भजनसङ्ग्रह १०२:१-२८
थिचोमिचोमा परेको मानिसले हताश* हुँदा आफ्नो दुखेसो पोख्दै यहोवालाई गरेको प्रार्थना।+
१०२ हे यहोवा, मेरो प्रार्थना सुन्नुहोस्;+मेरो गुहार तपाईँसम्म पुगोस्।+
२ म सङ्कष्टमा पर्दा तपाईँ आफ्नो मुहार मबाट नलुकाउनुहोस्।+मतिर आफ्नो कान फर्काउनुहोस्;*मैले पुकार्दा मलाई झट्टै जवाफ दिनुहोस्।+
३ किनकि मेरा दिनहरू धुवाँजस्तै उडेर जाँदै छन्,मेरा हड्डीहरू आगोले डढेझैँ भएका छन्।+
४ मेरो मन ओइलाएर सुकेको घाँसजस्तै भएको छ,+मेरो भोक हराएको छ।
५ मैले ठूलो स्वरले सुस्केरा हालेकोले+मेरो छाला हड्डीहरूमा टाँसिएको छ।+
६ म घाउँके हावासीलजस्तै* भएको छु;म खण्डहरहरूमा बस्ने सानो लाटोकोसेरोजस्तै भएको छु।
७ म अनिदो बस्छु;*म छानामाथिको एक्लो चरोजस्तै भएको छु।+
८ मेरा शत्रुहरू दिनभरि मेरो खिसी गर्छन्।+मेरो खिल्ली उडाउनेहरू मेरो नाम लिएर सराप्छन्।
९ खरानी नै मेरो रोटी भएको छ,+म आँसु मिसिएको पानी पिउँछु+
१० किनकि तपाईँको रिस र तपाईँको क्रोध ममाथि खनिएको छ;तपाईँले मलाई माथि उचाल्नुभयो र तल पछार्नुभयो।
११ मेरा दिनहरू ढल्किँदै गएको* छायाजस्तै छन्+र म ओइलाउँदै गरेको घाँसजस्तै भएको छु।+
१२ तर हे यहोवा, तपाईँ सदासर्वदा रहिरहनुहुन्छ+अनि तपाईँको नाम* पुस्तौँपुस्तासम्म रहिरहनेछ।+
१३ तपाईँ पक्कै उठ्नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+तोकिएको समय आइसकेको छ।+
१४ किनकि तपाईँका सेवकहरू त्यसका ढुङ्गाहरूमा प्रसन्न हुन्छन्,+त्यसको माटोलाई समेत माया गर्छन्।+
१५ राष्ट्रहरूले यहोवाको नामको डर मान्नेछन्अनि पृथ्वीका सबै राजा तपाईँको महिमा देखेर डराउनेछन्।+
१६ किनकि यहोवाले सियोनलाई फेरि बसाल्नुहुनेछ;+उहाँ आफ्नो महिमाका साथ प्रकट हुनुहुनेछ।+
१७ उहाँले बेसहाराहरूको प्रार्थनामा ध्यान दिनुहुनेछ;+उहाँले तिनीहरूको प्रार्थनालाई तुच्छ ठान्नुहुनेछैन।+
१८ यो कुरा आउने पुस्ताको लागि लेखिएको हो+ताकि पछि अस्तित्वमा आउने* जातिले याहको प्रशंसा गरोस्।
१९ उहाँ आफ्नो उच्च पवित्र ठाउँबाट तल हेर्नुहुन्छ,+यहोवाले स्वर्गबाट पृथ्वीमा दृष्टि लगाउनुहुन्छ,
२० कैदीहरूको सुस्केरा सुन्नलाई,+मृत्युदण्डको सजाय सुनाइएकाहरूलाई छुटकारा दिनलाई+
२१ ताकि यहोवाको नाम सियोनमा घोषणा गरियोस्+अनि यरुसलेममा उहाँको प्रशंसा गरियोस्,
२२ जब जातिहरू र राज्यहरूयहोवाको सेवा गर्न एकसाथ भेला हुन्छन्।+
२३ उहाँले समयअगावै मेरो बल खोस्नुभएको छ;उहाँले मेरा दिनहरू घटाइदिनुभएको छ।
२४ मैले भनेँ: “हे मेरा परमेश्वर,तपाईँ, जसका वर्षहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्,+मेरो आधा आयुमै मलाई नाश नगर्नुहोस्।
२५ युगौँअघि तपाईँले पृथ्वीको जग बसाल्नुभयोअनि आकाश तपाईँकै हातको रचना हो।+
२६ तिनीहरू नाश हुनेछन् तर तपाईँ भने सधैँभरि रहिरहनुहुनेछ।लुगाजस्तै तिनीहरू सब पुराना भएर जानेछन्।लुगा फेरेझैँ तपाईँले तिनीहरूलाई फेर्नुहुनेछ र तिनीहरू नाश हुनेछन्।
२७ तर तपाईँ भने जस्ताको तस्तै हुनुहुन्छ अनि तपाईँको आयु कहिल्यै सिद्धिनेछैन।+
२८ तपाईँका सेवकहरूका छोराछोरी ढुक्कसित बस्नेछन्अनि तिनीहरूका सन्तान तपाईँसामु रहिरहनेछन्।”+
फुटनोटहरू
^ वा “कमजोर।”
^ वा “झुक्नुहोस् र सुन्नुहोस्।”
^ एक किसिमको पेलिकन चरा।
^ वा सम्भवतः “म ख्याउटे भएको छु।”
^ वा “लम्बिएको।”
^ शा., “सम्झना।”
^ शा., “सृजिइने।”