युहन्नालाई प्रकाश २०:१-१५
२० त्यसपछि मैले स्वर्गबाट एक जना स्वर्गदूत ओर्लिरहेको देखेँ। तिनको हातमा अगाध खाडलको साँचो+ र ठूलो साङ्लो थियो।
२ तिनले त्यो अजिङ्गर+ अर्थात् पुरानो सर्प,+ जो दियाबल+ र सैतान+ हो, त्यसलाई पक्रे अनि १ हजार वर्षका लागि बाँधे।
३ अनि १ हजार वर्ष नबितेसम्म त्यसले राष्ट्रहरूलाई बहकाउन नपाओस् भनेर तिनले त्यसलाई अगाध खाडलमा+ हुर्ऱ्याए र त्यो बन्द गरेर लाहाछाप लगाए। त्यसपछि केही समयका लागि त्यसलाई मुक्त गरिनै पर्छ।+
४ अनि मैले सिंहासनहरू देखेँ र ती सिंहासनहरूमा बस्नेहरूलाई न्याय गर्ने अख्तियार दिइयो। हो, मैले तिनीहरूलाई पनि देखेँ, जो येसुको विषयमा आफूले दिएको साक्षी अनि परमेश्वरको विषयमा आफूले बोलेको कुराले गर्दा मारिएका* थिए। साथै जङ्गली जनावर वा त्यसको मूर्तिको उपासना नगर्ने र आफ्नो निधार अनि हातमा त्यसको चिन्ह नलिनेहरूलाई+ पनि मैले देखेँ। तिनीहरू सबै जीवित भए अनि ख्रिष्टसित १ हजार वर्षसम्म राजाको रूपमा शासन गरे।+
५ (बाँकी मरेकाहरूचाहिँ+ १ हजार वर्ष नबितेसम्म जीवित भएनन्।) यिनीहरू तिनै हुन्, जसलाई मृत्युबाट सुरुमा जीवित पारिन्छ।+
६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्वरका अनि ख्रिष्टका पुजारी हुनेछन्+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्।+
७ एक हजार वर्ष सकिनेबित्तिकै सैतानलाई कैदबाट मुक्त गरिनेछ
८ र पृथ्वीको चारै कुनाका राष्ट्रहरू अर्थात् गोग र मागोगलाई बहकाउन त्यो निस्कनेछ र तिनीहरूलाई लडाइँको निम्ति जम्मा गर्नेछ। तिनीहरूको सङ्ख्या समुद्रको बालुवाजत्तिकै हुनेछ।
९ तब तिनीहरू पृथ्वीको चारैतिर गए र पवित्र जनहरूको छाउनी अनि परमेश्वरको प्रिय सहरलाई घेरा हाले। तर स्वर्गबाट आगो बर्सेर तिनीहरूलाई भस्म गऱ्यो।+
१० त्यसपछि तिनीहरूलाई बहकाउने त्यस दियाबललाई आगो र गन्धकको कुण्डमा हुर्ऱ्याइयो, जहाँ जङ्गली जनावर+ र झूटो भविष्यवक्तालाई पहिल्यै हुर्ऱ्याइसकेको थियो;+ तिनीहरूलाई दिनरात सदासर्वदा सास्ती दिइनेछ।*
११ त्यसपछि मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखेँ।+ पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे+ र तिनीहरूले कतै ठाउँ पाएनन्।
१२ अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेका मैले देखेँ र पुस्तकहरू* खोलिएको पनि मैले देखेँ। तब अर्को एउटा पुस्तक* पनि खोलियो; त्यो जीवनको पुस्तक थियो।+ अनि ती पुस्तकहरूमा लेखिएबमोजिमै ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।+
१३ त्यसपछि समुद्रले आफूसँग भएका मरेका मानिसहरू दियो। मृत्यु र चिहानले* पनि आफूहरूसँग भएका मरेका मानिसहरू दिए। अनि तिनीहरूको कामअनुसार तिनीहरू हरेकको न्याय गरियो।+
१४ त्यसपछि मृत्यु र चिहानलाई अग्निकुण्डमा हुर्ऱ्याइयो।+ यस अग्निकुण्डको+ अर्थ दोस्रो मृत्यु हो।+
१५ यसबाहेक ज-जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन,+ तिनीहरूलाई पनि अग्निकुण्डमा हुर्ऱ्याइयो।+
फुटनोटहरू
^ शा., “बन्चरोले मारिएका।”
^ वा “बन्धनमा राखिनेछ; कैदमा हालिनेछ।”
^ वा “मुठाहरू।”
^ वा “मुठा।”