भजनसङ्‌ग्रह ५२:१-९

  • परमेश्‍वरको अटल प्रेममा भरोसा

    • धक्कु लगाउनेहरूलाई चेतावनी (१-५)

    • भक्‍तिहीन मानिसहरू धनसम्पत्तिमा भर पर्छन्‌ ()

निर्देशकलाई; मास्किल।* एदोमी दोएगले दाउद अहिमेलेकको घरमा आएका छन्‌ भनी साउललाई खबर दिएको बेला दाउदले रचेको भजन।+ ५२  ए शक्‍तिशाली मानिस, तँ किन आफ्नो दुष्ट काममा घमन्ड गर्छस्‌?+परमेश्‍वरको अटल प्रेम सदा रहन्छ भनी के तँलाई थाह छैन?+  २  छुराजस्तै धारिलो तेरो जिब्रोले+षड्‌यन्त्र रच्छ र छली कुरा बोल्छ।+  ३  तँ असल कुरालाई भन्दा दुष्ट कुरालाई मन पराउँछस्‌,सत्य बोल्नुभन्दा झूट बोल्न तँलाई मन पर्छ। (सेला)  ४  ए छली जिब्रो!हानि पुऱ्‍याउने हरेक बोली तँलाई मन पर्छ।  ५  त्यसकारण परमेश्‍वरले तेरो नामोनिसान नरहनेगरि तँलाई नाश गर्नुहुनेछ।+उहाँले तँलाई च्याप्प समातेर पालबाट घिसार्दै बाहिर निकाल्नुहुनेछ।+जीवितहरूको देशबाट उहाँले तँलाई उखेलिदिनुहुनेछ।+ (सेला)  ६  धर्मीहरूले त्यो देख्नेछन्‌ र तिनीहरूको हृदय परमेश्‍वरप्रति श्रद्धाले भरिनेछ।+दुष्ट काम गर्ने मानिसलाई तिनीहरूले यसरी हाँसोमा उडाउनेछन्‌:+  ७  “परमेश्‍वरमा शरण नलिने* मानिस यही हो,+त्यसले आफ्नो अकुत सम्पत्तिमाथि भरोसा गऱ्‍यो+अनि आफ्नै दुष्ट योजनाहरूमा त्यो भर पऱ्‍यो।”*  ८  तर म भने परमेश्‍वरको भवनमा भएको जैतुनको हराभरा रूखजस्तै हुनेछु।म सदासर्वदा परमेश्‍वरको अटल प्रेममाथि भरोसा गर्छु।+  ९  तपाईँले गर्नुभएका कामहरूको लागि म सधैँभरि तपाईँको प्रशंसा गर्नेछु।+तपाईँका वफादार जनहरूको सामुन्‍ने म तपाईँको नाममा आशा राख्नेछु+किनकि यो असल छ।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “परमेश्‍वरलाई आफ्नो गढ नबनाउने।”
वा “त्यसले आश्रय लियो।”