भजनसङ्‌ग्रह १४१:१-१०

  • सुरक्षाको लागि प्रार्थना

    • ‘मेरो प्रार्थना धूपजस्तै होस्‌’ ()

    • धर्मी जनको हप्काइ तेलजस्तै ()

    • दुष्टहरू आफैले थापेको जालमा पर्नेछन्‌ (१०)

दाउदले रचेको भजन। १४१  हे यहोवा, म तपाईँलाई पुकार्छु।+मलाई मदत गर्न छिट्टै आउनुहोस्‌।+मैले तपाईँलाई पुकार्दा मेरो कुरामा ध्यान दिनुहोस्‌।+  २  मेरो प्रार्थना तपाईँसामु तयार पारिएको+ धूपजस्तै होस्‌,+मैले प्रार्थना गर्न उचालेका हातहरू साँझको अन्‍नभेटीजस्तै होऊन्‌।+  ३  हे यहोवा, मेरो मुखमा एउटा पहरेदार खडा गर्नुहोस्‌,मेरो ओठको ढोकामा कसैलाई पहरा दिन लगाउनुहोस्‌।+  ४  कुनै खराब कुरातिर मेरो मन ढल्कन नदिनुहोस्‌+ताकि म दुष्ट मानिसहरूको दुष्कर्मको साझेदार नहोऊँ;मैले तिनीहरूको स्वादिष्ठ भोजन कहिल्यै खान नपरोस्‌।  ५  धर्मी मानिसले मलाई हिर्काए भने पनि त्यो तिनको अटल प्रेम ठहरिनेछ;+तिनले मलाई हप्काए भने पनि त्यो मेरो शिरमा तेलजस्तै हुनेछ,+मेरो शिरले कहिल्यै त्यसलाई इन्कार गर्नेछैन।+तिनको विपत्तिको बेला पनि म प्रार्थना गरी नै रहनेछु।  ६  तिनीहरूका न्यायकर्ताहरू भीरबाट खसालिए भने पनिमानिसहरूले मेरो वचन सुन्‍नेछन्‌ किनकि ती मीठा छन्‌।  ७  जसरी कुनै मानिसले हलो जोतेर माटाको डल्ला फुटाउँदा त्यो छरपस्ट हुन्छ,त्यसरी नै चिहानको* मुखमा हाम्रा हड्डीहरू छरपस्ट पारिएका छन्‌।  ८  तर हे ब्रह्‍माण्डका मालिक यहोवा, मेरा आँखाले तपाईँकै बाटो हेर्छन्‌।+मैले तपाईँमा शरण लिएको छु।मेरो ज्यान नलिनुहोस्‌।  ९  तिनीहरूले मेरो निम्ति जुन पासो थापेका छन्‌, त्यसको चङ्‌गुलबाट मलाई जोगाउनुहोस्‌,कुकर्मीहरूको धरापबाट बचाउनुहोस्‌। १०  दुष्टहरू सबै आफैले थापेको जालमा पर्नेछन्‌+तर म भने सकुशल उम्कनेछु।

फुटनोटहरू

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।