नहुम २:१-१३

  • निनवे विनाश हुनेछ (१-१३)

    • “नदीहरूका ढोकाहरू खोलिनेछन्‌” ()

२  तिमीहरूलाई* तितरबितर पार्ने तिमीहरूविरुद्ध आएको छ।+ आफ्ना किल्लाहरूको सुरक्षा गर। बाटोमा नजर राख। कम्मर कस र भएभरको बल लगाउन तयार होओ।  २  यहोवाले याकुबको गौरव पुनर्स्थापित गर्नुहुनेछ अनि इस्राएलको गौरव पनि पुनर्स्थापित गर्नुहुनेछ। किनकि विनाशकारीहरूले उनीहरूको विनाश गरिदिएका छन्‌;+ उनीहरूका हाँगाहरूलाई नाश गरिदिएका छन्‌।  ३  उसका वीर पुरुषहरूका ढालहरू रातो रङ्‌गले रङ्‌गाइएका छन्‌; उसका योद्धाहरूले गाढा रातो रङ्‌गको वस्त्र पहिरिएका छन्‌। उसले लडाइँको तयारी गरेको दिनमा युद्धको रथमा जडान गरिएको फलाम आगोजस्तै चम्किन्छ। अनि उसका योद्धाहरूले धुपीको काठको भाला नचाउँछन्‌।  ४  युद्धका रथहरू सडकमा वेगसित दौडन्छन्‌। तिनीहरू सहरको चोकमा यताउता कुद्‌छन्‌। तिनीहरू बलिरहेको राँकोजस्तै र बिजुलीजस्तै चम्कन्छन्‌।  ५  उसले* आफ्ना भारदारहरूलाई बोलाउनेछ। उनीहरू अघि बढ्‌दै गर्दा ठेस खानेछन्‌; उनीहरू त्यसको पर्खालतिर दौडेर जानेछन्‌ अनि छेकबार लगाउनेछन्‌।  ६  नदीहरूका ढोकाहरू खोलिनेछन्‌ अनि महल ढल्नेछ।*  ७  यो कुरा निश्‍चय गरिएको छ: त्यस स्त्रीको भन्डाफोर हुनेछ, त्यसलाई लगिनेछ अनि त्यसका दासीहरूले शोक गर्नेछन्‌; छाती पिटेर शोक गर्दा तिनीहरूको आवाज ढुकुरको जस्तै सुनिनेछ।  ८  निनवे+ सुरुदेखि नै पानीको तालजस्तै थियो तर अहिले तिनीहरू भागिरहेका छन्‌। “पर्ख! पर्ख!” भन्दा पनि कसैले फर्केर हेर्दैन।+  ९  चाँदी लुट! सुन लुट! त्यहाँ खजानाको कुनै कमी छैन। त्यहाँ हरप्रकारको बहुमूल्य थोकको भण्डार छ। १०  त्यो सहर खाली भएको छ! सुनसान र उजाड भएको छ!+ तिनीहरूको मन डरले पग्लन्छ, तिनीहरूका घुँडाहरू लगलग काम्छन्‌, तिनीहरूको कम्मर थरथर काँप्छ; तिनीहरूको अनुहारको रङ्‌ग फुङ्‌ग उडेको छ। ११  सिंहको ओडार कहाँ छ,+ जहाँ जवान सिंहहरू आहार खान्छन्‌, जहाँबाट सिंह आफ्ना डमरुहरूको अघिअघि निस्कन्छ अनि जहाँ तिनीहरूलाई तर्साउने कोही हुँदैन? १२  सिंहले आफ्ना डमरुहरूको लागि प्रशस्त सिकार फहराउँथ्यो अनि आफ्ना सिंहनीहरूको लागि सिकारको घाँटी अँठ्‌याउँथ्यो। त्यसले आफ्नो गुफाभित्र प्रशस्त सिकार राख्थ्यो अनि फहराइएको जनावरले ओडार भर्थ्यो। १३  सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर्‌! म तेरो विरुद्धमा छु,+ म तेरा युद्धका रथहरू जलाएर धुवाँमा उडाइदिनेछु+ अनि तरबारले तेरा जवान सिंहहरूलाई खाइदिनेछ। म पृथ्वीबाट तेरो सिकारको नामोनिसान मेटिदिनेछु अनि तेरा दूतहरूको स्वर फेरि कहिल्यै सुनिनेछैन।”+

फुटनोटहरू

अर्थात्‌, निनवेलाई।
यसले अस्सेरियाको राजालाई जनाएको हुन सक्छ।
वा “गल्नेछ।”