भजनसङ्ग्रह १२०:१-७
उकालीको गीत।*
१२० सङ्कष्टमा पर्दा मैले यहोवालाई पुकारेँ +र उहाँले मलाई जवाफ दिनुभयो।+
२ हे यहोवा, झूट बोल्ने ओठर छली जिब्रोबाट मलाई बचाउनुहोस्।
३ ए छली जिब्रो,+ परमेश्वरले तँलाई के गर्नुहुनेछ?उहाँले तँलाई के सजाय दिनुहुनेछ?
४ उहाँले तँलाई योद्धाको तीखो काँड+र जलिरहेको झाडीको भुङ्ग्रोले+ प्रहार गर्नुहुनेछ।
५ धिक्कार छ मलाई! किनकि म मेसेकमा विदेशीसरह बसिरहेको छु।+केदारका पालहरूमा बास गरिरहेको छु।+
६ शान्तिलाई घृणा गर्नेहरूमाझ+म बसेको धेरै भइसक्यो।
७ म शान्ति चाहन्छु तर जब म बोल्छु,तिनीहरू लडाइँ गर्न तम्सिन्छन्।