भजनसङ्ग्रह ३१:१-२४
निर्देशकलाई; दाउदले रचेको भजन।
३१ हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+म कहिल्यै लज्जित हुन नपरोस्।+मेरो उद्धार गर्नुहोस् किनकि तपाईँ न्यायी हुनुहुन्छ।+
२ तपाईँको कान मतिर फर्काउनुहोस्।*मेरो उद्धार गर्न झट्टै आउनुहोस्।+मेरो लागि चट्टानमाथिको बलियो किल्ला बन्नुहोस्,मलाई बचाउन बलियो गढ बन्नुहोस्।+
३ तपाईँ मेरा चट्टान र मेरा किल्ला हुनुहुन्छ;+तपाईँले आफ्नो नामको खातिर+ मेरो अगुवाइ गर्नुहुनेछ र मलाई डोऱ्याउनुहुनेछ।+
४ तिनीहरूले लुकीछिपी बिछ्याएको जालबाट तपाईँले मलाई छुटाउनुहुनेछ+किनकि तपाईँ मेरो गढ हुनुहुन्छ।+
५ मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु।+हे यहोवा, सत्यका परमेश्वर,* तपाईँले मलाई छुटाउनुभएको छ।+
६ व्यर्थका, बेकामका मूर्ति पुज्नेहरूलाई म घृणा गर्छु,म त यहोवामा भरोसा राख्छु।
७ तपाईँको अटल प्रेमको कारण म खुसीयाली मनाउनेछुकिनकि तपाईँले मेरो दुःख देख्नुभएको छ;+मेरो वेदना तपाईँलाई थाह छ।
८ तपाईँले मलाई शत्रुहरूको हातमा सुम्पनुभएको छैनबरु मलाई सुरक्षित ठाउँमा* राख्नुभएको छ।
९ हे यहोवा, म सङ्कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्।पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्,+ मेरो पूरै शरीर कमजोर भएको छ।+
१० शोकले मेरो जीवनलाई खाएको छ;+मेरा वर्षहरू सुस्केरामा बितेका छन्।+मेरो गल्तीले गर्दा मेरो बल घटेको छ।मेरा हड्डीहरू कमजोर भएका छन्।+
११ मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरूमेरो खिसी गर्छन्।+मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्;मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्।+
१२ मरेको मानिससरह तिनीहरूले मलाई आफ्नो मनबाट हटाएका छन्, मलाई बिर्सेका छन्।म फुटेको भाँडो भएको छु।
१३ मैले थुप्रै झूटो हल्ला सुनेको छु;मलाई त्रासले छोपेको छ।+तिनीहरू सबै मविरुद्ध जम्मा हुन्छन्र मेरो ज्यान लिन षड्यन्त्र रच्छन्।+
१४ तर हे यहोवा, म तपाईँमा भरोसा गर्छु।+म घोषणा गर्छु: “तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।”+
१५ मेरो जीवन तपाईँको हातमा छ।मेरा शत्रुहरू र मलाई सताउनेहरूको हातबाट मलाई छुटाउनुहोस्।+
१६ तपाईँको सेवकमाथि तपाईँको मुहार चम्कोस्।+तपाईँको अटल प्रेमको कारण मलाई जोगाउनुहोस्।
१७ हे यहोवा, तपाईँलाई पुकार्दा म लाजमा पर्नु नपरोस्।+बरु दुष्टहरू लाजमा परून्;+चिहानमा* परेर तिनीहरूको मुख बन्द होस्।+
१८ झूट बोल्ने मुख बन्द होस्,+जसले अहङ्कार, घमन्ड र घृणाले भरिएर धर्मीहरूको विरुद्धमा बोल्छ।
१९ तपाईँको भलाइ कत्ति अपार छ!+त्यो तपाईँले आफ्नो डर मान्नेहरूका लागि साँचेर राख्नुभएको छ+अनि तपाईँमा शरण लिनेहरूलाई तपाईँले सबैसामु भलाइ गर्नुभएको छ।+
२० तिनीहरूलाई मानिसहरूका षड्यन्त्रबाट बचाउनतपाईँले तिनीहरूलाई आफू उपस्थित हुने गोप्य ठाउँमा लुकाउनुहुनेछ।+घोच्ने बोलीको आक्रमणबाट बचाउन+तपाईँले तिनीहरूलाई आफ्नो निवासस्थानमा लुकाउनुहुनेछ।
२१ यहोवाको प्रशंसा होस्किनकि म सेनाले घेरिएको सहरमा+ हुँदा उहाँले मलाई अचम्मलाग्दो तरिकाले अटल प्रेम देखाउनुभएको छ।+
२२ म त आत्तिएको थिएँ;मैले भनेँ: “म तपाईँको सामुन्नेबाट मेटाइनेछु।”+तर मैले तपाईँलाई गुहार्दा तपाईँले मेरो बिन्ती सुन्नुभयो।+
२३ हे यहोवाप्रति वफादार सबै मानिस हो, उहाँलाई प्रेम गर!+भरोसायोग्य मानिसहरूको यहोवा रक्षा गर्नुहुन्छ+तर अहङ्कारीहरूलाई उहाँ कडा सजाय दिनुहुन्छ।+
२४ हे यहोवाको बाटो हेर्नेहरू हो,+साहसी होओ र तिमीहरूको मन दह्रो होस्।+
फुटनोटहरू
^ वा “तपाईँ मतिर झुक्नुहोस् र सुन्नुहोस्।”
^ वा “विश्वासयोग्य परमेश्वर।”
^ वा “फराकिलो ठाउँमा।”