भजनसङ्ग्रह ३८:१-२२
दाउदले रचेको भजन। मानिसहरूको लागि सम्झौटा।
३८ हे यहोवा, रिसाएर मलाई नहप्काउनुहोस्,क्रोधले भरिएर मलाई नसुधार्नुहोस्।+
२ तपाईँका काँडहरूले मलाई भित्रसम्मै छेडेका छन्अनि तपाईँको हातको भारले मलाई थिचेको छ।+
३ तपाईँको क्रोधको कारण मेरो पूरै शरीर रोगी भएको छ।*मेरो पापको कारण मेरा हड्डीहरूभित्र अशान्ति मच्चिएको छ।+
४ मेरा गल्तीहरू मेरो शिरभन्दा माथि चुलिएका छन्;+ती मेरो लागि गह्रौँ भारीजस्तै भएका छन्, म ती बोक्नै सक्दिनँ।
५ मेरो मूर्खताको कारणमेरो घाउ सडेर गन्हाएको छ।
६ म दुःखी र ज्यादै निराश भएको छु;सारा दिन म भारी मन लिएर हिँड्छु।
७ मलाई भित्रभित्रै औडाहा भइरहेको छ;*मेरो पूरै शरीर रोगी भएको छ।+
८ म मुर्छित भएको छु र चूर्ण भएको छु;मेरो हृदयको व्याकुलताले गर्दा म ठूलो स्वरमा सुस्केरा हाल्छु।
९ हे यहोवा, मेरा सबै इच्छा तपाईँकै सामुन्ने छन्अनि मेरो सुस्केरा तपाईँबाट लुकेको छैन।
१० मेरो ढुकढुकी बढेको छ, मेरो बल घटेको छर मेरा आँखाको ज्योति गइसकेको छ।+
११ मेरो रोगको कारण मेरा मित्रहरू र मलाई साथ दिनेहरू मलाई वास्तै गर्दैनन्,मेरा मिल्ने साथीहरू मबाट टाढै रहन्छन्।
१२ मेरो ज्यान लिन खोज्नेहरूले जाल बिछ्याएका छन्;मेरो हानि गर्न खोज्नेहरू मलाई बरबाद पार्ने कुरा गर्छन्;+तिनीहरू दिनभरि षड्यन्त्र रच्छन्।
१३ तर म बहिरो मानिसजस्तै भएको छु, म सुन्दिनँ;+म गुँगो मानिसजस्तै भएको छु, म आफ्नो मुख खोल्दिनँ।+
१४ म कान नसुन्ने मानिसजस्तै भएको छु,जसले आफ्नो बचाउमा मुख खोल्दैन।
१५ किनकि हे यहोवा, मैले तपाईँको प्रतीक्षा गरेँ +अनि हे यहोवा मेरा परमेश्वर, तपाईँले मलाई जवाफ दिनुभयो।+
१६ मैले भनेँ: “यदि मेरो खुट्टा चिप्लियो भने तिनीहरूले मेरो गिल्ला नगरून्वा तिनीहरू घमन्डले नफुलून्।”
१७ किनकि म त ढल्नै लागेको थिएँर म हरसमय पीडाले छटपटाइरहेको थिएँ।+
१८ मैले आफ्नो गल्ती मानिलिएँ;+आफ्नो पापले गर्दा म व्याकुल भएको थिएँ।+
१९ तर मेरा शत्रुहरू फुर्तिला र बलिया छन्,*विनाकारण मलाई घृणा गर्नेहरू अनगिन्ती भएका छन्।
२० मैले गरेको असल कामको बदलामा तिनीहरूले खराबी गरे;मैले जे असल छ, त्यो गर्न चाहेँ तर तिनीहरूले मलाई रोके।
२१ हे यहोवा, मलाई नत्याग्नुहोस्।हे परमेश्वर, मबाट टाढा नहुनुहोस्।+
२२ हे यहोवा, मेरा उद्धारक,मलाई सहायता गर्न चाँडै आउनुहोस्।+
फुटनोटहरू
^ शा., “मेरो शरीरको कुनै पनि भाग स्वस्थ छैन।”
^ शा., “मेरो पूरै कम्मरमा जलन भइरहेको छ।”
^ वा सम्भवतः “तर विनाकारण मसित दुस्मनी गर्नेहरू अनगिन्ती छन्।”