भजनसङ्‌ग्रह ५८:१-११

  • पृथ्वीको न्याय गर्ने एक जना परमेश्‍वर हुनुहुन्छ

    • दुष्टहरूलाई दण्ड दिनको लागि प्रार्थना (६-८)

निर्देशकलाई; “नाश हुन नदिनुहोस्‌”-अनुसार। दाउदको रचना। मिक्‍ताम।* ५८  ए मानिसहरू हो, तिमीहरू चुपचाप रहेर कसरी धार्मिकताको बखान गर्न सक्छौ?+के तिमीहरू उचित न्याय गर्न सक्छौ?+  २  तिमीहरू त आफ्नो मनमा दुष्ट योजना रच्छौ+अनि तिमीहरूका हातले देशमा हिंसा मच्चाउँछन्‌।+  ३  दुष्टहरू गर्भदेखि नै बरालिएका* हुन्छन्‌;तिनीहरू जन्मेदेखि नै टेढा हुन्छन्‌ र झूट बोल्छन्‌।  ४  तिनीहरूको विष सर्पको विषजस्तै छ;+तिनीहरू सुन्‍न नचाहने गोमनजस्तै बहिरा भएका छन्‌,  ५  जसले सपेराहरूको स्वर सुन्दैन,चाहे ती सपेराहरू बिन* फुक्न जति नै सिपालु किन नहोऊन्‌।  ६  हे परमेश्‍वर, दुष्टहरूका सबै दाँत झारिदिनुहोस्‌!हे यहोवा, यी सिंहहरूका बङ्‌गारा भाँचिदिनुहोस्‌!  ७  तिनीहरू बगेर जाने पानीझैँ हराएर जाऊन्‌,उहाँले धनुमा ताँदो चढाऊन्‌ र उहाँको काँडले तिनीहरू ढलून्‌।  ८  तिनीहरू घस्रँदा-घस्रँदा बिलाएर जाने चिप्लेकिराजस्तै होऊन्‌;तिनीहरू गर्भमै मरेको बच्चाजस्तै होऊन्‌, जसले सूर्यको किरण कहिल्यै देख्न पाउँदैन।  ९  तिमीहरूका भाँडाहरूमा काँडाको आगोको राप पर्नुअघि नैउहाँले आँधीले जस्तै ती हरिया हाँगा र बलिरहेका हाँगालाई उडाएर लैजानुहुनेछ।+ १०  धर्मी मानिस रमाउनेछ किनकि परमेश्‍वरले बदला लिनुभएको उसले देख्नेछ;+उसको पाउ दुष्टको रगतले छपक्कै भिज्नेछ।+ ११  तब मानिसहरूले भन्‍नेछन्‌: “निश्‍चय नै धर्मी मानिसले इनाम पाउनेछ।+पृथ्वीमा न्याय गर्ने एक जना परमेश्‍वर साँच्चै हुनुहुँदो रहेछ।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “भ्रष्ट।”
शा., “मन्त्र।”