भजनसङ्‌ग्रह १०७:१-४३

  • परमेश्‍वरका आश्‍चर्यजनक कामहरूको लागि उहाँलाई धन्यवाद देओ

    • “उहाँले तिनीहरूलाई सही बाटोमा डोऱ्‍याउनुभयो” ()

    • उहाँले तिनीहरूको भोक र प्यास मेटिदिनुभयो ()

    • “उहाँले तिनीहरूलाई घोर अन्धकारबाट निकाल्नुभयो” (१४)

    • उहाँले आफ्नो वचनद्वारा तिनीहरूलाई निको पार्नुभयो (२०)

    • “उहाँले गरिबहरूलाई अत्याचारबाट बचाउनुहुन्छ” (४१)

१०७  यहोवालाई धन्यवाद चढाओ किनकि उहाँ भला हुनुहुन्छ;+उहाँको अटल प्रेम कहिल्यै टल्दैन।+  २  यहोवाले छुटाएर ल्याउनुभएकाहरूले* त्यसै भनून्‌,जसलाई उहाँले शत्रुहरूको हातबाट* छुटाएर ल्याउनुभयो,+  ३  जसलाई उहाँले देश-देशबाट जम्मा गर्नुभयो,+पूर्व र पश्‍चिमबाट,उत्तर र दक्षिणबाट।+  ४  तिनीहरू निर्जनभूमिमा, एकलास ठाउँमा भौँतारिरहे;तिनीहरूले कुनै पनि सहरको बाटो भेट्टाउन सकेनन्‌, जहाँ तिनीहरू बसोबास गर्न सक्थे।  ५  तिनीहरू भोका र प्यासा थिए;तिनीहरू साह्रै थाकेर बेहोसै हुन लागेका थिए।  ६  सङ्‌कटमा पर्दा तिनीहरूले यहोवालाई गुहारिरहे;+तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई उद्धार गर्नुभयो।+  ७  तिनीहरू बसोबास गर्न सक्ने सहरमा पुगून्‌ भनेर+उहाँले तिनीहरूलाई सही बाटोमा डोऱ्‍याउनुभयो।+  ८  यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागि+मानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।+  ९  किनकि उहाँले प्यास लागेकाहरूको तिर्खा मेटाइदिनुभएको छअनि भोकाहरूलाई मीठामीठा कुराहरूले सन्तुष्ट पार्नुभएको छ।+ १०  घोर अन्धकारको बीचमा कोही-कोही बाँचिरहेका थिए,कैदीहरू फलामको साङ्‌लामा बाँधिएर सास्ती खेपिरहेका थिए। ११  किनकि तिनीहरूले परमेश्‍वरको वचनको विद्रोह गरेका थिए;सर्वोच्च परमेश्‍वरको सल्लाहलाई तिनीहरूले तुच्छ ठानेका थिए।+ १२  त्यसैले तिनीहरूलाई दुःख भोग्न दिएर उहाँले तिनीहरूको हृदयलाई नम्र तुल्याउनुभयो;+तिनीहरू ठेस खाएर लडे तर तिनीहरूलाई मदत गर्ने कोही थिएन। १३  सङ्‌कटमा पर्दा तिनीहरूले यहोवालाई मदतको लागि पुकारे;तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुभयो। १४  उहाँले तिनीहरूलाई घोर अन्धकारबाट निकाल्नुभयोअनि तिनीहरूको साङ्‌ला चुँडाइदिनुभयो।+ १५  यहोवाको अटल प्रेमको लागि+ र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागिमानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌। १६  किनकि उहाँले तामाका ढोकाहरू टुक्राटुक्रा पारिदिनुभएको छर फलामे बारहरू भाँचिदिनुभएको छ।+ १७  मूर्ख भएकोले तिनीहरूले दुःख भोगे;+अपराध र गल्ती गरेको हुनाले तिनीहरूले दुःख भोगे।+ १८  तिनीहरूको भोक हरायो;तिनीहरू मृत्युको ढोकैमा पुगे। १९  सङ्‌कटमा पर्दा तिनीहरू यहोवालाई मदतको लागि पुकार्थे;तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्थ्यो। २०  उहाँले आफ्नो वचनद्वारा तिनीहरूलाई निको पार्नुहुन्थ्यो+अनि तिनीहरूलाई खाल्टोबाट उद्धार गर्नुहुन्थ्यो, जहाँ तिनीहरू फसेका थिए। २१  यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागिमानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌। २२  तिनीहरूले धन्यवादको भेटी चढाऊन्‌+अनि हर्षोल्लासका साथ उहाँका कामहरूको जयजयकार गरून्‌। २३  जो जहाजमा समुद्रको यात्रा गर्छन्‌,जो व्यापारको लागि विशाल सागरमा मालसामान ओसारपसार गर्छन्‌,+ २४  तिनीहरूले यहोवाका कामहरू देखेका छन्‌,गहिराइमा भएका उहाँका आश्‍चर्यजनक कामहरू तिनीहरूले देखेका छन्‌;+ २५  उहाँको हुकुमले कसरी आँधी चल्छ+अनि समुद्रका छालहरू कसरी माथि उठ्‌छन्‌, तिनीहरूले देखेका छन्‌; २६  तिनीहरू उचालिएर माथि आकाशसम्मै पुग्छन्‌अनि थचारिएर तल समुद्रको गहिराइसम्मै पुग्छन्‌।आफूमाथि मडारिरहेको विपत्तिको कारण तिनीहरू हिम्मत हार्छन्‌। २७  रक्सीले मात्तिएको मानिसजस्तै तिनीहरू लर्खराउँछन्‌अनि तिनीहरूको सबै सीप बेकार साबित हुन्छ।+ २८  तब सङ्‌कटमा पर्दा तिनीहरू यहोवालाई गुहार्छन्‌;+तिनीहरूको दुर्दशाबाट उहाँले तिनीहरूलाई बचाउनुहुन्छ। २९  अनि उहाँले आँधीलाई थाम्नुहुन्छ;समुद्रका छालहरूलाई शान्त पार्नुहुन्छ।+ ३०  छालहरू शान्त भएको देखेर तिनीहरू खुसी हुन्छन्‌अनि तिनीहरूले चाहेको बन्दरगाहमा उहाँले तिनीहरूलाई डोऱ्‍याउनुहुन्छ। ३१  यहोवाको अटल प्रेमको लागि र मानिसहरूको खातिर उहाँले गर्नुभएका आश्‍चर्यका कामहरूको लागिमानिसहरूले उहाँलाई धन्यवाद चढाऊन्‌।+ ३२  मानिसहरूको समुदायमा तिनीहरूले उहाँलाई उच्च पारून्‌;+बुज्रुगहरूको सभामा* तिनीहरूले उहाँको प्रशंसा गरून्‌। ३३  उहाँले नदीहरूलाई मरुभूमिमार पानीका मूलहरूलाई सुक्खा जमिनमा परिणत गर्नुहुन्छ।+ ३४  अनि उर्वर भूमिलाई बन्जर बनाइदिनुहुन्छ।+त्यहाँ बसोबास गर्नेहरूको दुष्टताको कारण उहाँ त्यसो गर्नुहुन्छ। ३५  उहाँले मरुभूमिलाई नर्कट उम्रने पोखरी बनाउनुहुन्छअनि सुक्खा जमिनमा पानीको मूल फुटाउनुहुन्छ।+ ३६  उहाँले भोकाहरूलाई त्यहाँ बास गर्न दिनुहुन्छ+ताकि तिनीहरूले सहर बसालेर त्यहाँ बस्न सकून्‌।+ ३७  तिनीहरूले खेतमा बिउ छर्छन्‌ र अङ्‌गुर बगान लगाउँछन्‌,+जसबाट प्रशस्त उब्जनी हुन्छ।+ ३८  उहाँले तिनीहरूलाई आशिष्‌ दिनुहुन्छ र तिनीहरूको धेरै वृद्धि हुन्छ।उहाँले तिनीहरूको वस्तुभाउलाई पनि घट्‌न दिनुहुन्‍न।+ ३९  तर अत्याचार, विपत्ति र दुःखमा परेरतिनीहरू फेरि थोरै हुन्छन्‌ र बेइज्जती भोग्छन्‌। ४०  उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छअनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्‌नुहुन्छ।+ ४१  तर उहाँले गरिबहरूलाई अत्याचारबाट बचाउनुहुन्छ*+अनि तिनीहरूका परिवारहरूलाई भेडाहरूको बगालजत्तिकै धेरै बनाउनुहुन्छ। ४२  सोझाहरूले यो देख्छन्‌ र हर्षित हुन्छन्‌+तर दुष्टहरू सबैले आफ्नो मुख बन्द गर्छन्‌।+ ४३  जो बुद्धिमान्‌ छ, उसले यी सबै कुरा याद गर्नेछ+अनि यहोवाले आफ्नो अटल प्रेमको कारण गर्नुभएका कामहरूमा गहिरिएर विचार गर्नेछ।+

फुटनोटहरू

वा “मोल तिरेर छुटाइएकाहरूले।”
वा “शक्‍तिबाट।”
शा., “बैठकमा।”
वा “अग्लो ठाउँमा राख्नुहुन्छ।” अर्थात्‌ अरूले नभेट्‌ने ठाउँमा।