भजनसङ्ग्रह १०९:१-३१
निर्देशकलाई। दाउदले रचेको भजन।
१०९ हे परमेश्वर, जसको म प्रशंसा गर्छु,+ चुप लागेर नबस्नुहोस्।
२ किनकि दुष्ट र छली मानिसहरू मविरुद्ध आफ्नो मुख खोल्छन्।तिनीहरूको जिब्रोले मेरो विषयमा झूट बोल्छ।+
३ तिनीहरूले मलाई घृणाका वचनले घेरेका छन्अनि तिनीहरू विनाकारण मलाई आक्रमण गर्छन्।+
४ मैले तिनीहरूलाई गरेको प्रेमको बदलामा तिनीहरू मेरो विरोध गर्छन्+तर म भने प्रार्थना गरिरहन्छु।
५ मैले गरेको भलाइको बदलामा तिनीहरू मेरो खराबी गर्छन्+अनि मैले गरेको प्रेमको बदलामा मलाई घृणा गर्छन्।+
६ मेरो शत्रुको* विरुद्धमा कुनै दुष्टलाई नियुक्त गर्नुहोस्;त्यसको दाहिने हाततिर विरोधी* खडा होस्।
७ त्यसको न्याय गरिँदा त्यसलाई दोषी* ठहराइयोस्;त्यसको प्रार्थनालाई समेत पापको रूपमा लिइयोस्।+
८ त्यसको दिन घटाइयोस्;+निरीक्षण गर्ने त्यसको कार्यभार अरू कसैले सम्हालोस्।+
९ त्यसका छोराछोरी* अनाथ* होऊन्र त्यसकी पत्नी विधवा।
१० त्यसका छोराछोरी* भीख माग्दै भौँतारिनुपरोस्,तिनीहरूले उजाड भएको आफ्नो घरबाट निस्केर खानेकुरा खोज्नुपरोस्।
११ त्यसलाई ऋण दिनेहरूले त्यससँग भएका सबै कुरा जफत गरून्*र अनजान मानिसहरूले त्यसलाई लुटून्।
१२ कसैले त्यसलाई दया* नदेखाओस्अनि त्यसका अनाथ छोराछोरीलाई कसैले कृपा नगरोस्।
१३ त्यसका सन्तान नामेट होऊन्;+तिनीहरूको नाम एकै पुस्तामा मेटियोस्।
१४ त्यसका पुर्खाका गल्तीहरू यहोवाले सम्झिऊन्।+अनि त्यसकी आमाको पाप नमेटियोस्।
१५ तिनीहरूले जे-जति गरे, ती सबै यहोवाले सधैँ सम्झिऊन्अनि पृथ्वीबाट तिनीहरूको सम्झना उहाँले मेटाइदेऊन्+
१६ किनकि त्यसले दया देखाउन बिर्सेको थियो+बरु त्यसले थिचोमिचोमा परेकाहरू, गरिबहरू र टुटेको मन भएकाहरूलाई मार्नको लागि+उनीहरूको खेदो गरिरह्यो।+
१७ त्यसलाई सराप दिन मन पर्थ्यो र त्यसलाई नै सराप लाग्यो;त्यसलाई आशिष् दिन पटक्कै मन पर्दैन थियो र त्यसले पनि एउटै आशिष् पाएन।
१८ त्यसले सरापलाई आफ्नो वस्त्र जस्तैगरि पहिरेको थियो।अनि त्यो त्यसको शरीरमा पानीजस्तै खन्याइयोर त्यसका हड्डीहरूमा तेलजस्तै खन्याइयो।
१९ त्यसमाथि परेको सराप त्यसको निम्ति जीउ ढाक्ने वस्त्रजस्तै होस्+त्यसले सधैँ बाँध्ने पटुकाजस्तै होस्।
२० मेरो विरोध गर्नेहरूलाई अनि मेरो विरुद्धमा दुष्ट कुराहरू गर्नेहरूलाई+यहोवा यस्तै प्रतिफल दिनुहुन्छ।
२१ तर तपाईँ, हे ब्रह्माण्डका मालिक यहोवा,आफ्नो नामको खातिर मेरो पक्षमा कदम चाल्नुहोस्।+मेरो उद्धार गर्नुहोस् किनकि तपाईँको अटल प्रेम उत्तम छ।+
२२ किनकि म असहाय र गरिब छु;+मेरो मन घायल भएको छ।+
२३ ढल्कँदै गरेको छाँयाजस्तै म बिलाउँदै गएको छु;सलहजस्तै यताउता हुत्याइएको छु।
२४ उपवासको कारण मेरा घुँडाहरू कमजोर भएका छन्;मेरो शरीर दुब्लो भएको छ, क्षीण हुँदै गएको छ।*
२५ म तिनीहरूको हाँसोको पात्र भएको छु;+मलाई देख्दा तिनीहरू आफ्नो मुन्टो हल्लाउँछन्।+
२६ हे यहोवा मेरा परमेश्वर, मलाई मदत गर्नुहोस्;तपाईँको अटल प्रेमको कारण मलाई बचाउनुहोस्।
२७ अनि तपाईँले आफ्नो हातले नै यो गर्नुभएको हो भनी तिनीहरूले थाह पाऊन्;हे यहोवा, तपाईँले नै यो गर्नुभएको हो भनी तिनीहरूले जानून्।
२८ तिनीहरूले सराप दिए पनि तपाईँ मलाई आशिष् दिनुहोस्तिनीहरू मविरुद्ध खडा हुँदा तिनीहरू लाजमा परून्तर तपाईँको यस सेवकले भने खुसी मनाउन पाओस्।
२९ मेरो विरोध गर्नेहरूलाई अपमानको पोसाक पहिऱ्याइयोस्;सरमले तिनीहरूलाई वस्त्रले झैँ ढाकोस्।+
३० मेरो मुखले जोसका साथ यहोवाको प्रशंसा गर्नेछ;धेरै मानिसको अगाडि म उहाँको गुणगान गाउनेछु।+
३१ उहाँ गरिबको दाहिने हाततिर खडा हुनुहुनेछर उसलाई दोषी ठहराउनेहरूबाट बचाउनुहुनेछ।
फुटनोटहरू
^ शा., “त्यसको।”
^ वा “आरोप लगाउने।”
^ वा “दुष्ट।”
^ शा., “छोराहरू।”
^ वा “बुबा गुमाएको बच्चा।”
^ शा., “छोराहरू।”
^ वा “ब्याज लिनेहरूले त्यसको लागि पासो थापून्।”
^ वा “अटल प्रेम।”
^ शा., “बोसो नभएकोले मेरो शरीर सुक्दै छ।”