भजनसङ्ग्रह १६:१-११
दाउदको मिक्ताम।*
१६ हे परमेश्वर, मेरो रक्षा गर्नुहोस् किनभने म तपाईँकै शरणमा आएको छु।+
२ मैले यहोवालाई भनेँ: “तपाईँ यहोवा हुनुहुन्छ, मेरो भलाइको स्रोत!
३ पृथ्वीमा भएका पवित्र जनहरूमा,तिनै महिमित मानिसहरूमा म रमाउँछु।”+
४ अरू देवता पुज्नेहरूले आफैमाथि दुःख थप्छन्।+ती देवताहरूलाई म कहिल्यै रगत चढाउनेछैनँअनि मेरो ओठले तिनीहरूको नाम लिनेछैन।+
५ यहोवा मेरो अंश, मेरो भाग हुनुहुन्छ+ र उहाँले नै मेरो कचौरा भरिदिनुहुन्छ।+तपाईँले नै मेरो अंश जोगाइदिनुहुन्छ।
६ तपाईँले नापेर दिनुभएको मेरो अंश उत्तम छ।हो, मेरो अंशमा म सन्तुष्ट छु।+
७ मलाई सल्लाह दिनुहुने यहोवाको म स्तुति गाउँछु।+रातमा पनि मेरा भित्री विचारहरूले* मलाई सुधार्छन्।+
८ मैले यहोवालाई सदैव मेरो नजरसामु राखेको छु।+उहाँ मेरो दाहिने हाततर्फ हुनुहुन्छ, त्यसैले म कहिल्यै डग्नेछैनँ।*+
९ मेरो मन रमाउँछ, म धेरै खुसी हुन्छुर म सुरक्षित रहन्छु।
१० तपाईँले मलाई चिहानमा* छोड्नुहुनेछैन,+तपाईँले आफ्नो वफादार जनलाई खाडलमा पर्न दिनुहुनेछैन।*+
११ तपाईँले मलाई जीवनको मार्ग देखाउनुभएको छ।+तपाईँको उपस्थितिमा म आनन्दले भरिन्छु।+तपाईँको दाहिने बाहुलीमा रहँदा म सदा आनन्दित हुन्छु।
फुटनोटहरू
^ वा “मेरा भित्री भावनाहरूले।” शा., “मेरा मिर्गौलाहरूले।”
^ वा “म कहिल्यै लरखराउनेछैनँ (धरमराउनेछैनँ)।”
^ वा सम्भवतः “कुहिन दिनुहुनेछैन।”