दानिएल १२:१-१३

  • “अन्तको समय” र त्यसपछि (१-१३)

    • माइकल खडा हुनेछन्‌ ()

    • अन्तर्दृष्टि भएकाहरू चम्किनेछन्‌ ()

    • साँचो ज्ञान प्रशस्त हुनेछ ()

    • दानिएल आफ्नो भाग पाउन खडा हुनेछन्‌ (१३)

१२  “त्यसबेला तिम्रा मानिसहरूको पक्ष लिने ती महान्‌ राजकुमार+ माइकल*+ खडा हुनेछन्‌। अनि यस्तो सङ्‌कटको समय आउनेछ, जुन राष्ट्रहरू बनेदेखि अहिलेसम्म कहिल्यै आएको छैन। त्यसबेला तिम्रा मानिसहरू, जसको नाम पुस्तकमा लेखिएको छ,+ तिनीहरू त्यस सङ्‌कटबाट उम्कनेछन्‌।+ २  अनि माटोमा मिलिसकेका थुप्रै मानिस ब्युँतनेछन्‌, तिनीहरूमध्ये कोही अनन्त जीवन पाउन र कोहीचाहिँ बेइज्जती र अनन्त घृणा सहन ब्युँतनेछन्‌। ३  “अन्तर्दृष्टि* भएकाहरू आकाश मण्डलको चमकजस्तै चम्किनेछन्‌ अनि थुप्रैलाई धार्मिकताको* बाटोमा डोऱ्‍याउनेहरूचाहिँ सदासर्वदा ताराजस्तै चम्किनेछन्‌। ४  “अनि हे दानिएल, तिमीले चाहिँ यी वचनहरू गोप्य राख र अन्तको समयसम्मको लागि त्यो पुस्तकमा छाप लगाएर बन्द गर।+ धेरै मानिस यताउता जानेछन्‌* र साँचो ज्ञान प्रशस्त हुनेछ।”+ ५  त्यसपछि म दानिएलले त्यहाँ अर्को दुई जना उभिरहेको देखेँ, एक जना नदीको वारिपट्टि र अर्कोचाहिँ नदीको पारिपट्टि।+ ६  अनि एक जनाले मलमलको लुगा लगाएकालाई,+ जो पानीमाथि थिए, तिनलाई भने: “यी अचम्मका कुराहरूको अन्त हुन कति समय लाग्ला?” ७  त्यसपछि पानीमाथि भएका मानिस, जसले मलमलको लुगा लगाएका थिए, तिनले आफ्नो दायाँ र बायाँ हात स्वर्गतिर उठाउँदै सदा जीवित रहनुहुने परमेश्‍वरको नाममा शपथ खाएर यसो भनेको मैले सुनेँ:+ “यो तोकिएको एक काल, दुई काल र आधा कालको लागि* हुनेछ। अनि पवित्र जनहरूको शक्‍ति चकनाचुर हुन थामिएपछि+ यी सबै कुराको अन्त हुनेछ।” ८  मैले सुन्‍न त सुनेँ तर बुझिनँ।+ त्यसैले मैले यसो भनेँ: “हे प्रभु, यी कुराहरूको नतिजा कस्तो हुनेछ?” ९  त्यसपछि तिनले भने: “दानिएल, तिमी जाऊ किनभने यी वचनहरू अन्तको समयसम्मको लागि गोप्य राखिएका छन्‌ र छाप लगाएर बन्द गरिएका छन्‌।+ १०  थुप्रैले आफूलाई शुद्ध पार्नेछन्‌, खार्नेछन्‌ र सफा पार्नेछन्‌।+ अनि दुष्टहरूचाहिँ दुष्ट काममै लागिरहनेछन्‌; तिनीहरू कसैले पनि यी वचनहरू बुझ्नेछैनन्‌। तर अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्‌।+ ११  “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ। १२  “आनन्दित होस्‌ त्यो मानिस, जो १ हजार ३ सय ३५ दिन अन्त नभएसम्म पर्खिरहन्छ! १३  “तर तिमीचाहिँ अन्तसम्मै स्थिर भइरह। तिमीले विश्राम लिनेछौ तर तोकिएको समय आएपछि तिमी आफ्नो भाग पाउन* खडा हुनेछौ।”+

फुटनोटहरू

यसको अर्थ हो, “परमेश्‍वरजस्तो को छ?”
वा “आन्तरिक चेतना।”
शब्दावली हेर्नुहोस्‌।
वा “धेरै मानिसले यसलाई [अर्थात्‌, पुस्तकलाई] राम्ररी जाँच्नेछन्‌।”
अर्थात्‌, साढे तीन कालको लागि।
वा “तिम्रो लागि छुट्ट्याइएको ठाउँमा।”