भजनसङ्ग्रह १७:१-१५
दाउदको प्रार्थना।
१७ हे यहोवा, न्यायको लागि मैले गरेको पुकारा सुन्नुहोस्;मेरो गुहार सुन्नुहोस्;मेरो निष्कपट प्रार्थना सुन्नुहोस्।+
२ सही फैसला सुनाएर मलाई न्याय दिनुहोस्;+के सही छ, तपाईँका आँखाले देखून्।
३ तपाईँले मेरो हृदय जाँच्नुभएको छ, तपाईँले राती पनि मलाई जाँच्नुभएको छ;+तपाईँले मलाई खार्नुभएको छ;+मैले कुनै दाउपेच गरेको छैनँर मेरो मुखबाट दुष्ट कुरा निस्केको छैन भनेर तपाईँले थाह पाउनुहुनेछ।
४ मानिसहरूले जेसुकै गरे पनिमचाहिँ तपाईँको मुखबाट निस्केको वचन सुन्छु र डाँकाहरूको मार्गमा हिँड्दिनँ।+
५ म तपाईँकै मार्गमा हिँड्न सकूँताकि मेरा पाइलाले ठक्कर नखाऊन्।+
६ हे परमेश्वर, म तपाईँलाई पुकार्छु किनभने तपाईँ मलाई जवाफ दिनुहुन्छ।+तपाईँको कान मतिर फर्काउनुहोस्;* मेरो पुकारा सुन्नुहोस्।+
७ हे परमेश्वर, तपाईँ ती मानिसहरूका उद्धारक हुनुहुन्छ,जसले तपाईँका विरोधीहरूबाट बच्न तपाईँको दाहिने बाहुलीमुनि शरण लिन्छन्।आश्चर्यजनक तरिकाले आफ्नो अटल प्रेम देखाउनुहोस्।+
८ आफ्नो आँखाको नानीलाई झैँ मलाई जोगाउनुहोस्;+मलाई तपाईँका पखेटामुनि लुकाउनुहोस्।+
९ मलाई आक्रमण गर्ने दुष्टहरूबाटअनि मलाई घेरा हाल्ने र मार्न चाहने शत्रुहरूबाट मलाई जोगाउनुहोस्।+
१० तिनीहरू निर्दयी भएका छन्;तिनीहरू अहङ्कारी हुँदै बोल्छन्;
११ तिनीहरूले हामीलाई उम्कनै नसक्ने गरी घेरेका छन्;+हामीलाई जमिनमा पछार्न* तिनीहरू दाउ खोजिरहेका छन्।
१२ त्यो आफ्नो सिकारलाई धुजाधुजा पार्न पर्खिरहेको सिंहजस्तै छ,ढुकिबसेको जवान सिंहजस्तै।
१३ हे यहोवा, त्यसविरुद्ध खडा हुन उठ्नुहोस्+ र विजयी हुनुहोस्;आफ्नो तरबार चलाएर दुष्टबाट मेरो ज्यान जोगाउनुहोस्।
१४ मलाई छुटाउनुहोस्,* हे यहोवा,यस संसारका मानिसहरूबाट, जसको भाग यही जीवनमा छ,+जसलाई तपाईँले राम्रा-राम्रा कुरा दिनुभएको छ,+जसले आफ्ना छोराहरूलाई सम्पत्ति छोडिदिन्छन्।
१५ तर मचाहिँ निर्दोष रहिरहनेछु ताकि तपाईँको मुहार हेर्न पाऊँ;तपाईँको सामुन्ने ब्युँझेर खडा हुन पाउँदा* म सन्तुष्ट हुन्छु।+
फुटनोटहरू
^ वा “तपाईँ मतिर झुक्नुहोस् र सुन्नुहोस्।”
^ वा “हामीलाई खसाल्न।”
^ शा., “तपाईँको हातले जोगाउनुहोस्।”
^ वा “तपाईँको रूप हेर्न पाउँदा।”