भजनसङ्‌ग्रह ४१:१-१३

  • बिरामी शय्याबाट प्रार्थना

    • बिरामीलाई परमेश्‍वरले सम्हाल्नुहुन्छ ()

    • घनिष्ठ साथीबाट धोका ()

निर्देशकलाई; दाउदले रचेको भजन। ४१  आनन्दित हो त्यो मानिस, जसले दीनदुःखीहरूको ख्याल राख्छ;+यहोवाले उसलाई विपत्तिको दिनमा बचाउनुहुनेछ।  २  यहोवाले उसको रक्षा गर्नुहुनेछ र उसलाई जीवित राख्नुहुनेछ।ऊ पृथ्वीमा आनन्दित मानिस भनेर चिनिनेछ;+तपाईँले उसलाई कहिल्यै शत्रुको हातमा सुम्पिनुहुनेछैन।+  ३  ऊ बिरामी पर्दा यहोवाले उसलाई ओछ्यानमै सम्हाल्नुहुनेछ;+तपाईँले उसलाई बिरामी अवस्थामा हेरविचार गर्नुहुनेछ।  ४  मैले भनेँ: “हे यहोवा, मैले तपाईँविरुद्ध पाप गरेको छु।+ममाथि अनुग्रह गर्नुहोस्‌,+ मलाई निको पार्नुहोस्‌।”+  ५  तर मेरा शत्रुहरूले मबारे यस्तो दुष्ट कुरा गरेका छन्‌:“त्यो कहिले मर्छ? त्यसको नाम कहिले मेटिन्छ?”  ६  यदि तिनीहरूमध्ये कोही मलाई हेर्न आयो भने पनि त्यो मनमा कपट लिएर आउँछ।त्यसले मेरो कुरा काट्‌न केही न केही कुरा भेट्टाउँछअनि बाहिर निस्केपछि चारैतिर त्यसबारे हल्ला फैलाउँछ।  ७  मलाई घृणा गर्ने सबैले आपसमा कानेखुसी गर्छन्‌;तिनीहरू मेरो विरुद्धमा षड्‌यन्त्र रच्छन्‌ र यसो भन्छन्‌:  ८  “त्यसलाई घातक रोग लागेको छ;त्यो थला परेको छ, अब त्यो फेरि उठ्‌दैन।”+  ९  मैले भरोसा गरेको मेरो घनिष्ठ साथी,+जसले मेरो रोटी खान्थ्यो, उसैले मलाई लात हान्‍न खुट्टा उचालेको छ।*+ १०  तर हे यहोवा, ममाथि अनुग्रह गर्नुहोस्‌ र मलाई उठाउनुहोस्‌ताकि म तिनीहरूसित साटो फेर्न सकूँ। ११  जब मेरा शत्रुहरू ममाथि विजयी हुँदैनन्‌,+तब मैले थाह पाउनेछु, तपाईँ मसित प्रसन्‍न हुनुहुन्छ। १२  मेरो सत्यनिष्ठाको कारण तपाईँले मलाई उचाल्नुभएको छ;+तपाईँले मलाई आफ्नो नजरसामु सदाको लागि राख्नुहुनेछ।+ १३  इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌,सदासर्वदा* प्रशंसा होस्‌।+ आमिन, आमिन।

फुटनोटहरू

वा “ऊ मविरुद्ध खडा भएको छ।”
वा “युगौँयुगसम्म।”