भजनसङ्ग्रह १३७:१-९
१३७ बेबिलोनको नदीको किनारमा+ बसेरहामी सियोनलाई सम्झँदै रोयौँ।+
२ त्यहाँका* चिनारका* रूखहरूमाहामीले आफ्नो वीणा झुन्ड्यायौँ।+
३ हामीलाई कैदी बनाउनेहरूले हामीलाई त्यहाँ एउटा गीत गाउन भने,+हाम्रो गिल्ला गर्नेहरूले मनोरञ्जन खोज्दै हामीलाई यसो भने:“हाम्रो लागि सियोनको एउटा गीत गाओ।”
४ हामी कसरी विदेशी भूमिमायहोवाको गीत गाउन सक्छौँ र?
५ हे यरुसलेम, मैले तिमीलाई बिर्सेको भएमेरो दायाँ हातले आफ्नो सबै काम बिर्सिजाओस्।*+
६ यदि मैले तिमीलाई नसम्झेको भए,तिमीलाई मेरो खुसीको सबैभन्दा ठूलो कारण नठानेको भए+मेरो जिब्रो मेरो तालुमा टाँसिजाओस्।
७ हे यहोवा, यरुसलेमको पतन भएको दिनएदोमीहरूले भनेको यो कुरा सम्झनुहोस्:“त्यसलाई तहसनहस पार्! त्यसको जगसमेत तहसनहस पार्!”+
८ ए बेबिलोनकी छोरी, जसलाई चाँडै नाश गरिनेछ,+तैँले हामीमाथि जे-जस्तो दुर्व्यवहार गरिस्,त्यसको लागि तँसित प्रतिशोध लिने मानिस खुसी हुनेछ।+
९ तेरा छोराछोरीलाई खोसेरतिनीहरूलाई चट्टानमा पछार्ने मानिस खुसी हुनेछ।+