भजनसङ्ग्रह १४५:१-२१
दाउदले गरेको प्रशंसा।
א [आलेफ]
१४५ हे मेरा परमेश्वर, मेरा महाराज, म तपाईँको महिमा गर्नेछु,+
म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+
ב [बेथ]
२ म दिनभर तपाईँको प्रशंसा गर्नेछु;+म तपाईँको नामको सदासर्वदा प्रशंसा गर्नेछु।+
ג [गिमेल]
३ यहोवा महान् हुनुहुन्छ र प्रशंसा पाउन सबैभन्दा योग्य हुनुहुन्छ;+उहाँको महानता अपार* छ।+
ד [दालेथ]
४ एकपछि अर्को पुस्ताले तपाईँका कामहरूको प्रशंसा गर्नेछ;तिनीहरूले तपाईँका शक्तिशाली कामहरूको बखान गर्नेछन्।+
ה [हे]
५ तिनीहरूले तपाईँको महिमित वैभव र गौरवबारे बताउनेछन्+अनि म तपाईँका आश्चर्यजनक कामहरूमा मनन गर्नेछु।
ו [वाव]
६ तिनीहरूले भय र श्रद्धा जगाउने तपाईँका कामहरूबारे* बताउनेछन्अनि म तपाईँको महानताको घोषणा गर्नेछु।
ז [जयिन]
७ मुहानबाट पानी निस्केझैँ तपाईँको अपार भलाइ देखेर तिनीहरूको मुखबाट प्रशंसा निस्कनेछ+अनि तपाईँ न्यायी हुनुभएकोले तिनीहरू खुसीले कराउनेछन्।+
ח [हेत]
८ यहोवा दयालु र कृपालु हुनुहुन्छ,+उहाँ हतपती रिसाउनुहुन्न र अटल प्रेमले भरिपूर्ण हुनुहुन्छ।+
ט [टेथ]
९ यहोवा सबैको भलाइ गर्नुहुन्छ+अनि उहाँका सबै काममा उहाँको कृपा झल्किन्छ।
י [योद]
१० हे यहोवा, तपाईँका सबै सृष्टिले तपाईँको महिमा गर्नेछन्+अनि तपाईँका वफादार सेवकहरूले तपाईँको प्रशंसा गर्नेछन्।+
כ [काफ]
११ तिनीहरूले तपाईँको शासनको महिमाको वर्णन गर्नेछन्+अनि तपाईँको पराक्रमको बखान गर्नेछन्+
ל [लामेद]
१२ ताकि मानिसहरूले तपाईँको शक्तिशाली काम+अनि तपाईँको वैभवशाली शासनको महिमाबारे जानून्।+
מ [मेम]
१३ तपाईँको शासन सदासर्वदा कायम रहिरहन्छ।अनि तपाईँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+
ס [सामेख]
१४ लड्न लागेका सबैलाई यहोवा सहारा दिनुहुन्छ+अनि झुकेका सबैलाई उठाउनुहुन्छ।+
ע [अयिन]
१५ सबैका आँखाले तपाईँकै बाटो हेर्छन्;तपाईँ तिनीहरूलाई ठीक समयमा आहारा दिनुहुन्छ।+
פ [पे]
१६ तपाईँ आफ्नो मुठी खोल्नुहुन्छअनि सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ।+
צ [सादे]
१७ जे सही छ, यहोवा सधैँ त्यही गर्नुहुन्छ।+अनि उहाँ सबै काम वफादार भई गर्नुहुन्छ।+
ק [कोफ]
१८ यहोवा तिनीहरू सबैको नजिक हुनुहुन्छ, जसले उहाँलाई पुकार्छन्,+जसले साँचो हृदयले* उहाँको पुकारा गर्छन्।+
ר [रेश]
१९ उहाँको डर मान्ने सबैको इच्छा उहाँ पूरा गरिदिनुहुन्छ;+उहाँ तिनीहरूको गुहार सुन्नुहुन्छ र तिनीहरूको उद्धार गर्नुहुन्छ।+
ש [शिन]
२० यहोवालाई प्रेम गर्ने सबैको उहाँ रक्षा गर्नुहुन्छ+तर दुष्टहरू सबैलाई उहाँले नामेट पार्नुहुनेछ।+
ת [ताव]
२१ मेरो मुखले यहोवाको प्रशंसा गर्नेछ;+हरेक जीवले सदासर्वदा उहाँको पवित्र नामको प्रशंसा गरोस्।+