भजनसङ्ग्रह ३:१-८
आफ्नो छोरा अब्सालोमदेखि भागेको बेला दाउदले रचेको भजन।+
३ हे यहोवा, मेरा शत्रु किन यत्ति धेरै छन्?+मविरुद्ध किन यत्ति धेरै मानिस छन्?+
२ मेरो बारेमा धेरै जना भन्छन्:“परमेश्वरले त्यसको उद्धार गर्नुहुन्न।”+ (सेला)*
३ तर हे यहोवा, तपाईँले चारैतिरबाट ढालले जस्तै मेरो रक्षा गर्नुभएको छ,+मेरो शिर ठाडो पारिदिने+ र मेरो गौरव+ तपाईँ नै हुनुहुन्छ।
४ यहोवालाई म ठूलो स्वरले पुकार्नेछुअनि उहाँले मलाई आफ्नो पवित्र डाँडाबाट जवाफ दिनुहुनेछ।+ (सेला)
५ म पल्टनेछु र निदाउनेछुअनि म सकुशल ब्युँझनेछुकिनकि यहोवाले मलाई सधैँ साथ दिनुहुन्छ।+
६ मविरुद्ध खडा हुने र मलाई घेर्नेहजारौँ मानिससित पनि म डराउनेछैनँ।+
७ हे यहोवा, उठ्नुहोस्! हे मेरा परमेश्वर, मलाई बचाउनुहोस्!+तपाईँले मेरा शत्रुहरू सबैको बङ्गारा फुस्काइदिनुहुनेछर दुष्टको दाँत झारिदिनुहुनेछ।+
८ उद्धार यहोवाबाटै आउँछ।+तपाईँ आफ्ना मानिसहरूलाई आशिष् दिनुहुन्छ। (सेला)