प्रस्थान ११:१-१०

  • दसौँ विपत्तिको घोषणा (१-१०)

    • इस्राएलीहरूले उपहार माग्नुपर्ने ()

११  यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्‌;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्‌, पठाइहाल्नेछन्‌।+ २  तिमीले सबै इस्राएली पुरुष र स्त्रीलाई आ-आफ्ना मिश्री छिमेकीहरूसित सुन र चाँदीका सरसामान माग्न लगाऊ।”+ ३  अनि यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। साथै मिश्रमा फारोका चाकरहरू र मानिसहरूले मोसाको निकै सम्मान गर्न थाले। ४  मोसाले फारोलाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म मध्यराततिर मिश्रमा पस्नेछु+ ५  अनि मिश्रभरि सबैको पहिलो सन्तान मर्नेछन्‌+—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर जाँतो पिँध्ने कमारीको पहिलो सन्तानसमेत अनि वस्तुभाउको समेत पहिलो सन्तान मर्नेछन्‌।+ ६  मिश्रभरि ठूलो रुवाबासी हुनेछ, जुन पहिला कहिल्यै भएको थिएन न त पछि फेरि हुनेछ।+ ७  तर इस्राएलीहरू र तिनीहरूका वस्तुभाउलाई देखेर एउटा कुकुरले समेत भुक्नेछैन। यहोवाले मिश्रीहरूसित र इस्राएलीहरूसित फरक-फरक व्यवहार गर्न सक्नुहुन्छ भनेर यसैबाट तिमीले थाह पाउनेछौ।’+ ८  परमेश्‍वरले यो विपत्ति ल्याएपछि हजुरका सबै चाकर मकहाँ आउनेछन्‌ र मलाई दण्डवत्‌ गर्दै यसो भन्‍नेछन्‌, ‘तपाईँ र तपाईँको पछि लाग्ने सबै मानिस यहाँबाट गइहाल्नुहोस्‌।’+ त्यसपछि म जानेछु।” अनि रिसले चूर हुँदै मोसा फारोकहाँबाट निस्के। ९  अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोले तिम्रो कुरा सुन्‍नेछैनन्‌+ किनभने मिश्रमा मैले अझ धेरै चमत्कार देखाउन बाँकी नै छ।”+ १०  मोसा र हारुनले यी सबै चमत्कार फारोकै सामने गरे+ तर यहोवा परमेश्‍वरले फारोको हृदय कठोर हुन दिनुभयो। त्यसैले उनले इस्राएलीहरूलाई मिश्रबाट जान दिएनन्‌।+

फुटनोटहरू