भजनसङ्ग्रह ५९:१-१७
निर्देशकलाई; “नाश हुन नदिनुहोस्”-अनुसार। मिक्ताम।* दाउदलाई मार्नको लागि साउलले तिनको घरमा चियो गर्न मानिसहरू पठाउँदा दाउदले रचेको भजन।+
५९ हे मेरा परमेश्वर, मेरा शत्रुहरूबाट मलाई छुटाउनुहोस्;+मविरुद्ध खडा भएकाहरूदेखि मलाई जोगाउनुहोस्।+
२ दुष्ट चाल चल्नेहरूबाट मलाई छुटाउनुहोस्अनि हिंस्रक* मानिसहरूबाट मलाई बचाउनुहोस्।
३ हे यहोवा, मैले कुनै पाप गरेको छैनँ न त विद्रोह नै गरेको छु।+तैपनि हेर्नुहोस्! तिनीहरू मलाई आक्रमण गर्न ढुकेर बस्छन्,+बलिया-बलिया मानिसहरू मलाई आक्रमण गर्छन्।
४ मैले कुनै गल्ती नगरे पनि तिनीहरू मलाई आक्रमण गर्न तम्सिन्छन्।मेरो पुकारा सुनेर उठ्नुहोस् र हेर्नुहोस्।
५ किनकि हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँ इस्राएलका परमेश्वर हुनुहुन्छ।+जाग्नुहोस् र जातिजातिले के गर्दै छन्, हेर्नुहोस्।विश्वासघात गर्ने दुष्टहरूमाथि कृपा नदेखाउनुहोस्।+ (सेला)
६ हरेक साँझ तिनीहरू फर्कन्छन्;+तिनीहरू कुकुरले जस्तै ङ्वार्रङुर्र गर्छन्*+ र चाल मार्दै सहरमा घुम्छन्।+
७ हेर्नुहोस्, तिनीहरूका मुखबाट कस्ता कुराहरू निस्कन्छन्।तिनीहरूका ओठ तरबारजस्तै छन्,+तिनीहरू यसो भन्छन्: “कसले सुन्दै छ र?”+
८ तर हे यहोवा, तिनीहरूलाई देखेर तपाईँ हाँस्नुहुनेछ;+सबै राष्ट्रलाई तपाईँले हाँसोमा उडाउनुहुनेछ।+
९ हे मेरा बल, तपाईँकै बाटो म हेरिरहनेछु+किनकि परमेश्वर मेरो शरणस्थान* हुनुहुन्छ।+
१० मलाई अटल प्रेम गर्नुहुने परमेश्वर मलाई सहायता गर्न आउनुहुनेछ;+परमेश्वरले मलाई मेरा शत्रुहरूको पराजय देखाउनुहुनेछ।+
११ तिनीहरूलाई एकै चोटि नमार्नुहोस् ताकि मेरा मानिसहरूले तपाईँका कार्यहरू नबिर्सून्।तपाईँको शक्तिले तिनीहरूलाई यताउता भौँतारिन लगाउनुहोस्;हे यहोवा, हाम्रो ढाल, तिनीहरूको पतन गराउनुहोस्।+
१२ आफ्नो मुखले, आफ्नो वचनले गरेको पापले गर्दातिनीहरू आफ्नो घमन्डको पासोमा परून्।+किनकि तिनीहरू मानिसहरूलाई सराप्छन् र छली कुरा गर्छन्।
१३ तपाईँको क्रोधमा तिनीहरूलाई सखाप पार्नुहोस्;+तिनीहरूको नामोनिसान नरहनेगरि तिनीहरूलाई नाश गर्नुहोस्;याकुबमाथि अनि पृथ्वीको कुनाकुनासम्म शासन गर्ने परमेश्वर नै हुनुहुन्छ भनेर तिनीहरूले थाह पाऊन्।+ (सेला)
१४ साँझ तिनीहरू फर्केर आऊन्अनि कुकुरले जस्तै ङ्वार्रङुर्र गरून्* र चाल मार्दै सहरमा घुमून्।+
१५ आहार खोज्दै तिनीहरू यताउता भौँतारिऊन्;+तिनीहरू अघाउन नपाऊन् अनि तिनीहरूले बस्ने ठाउँ पनि नभेट्टाऊन्।
१६ तर म भने तपाईँको शक्तिको गुणगान गाउनेछु;+बिहानीपख म तपाईँको अटल प्रेमबारे आनन्दित भई बताउनेछु।किनकि तपाईँ मेरो शरणस्थान हुनुहुन्छ,+ जहाँ म ढुक्क हुन्छु;तपाईँ मेरो लुक्ने ठाउँ हुनुहुन्छ, जहाँ म विपत्तिको बेला दौडेर जान्छु।+
१७ हे मेरा परमेश्वर, तपाईँ मेरो शक्ति हुनुहुन्छ;म तपाईँको स्तुति गाउनेछु*+किनकि परमेश्वर मेरो शरणस्थान हुनुहुन्छ, जसले मलाई अटल प्रेम देखाउनुहुन्छ।+
फुटनोटहरू
^ वा “रक्तपिपासु।”
^ वा “भुक्छन्।”
^ वा “अग्लो किल्ला।”
^ वा “भुकून्।”
^ वा “म तपाईँको प्रशंसा गर्न धुन बजाउनेछु।”