भजनसङ्‌ग्रह ३२:१-११

  • क्षमा पाएकाहरू आनन्दित

    • “मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ” ()

    • परमेश्‍वरले तिमीलाई समझ दिनुहुन्छ ()

दाउदको रचना। मास्किल।* ३२  आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।+  २  आनन्दित हो त्यो मानिस, जसलाई यहोवाले दोषी ठहराउनुहुन्‍न,+जसको मनमा छलकपट छैन।  ३  म चुप रहँदा दिनभरिको मेरो रोदनले मेरा हड्डीहरू मक्किए।+  ४  किनकि दिनरात तपाईँको हातको* भार ममाथि रह्‍यो।+गर्मी यामको प्रचण्ड तापले पानी सुकेझैँ मेरो बल सुकेको छ। (सेला)  ५  आखिरमा मैले आफ्नो पाप तपाईँसामु स्विकारेँ;मैले आफ्नो गल्ती लुकाइनँ।+मैले भनेँ: “म आफ्ना अपराधहरू यहोवासामु स्विकार्छु।”+अनि तपाईँले मेरो गल्ती, मेरो पाप क्षमा गर्नुभयो।+ (सेला)  ६  त्यसैले जबसम्म तपाईँलाई भेट्टाउन सम्भव छ,+तबसम्म हरेक वफादार मानिसले तपाईँलाई पुकार्नेछ+अनि बाढीले समेत उसलाई भेट्‌नेछैन।  ७  तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ;तपाईँले मलाई सङ्‌कष्टबाट जोगाउनुहुनेछ।+तपाईँले मलाई छुटकारा दिएर मेरो चारैतिर हर्षको स्वर गुञ्जाउनुहुनेछ।+ (सेला)  ८  “म तिमीलाई समझ* दिनेछु र तिमी हिँड्‌नुपर्ने बाटोमा तिमीलाई डोऱ्‍याउनेछु।+तिमीमाथि नजर राखेर म तिमीलाई सल्लाह दिनेछु।+  ९  समझ नभएको घोडा वा खच्चरजस्तो नहोओ,+जसलाई काबूमा राख्न लगाम र करेली* चाहिन्छअनि मात्र त्यो तिम्रो नजिक आउँछ।” १०  दुष्टको पीडा धेरै हुन्छतर यहोवालाई भरोसा गर्नेहरू उहाँको अटल प्रेमले घेरिएका हुन्छन्‌।+ ११  हे धर्मी मानिसहरू हो, यहोवाको साथ पाएकोमा रमाहट गर र खुसी होओ;हे सोझो मन भएकाहरू हो, खुसीले कराओ।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “अप्रसन्‍नताको।”
वा “अन्तर्दृष्टि।”
घोडालाई नियन्त्रणमा राख्न त्यसको टाउकोमा लगाइने छालाको साज।