भजनसङ्‌ग्रह ६५:१-१३

  • परमेश्‍वरले पृथ्वीको रेखदेख गर्नुहुन्छ

    • “प्रार्थना सुन्‍नुहुने परमेश्‍वर” ()

    • तपाईँले रोज्नुभएको मानिस आनन्दित हो ()

    • परमेश्‍वरले दिनुहुने उत्तम-उत्तम कुराहरू (११)

निर्देशकलाई। दाउदले रचेको भजन। एउटा गीत। ६५  हे परमेश्‍वर, सियोनमा प्रशंसाले तपाईँको बाटो हेरिरहेको छ।+तपाईँसित गरेको भाकल हामी पूरा गर्नेछौँ।+  २  हे प्रार्थना सुन्‍नुहुने परमेश्‍वर, हरकिसिमका मानिसहरू तपाईँकहाँ आउनेछन्‌।+  ३  मेरा दोषहरूले मलाई घेरेका छन्‌+तर तपाईँले हाम्रा अपराधहरू ढाकिदिनुहुन्छ।+  ४  आनन्दित हो त्यो मानिस, जसलाई तपाईँ रोज्नुहुन्छर तपाईँको चोकमा बास गराउन आफ्नो नजिक ल्याउनुहुन्छ।+तपाईँको भवनका, तपाईँको पवित्र मन्दिरका*+ असल-असल थोकहरूलेहामी तृप्त हुनेछौँ।+  ५  हे हाम्रो उद्धार गर्नुहुने परमेश्‍वर,आफ्नो धार्मिकताको खातिर तपाईँले आश्‍चर्यजनक कामद्वारा हामीलाई जवाफ दिनुहुनेछ;+पृथ्वीको कुनाकुनासम्मका सबै मानिसकोर समुद्रपारि टाढा-टाढा बस्ने सबैको भरोसा तपाईँ नै हुनुहुन्छ।+  ६  तपाईँले* आफ्नो शक्‍तिले पहाडहरूको जग बलियोगरि बसाल्नुभयो;तपाईँ* महाशक्‍तिले भरिपूर्ण हुनुहुन्छ।+  ७  समुद्रको गर्जनलाई तपाईँ* शान्त पार्नुहुन्छ,+त्यसको छाललाई तपाईँ मत्थर गर्नुहुन्छअनि जातिजातिको खैलाबैलालाई शान्त गरिदिनुहुन्छ।+  ८  तपाईँका आश्‍चर्यजनक र भययोग्य कामहरू देखेर टाढा-टाढा रहनेहरू चकित हुनेछन्‌;+पूर्वदेखि पश्‍चिमसम्म रहनेहरू* तपाईँकै कारण खुसीले कराउनेछन्‌।  ९  तपाईँ पृथ्वीको रेखदेख गर्नुहुन्छ,त्यसलाई प्रशस्त उब्जनी दिनुहुन्छ र भरिभराउ पार्नुहुन्छ।+तपाईँको नदीमा प्रशस्त पानी बग्छ;तपाईँ मानिसहरूलाई अन्‍न जुटाइदिनुहुन्छ+किनकि तपाईँले पृथ्वीलाई यसरी नै बनाउनुभएको छ। १०  त्यसका खेतहरूलाई तपाईँ आकाशको पानीले भिजाउनुहुन्छ र माटोलाई सम्म पार्नुहुन्छ;आकाशबाट झरी बर्साएर तपाईँले त्यसलाई खुकुलो पार्नुहुन्छ; त्यसले दिने उब्जनीमा आशिष्‌ दिनुहुन्छ।+ ११  तपाईँ पूरै वर्षलाई भलाइको मुकुट पहिऱ्‍याउनुहुन्छ;तपाईँका गोरेटाहरू उत्तम-उत्तम कुराले भरिएका हुन्छन्‌।+ १२  निर्जनभूमिका खर्कहरू लहलह भएका छन्‌+अनि पहाडहरूमा जताततै खुसीयाली छाएको छ।+ १३  खर्कहरू वस्तुभाउले भरिएका छन्‌अनि बेँसीहरू लहलह अन्‍नका बालीले ढाकिएका छन्‌।+तिनीहरू जयजयकार गर्छन्‌ र गीत गाउँछन्‌।+

फुटनोटहरू

वा “पवित्र स्थानका।”
शा., “उहाँले।”
शा., “उहाँ।”
शा., “उहाँ।”
वा “सूर्योदय हुने ठाउँदेखि सूर्यास्त हुने ठाउँसम्म रहनेहरू।”