भजनसङ्ग्रह ११३:१-९
११३ याहको प्रशंसा गर!*हे परमेश्वरका सेवकहरू हो, उहाँको प्रशंसा गर,यहोवाको नामको प्रशंसा गर।
२ यहोवाको नामको प्रशंसा होस्,अहिले र सदासर्वदा।+
३ पूर्वदेखि पश्चिमसम्मै*यहोवाको नामको प्रशंसा होस्।+
४ यहोवा सबै राष्ट्रभन्दा उच्च हुनुहुन्छ;+उहाँ आकाशभन्दा पनि महिमावान् हुनुहुन्छ।+
५ यहोवा हाम्रा परमेश्वरजस्तो अरू को छ,+जो उच्च ठाउँमा विराजमान हुनुहुन्छ?
६ आकाश र पृथ्वीमा दृष्टि लगाउन उहाँ निहुरिनुहुन्छ।+
७ उहाँ दीनदुःखीलाई धुलोबाटअनि गरिबलाई खरानीको थुप्रोबाट* उठाउनुहुन्छ+
८ ताकि ऊ प्रतिष्ठित मानिसहरूसित,उहाँको प्रजाका प्रतिष्ठित मानिसहरूसित बस्न सकोस्।
९ उहाँ बाँझी स्त्रीलाई सन्तानको सुख दिनुहुन्छ;उसको घरमा छोराछोरी* हुन्छन्।+याहको प्रशंसा गर।*
फुटनोटहरू
^ वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।
^ वा “सूर्योदयदेखि सूर्यास्तसम्मै।”
^ वा सम्भवतः “फोहोरको डङ्गुरबाट।”
^ शा., “छोराहरू।”
^ वा “हल्लेलूयाह।” “याह,” यहोवा नामको छोटो रूप हो।