भजनसङ्ग्रह ४६:१-११
निर्देशकलाई; कोरहवंशीको भजन।+ अलामोथ शैलीमा।* एउटा गीत।
४६ परमेश्वर हाम्रो शरणस्थान र बल हुनुहुन्छ,+दुःखको समयमा सजिलै पाइने मदतगार।+
२ त्यसैले चाहे पृथ्वी नै हल्लियोस्,चाहे पर्वतहरू समुद्रको गहिराइमा खसून्,+ हामी डराउनेछैनौँ,
३ अनि चाहे समुद्र गर्जियोस् र त्यसले फीँज काढोस्,+चाहे समुद्र उर्लेर पर्वतहरू थर्किऊन्, हामी डराउनेछैनौँ। (सेला)
४ एउटा नदी छ, जसका धाराहरूले परमेश्वरको सहरलाई आनन्दित तुल्याउँछ,+सर्वोच्च परमेश्वरको महापवित्र वासस्थानलाई* आनन्दित तुल्याउँछ।
५ परमेश्वर त्यस सहरमा हुनुहुन्छ;+ त्यो डग्नेछैन।परमेश्वर त्यसलाई सहायता गर्न मिरमिरेमै आउनुहुनेछ।+
६ जातिजातिमाझ कोलाहल छायो, राज्यहरूको पतन भयो;उहाँले आफ्नो स्वर उचाल्नुभयो र पृथ्वी पग्लियो।+
७ सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+याकुबका परमेश्वर हाम्रो शरणस्थान* हुनुहुन्छ। (सेला)
८ आओ र यहोवा परमेश्वरका कामहरू हेर,उहाँले पृथ्वीमा कस्ता अचम्म-अचम्मका कामहरू गर्नुभएको छ।
९ पृथ्वीबाट उहाँले युद्ध नामेट पार्नुहुन्छ।+उहाँले धनु भाँचिदिनुहुन्छ र भालाहरू टुक्राटुक्रा पारिदिनुहुन्छ;युद्धका रथहरू* उहाँले आगोमा जलाइदिनुहुन्छ।
१० “हार स्विकार अनि म नै परमेश्वर हुँ भनी थाह पाओ।जातिजातिहरूका बीचमा म उच्च पारिनेछु;+पृथ्वीमा म उच्च पारिनेछु।”+
११ सेनाहरूका यहोवा हाम्रो साथमा हुनुहुन्छ;+याकुबका परमेश्वर हाम्रो शरणस्थान हुनुहुन्छ।+ (सेला)