखिएका भेडाहरूलाई चराओ।+ ५  तिनीहरूलाई किन्‍नेहरू तिनीहरूलाई काट्‌छन्‌+ तर उनीहरूलाई दोषी ठहराइँदैन। तिनीहरूलाई बेच्नेहरू+ यसो भन्छन्‌, “यहोवाको महिमा होस्‌ किनकि म सम्पन्‍न हुनेछु।” अनि तिनीहरूका गोठालाहरूले तिनीहरूलाई पटक्कै दया देखाउँदैनन्‌।’+ ६  “‘किनकि अब म देशका बासिन्दाहरूलाई दया देखाउनेछैनँ,’ यहोवा परमेश्‍वर घोषणा गर्नुहुन्छ। ‘त्यसैले म हरेक मानिसलाई उसको छिमेकी र राजाको हातमा सुम्पिनेछु। तिनीहरूले देशलाई कुल्चीमिल्ची गर्नेछन्‌ र म ती मानिसहरूलाई तिनीहरूको हातबाट बचाउनेछैनँ।’” ७  अनि काट्‌न राखिएका भेडाहरूलाई+ मैले चराउन थालेँ; बगालका भेडाहरूमध्ये जो-जो थिचोमिचोमा परेका छन्‌, तिनीहरूको निम्ति मैले यसो गरेँ। मैले दुइटा लौरो लिएँ र तिनीहरूको नाम राखेँ, एउटाको अनुग्रह र अर्कोको एकता।+ अनि मैले बगाललाई चराउन थालेँ। ८  अनि मैले एकै महिनामा तीन जना गोठालोलाई हटाइदिएँ किनकि म तिनीहरूदेखि वाक्क भएको थिएँ र तिनीहरू पनि मलाई घृणा गर्थे। ९  अनि मैले भनेँ: “म तिमीहरूलाई चराइरहनेछैनँ। मर्नेहरू मरून्‌ र नाश हुनेहरू नाश होऊन्‌। अनि बाँकी भएकाहरूले चाहिँ एकअर्काको मासु लुछेर खाऊन्‌।” १०  अनि मैले अनुग्रह नामको लौरो लिएँ+ र त्यसलाई काटेँ। यसरी मैले आफ्ना मानिसहरूसित गरेको करार तोडेँ। ११  तब त्यो दिन करार टुट्‌यो र बगालका थिचोमिचोमा परेकाहरू, जसले मलाई हेरिरहेका थिए, तिनीहरूले यो यहोवा परमेश्‍वरको वचन हो भनेर थाह पाए। १२  अनि मैले तिनीहरूलाई भनेँ: “तिमीहरूलाई ठीक लाग्छ भने मेरो ज्याला देऊ तर ठीक लाग्दैन भने नदेऊ।” अनि तिनीहरूले मलाई ३० टुक्रा चाँदी ज्याला दिए।*+ १३  त्यसपछि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “तिनीहरूले मेरो लागि साह्रै ठूलो मोल तोके! जाऊ, गएर त्यसलाई ढुकुटीमा फ्याँक।”+ तब मैले ३० टुक्रा चाँदी लिएँ र यहोवाको भवनको ढुकुटीमा फ्याँकिदिएँ।+ १४  त्यसपछि मैले एकता नामको मेरो दोस्रो लौरोलाई काटेँ+ अनि यसले गर्दा यहुदा र इस्राएलको भ्रातृत्व टुट्‌यो।+ १५  अनि यहोवा परमेश्‍वरले मलाई भन्‍नुभयो: “एउटा निकम्मा गोठालोको औजार लेऊ+ १६  किनकि म यस देशमा एउटा गोठालोलाई खडा हुन दिनेछु। त्यसले नाश हुन लागेका भेडाहरूको हेरचाह गर्नेछैन;+ त्यसले पाठोहरूलाई खोज्नेछैन, घाइतेहरूलाई पट्टी बाँध्नेछैन+ र हट्टाकट्टाहरूलाई खुवाउनेछैन। बरु मोटोघाटोको मासु खानेछ+ र भेडाहरूको खुर निकालिदिनेछ।+ १७  बगाललाई अलपत्र छोड्‌ने+ मेरो निकम्मा गोठालोलाई धिक्कार छ!+ तरबारले त्यसको पाखुरामा र दायाँ आँखामा प्रहार गर्नेछ। त्यसको पाखुरा पूरै सुक्नेछ अनि त्यसको दायाँ आँखा पूरै अन्धो हुनेछ।”

फुटनोटहरू

शा., “जोखेर दिए।”