भजनसङ्‌ग्रह ५१:१-१९

  • पश्‍चात्तापीको प्रार्थना

    • गर्भदेखि नै पापी ()

    • “मेरा पापहरू चोख्याउनुहोस्‌” ()

    • “ममा शुद्ध हृदय सृजनुहोस्‌” (१०)

    • चूर्ण हृदयदेखि परमेश्‍वर खुसी हुनुहुन्छ (१७)

निर्देशकलाई; दाउदले बेतसेबासित नाजायज सम्बन्ध राखेपछि भविष्यवक्‍ता नातान तिनलाई भेट्‌न आएको बेला दाउदले रचेको भजन।+ ५१  हे परमेश्‍वर, तपाईँले देखाउनुहुने अटल प्रेमअनुसारै ममाथि अनुग्रह गर्नुहोस्‌।+तपाईँको अपार कृपाअनुसारै मेरा अपराधहरू मेटाइदिनुहोस्‌।+  २  मेरो गल्ती पूरै पखालिदिनुहोस्‌+र मेरो पाप मेटेर मलाई शुद्ध पार्नुहोस्‌।+  ३  किनकि मलाई थाह छ, मैले पाप गरेको छुर मेरो पाप सधैँ मेरै सामुन्‍ने* छ।+  ४  तपाईँको विरुद्धमा, केवल तपाईँकै विरुद्धमा मैले पाप गरेको छु;+तपाईँको नजरमा जे खराब छ, मैले त्यही गरेको छु।+त्यसैले तपाईँ जे भन्‍नुहुन्छ, सही भन्‍नुहुन्छ,तपाईँ उचित न्याय गर्नुहुन्छ।+  ५  हेर्नुहोस्‌! म त जन्मँदै पापी थिएँ,पापैमा मेरी आमाले मलाई गर्भधारण गरिन्‌।*+  ६  हेर्नुहोस्‌! तपाईँ त्यस्तो मानिसदेखि खुसी हुनुहुन्छ, जो मनैदेखि सोझो छ;+मेरो मनलाई साँचो बुद्धिको कुरा सिकाउनुहोस्‌।  ७  हिसपले* मेरा पापहरू चोख्याउनुहोस्‌ र म शुद्ध हुनेछु;+मलाई पखाल्नुहोस्‌ र म हिउँभन्दा पनि सेतो हुनेछु।+  ८  मैले खुसीयाली र रमाहटको स्वर सुन्‍न पाऊँअनि तपाईँले चकनाचुर पार्नुभएका हड्डीहरू रमाऊन्‌।+  ९  मेरा पापहरूदेखि आफ्नो मुहार अन्तै फर्काउनुहोस्‌*+र मेरा सबै अपराध मेटिदिनुहोस्‌।+ १०  हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस्‌+अनि मभित्र नयाँ र स्थिर मन+ हालिदिनुहोस्‌। ११  तपाईँको सामुन्‍नेबाट मलाई ननिकाल्नुहोस्‌;तपाईँको पवित्र शक्‍ति मबाट नखोस्नुहोस्‌। १२  तपाईँले उद्धार गर्नुहुँदाको खुसी मैले फेरि पाउन सकूँ;+तपाईँको आज्ञा पालन गर्ने चाहना ममा जगाइदिनुहोस्‌। १३  पापीहरू तपाईँकहाँ फर्कून्‌ भनेरम अपराधीहरूलाई तपाईँको मार्गमा हिँड्‌न सिकाउनेछु।+ १४  हे परमेश्‍वर, मेरो उद्धार गर्नुहुने परमेश्‍वर,+ मलाई रक्‍तदोषबाट मुक्‍त गर्नुहोस्‌+अनि मेरो जिब्रोले हर्ष मनाउँदै तपाईँको धार्मिकताको घोषणा गर्नेछ।+ १५  हे यहोवा, मेरो मुख खोलिदिनुहोस्‌ताकि म तपाईँको प्रशंसा गर्न सकूँ।+ १६  किनकि तपाईँ बलिदान चाहनुहुन्‍न, नत्र म त्यो चढाउने थिएँ;+तपाईँ अग्निभेटीदेखि प्रसन्‍न हुनुहुन्‍न।+ १७  टुटेको हृदय परमेश्‍वरलाई खुसी तुल्याउने बलिदान हो;हे परमेश्‍वर, तपाईँ टुटेको र चूर्ण हृदयलाई तिरस्कार* गर्नुहुन्‍न।+ १८  आफ्नो अनुग्रह प्रकट गरेर सियोनको भलाइ गर्नुहोस्‌;यरुसलेमका पर्खालहरूलाई फेरि मजबुत बनाउनुहोस्‌। १९  धार्मिकताको बलिदानदेखि तपाईँ प्रसन्‍न हुनुहुनेछ,अग्निभेटीदेखि र सिङ्‌गो बलिदानदेखि प्रसन्‍न हुनुहुनेछ;तपाईँको वेदीमा बहरहरू चढाइनेछन्‌।+

फुटनोटहरू

वा “मेरो मनमा।”
वा “मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ।”
शब्दावली हेर्नुहोस्‌।
वा “लुकाउनुहोस्‌।”
वा “हेला।”