भजनसङ्ग्रह ३३:१-२२
३३ हे धर्मीहरू हो, यहोवाले गर्नुभएका असल कुराहरूको लागि खुसीले कराओ।+सोझाहरूले उहाँको प्रशंसा गर्न सुहाउँछ।
२ वीणा बजाएर यहोवालाई धन्यवाद चढाओ;दस-तारे बाजा बजाएर उहाँको स्तुति गाओ।*
३ उहाँको लागि एउटा नयाँ गीत गाओ;+तारे बाजा राम्ररी बजाओ र जयजयकार गर।
४ किनकि यहोवाको वचन सच्चा छ;+उहाँ जे गर्नुहुन्छ, ती सबै भरोसायोग्य छन्।
५ उहाँ धार्मिकता र न्यायलाई प्रेम गर्नुहुन्छ।+पृथ्वी यहोवाको अटल प्रेमले भरिपूर्ण छ।+
६ यहोवाको वाणीद्वारा आकाश सृष्टि भएको हो+अनि त्यसमा भएका सबै थोक उहाँको सासले बनेका हुन्।
७ उहाँ समुद्रको पानीलाई बाँधले जस्तै जम्मा गर्नुहुन्छ;+उर्लँदो पानीलाई भण्डारमा सञ्चय गर्नुहुन्छ।
८ सारा पृथ्वीले यहोवाको भय मानोस्।+धर्तीका सबै बासिन्दाले उहाँको श्रद्धा गरून्।
९ उहाँले बोल्नुभयो अनि सबै कुरा अस्तित्वमा आए;+उहाँले आदेश दिनुभयो अनि सबथोक स्थिर भए।+
१० यहोवाले राष्ट्रहरूका षड्यन्त्रहरूलाई* विफल पारिदिनुभएको छ;+उहाँले जातिजातिका योजनाहरूलाई* बेकाम तुल्याइदिनुभएको छ।+
११ तर यहोवाका फैसलाहरू* भने सदासर्वदा रहन्छन्;+उहाँको मनका विचारहरू पुस्तौँपुस्तासम्म रहिरहन्छन्।
१२ आनन्दित हो त्यो जाति, जसको परमेश्वर यहोवा हुनुहुन्छ;+ती मानिसहरू, जसलाई उहाँले आफ्नो सम्पत्तिको रूपमा रोज्नुभएको छ।+
१३ यहोवा स्वर्गबाट तल हेर्नुहुन्छ;उहाँको नजर सबै मानिसमाथि रहन्छ।+
१४ उहाँ आफ्नो निवासस्थानबाटपृथ्वीका सबै बासिन्दामाथि नजर लगाउनुहुन्छ।
१५ सबैको हृदय रच्ने उहाँ नै हुनुहुन्छ;उहाँले तिनीहरूका सबै काम जाँच्नुहुन्छ।+
१६ कुनै पनि राजा आफ्नो विशाल सेनाको भरमा बच्न सक्दैन;+बलवान् मानिसलाई उसको ठूलो बलले जोगाउन सक्दैन।+
१७ छुटकाराको लागि* घोडामा भर पर्नु व्यर्थ छ;+त्यो जति नै बलियो भए पनि त्यसले बचाउन सक्दैन।
१८ हेर! यहोवासित डराउनेहरूमाथिर उहाँको अटल प्रेममा आशा राख्नेहरूमाथि उहाँको नजर रहिरहन्छ,+
१९ जसको कारण तिनीहरूले मृत्युबाट छुटकारा पाउँछन्र अनिकालको बेला तिनीहरू जीवितै रहन्छन्।+
२० हामी यहोवाको बाटो हेरिरहन्छौँ।उहाँ हाम्रो मदतगार र ढाल हुनुहुन्छ।+
२१ उहाँको कारण हाम्रो हृदय हर्षित हुन्छकिनकि हामीले उहाँको पवित्र नाममा भरोसा गरेका छौँ।+
२२ हे यहोवा, तपाईँको अटल प्रेमले हामीमाथि बास गरोस्+किनकि हामी तपाईँकै बाटो हेर्छौँ।+
फुटनोटहरू
^ वा “धुन बजाओ।”
^ वा “सल्लाहहरूलाई।”
^ वा “विचारहरूलाई।”
^ वा “सल्लाहहरू।”
^ वा “विजयी हुन।”