भजनसङ्‌ग्रह ६८:१-३५

  • ‘परमेश्‍वरका शत्रुहरू तितरबितर होऊन्‌’

    • “अनाथहरूका बुबा” ()

    • परमेश्‍वर एक्लो मानिसलाई घर दिनुहुन्छ ()

    • स्त्रीहरूले सुसमाचार घोषणा गर्छन्‌ (११)

    • वरदानको रूपमा पुरुषहरू (१८)

    • ‘यहोवाले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ’ (१९)

निर्देशकलाई। दाउदले रचेको भजन। एउटा गीत। ६८  परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू तितरबितर होऊन्‌अनि उहाँलाई घृणा गर्नेहरू उहाँको सामुन्‍नेबाट भागून्‌।+  २  हावाले धुवाँलाई उडाएझैँ तिनीहरूलाई धपाउनुहोस्‌;आगोको अगाडि मैन पग्लेझैँदुष्टहरू परमेश्‍वरको सामुन्‍नेबाट नष्ट होऊन्‌।+  ३  तर धर्मीहरू रमाऊन्‌;+परमेश्‍वरसामु तिनीहरू अत्यन्तै खुसी होऊन्‌;तिनीहरू हर्षित हुँदै कराऊन्‌।  ४  परमेश्‍वरको निम्ति गाओ; उहाँको नामको स्तुति गाओ।*+मरुभूमि* हुँदै सवार हुनुहुनेको निम्ति गीत गाओ।उहाँको नाम याह* हो!+ उहाँसामु खुसीयाली मनाओ।  ५  परमेश्‍वर, जो पवित्र निवासस्थानमा हुनुहुन्छ,+उहाँ अनाथहरूका* बुबा र विधवाहरूका रक्षक* हुनुहुन्छ।+  ६  उहाँ एक्लो मानिसलाई बस्नको लागि घर दिनुहुन्छ;+उहाँ कैदीहरूलाई मुक्‍त गरेर तिनीहरूलाई समृद्ध बनाउनुहुन्छ।+तर हठी* मानिस भने पटपटी फुटेको सुक्खा जमिनमै रहनुपर्नेछ।+  ७  हे परमेश्‍वर, जब तपाईँले आफ्ना मानिसहरूलाई डोऱ्‍याउनुभयो,*+जब तपाईँ मरुभूमि हुँदै जानुभयो, (सेला)  ८  तब परमेश्‍वरसामु धर्ती हल्लियो;+आकाशबाट पानी बर्सियोअनि इस्राएलका परमेश्‍वरको सामुन्‍ने यो सिनै डाँडा काँप्यो।+  ९  हे परमेश्‍वर, तपाईँले प्रशस्त पानी बर्साउनुभयो;क्लान्त भएका तपाईँका मानिसहरूलाई* तपाईँले नयाँ जोसले भरिदिनुभयो। १०  तिनीहरू तपाईँका पालहरूमा बसोबास गरे;+हे परमेश्‍वर, तपाईँले आफ्नो भलाइको कारण गरिबहरूका निम्ति सबै जुटाइदिनुभयो। ११  यहोवाले आज्ञा दिनुहुन्छ;स्त्रीहरूको विशाल सेनाले उहाँको सुसमाचार घोषणा गर्छ।+ १२  सेनाहरूका राजाहरू भाग्छन्‌,+ हो, तिनीहरू कुलेलाम ठोक्छन्‌!अनि घरमा रहेका स्त्रीहरूले चाहिँ लुटको माल बाँड्‌छन्‌।+ १३  तिमीहरू आगोको धुनी* लगाएर सुत्नुपरे पनित्यहाँ तिमीहरूले चाँदीको पखेटा भएको ढुकुर पाउनेछौअनि त्यसका प्वाँखहरूचाहिँ निखुर* सुनका हुनेछन्‌। १४  जब सर्वशक्‍तिमान्‌ परमेश्‍वरले त्यहाँका राजाहरूलाई तितरबितर पारिदिनुभयो,+तब जाल्मोन डाँडामा हिउँ पऱ्‍यो।* १५  बासानको पहाड+ परमेश्‍वरको पहाड* हो;बासानको पहाड टाकुराहरू भएको पहाड हो। १६  ए टाकुराहरू भएका पहाड हो, तिमीहरू किन त्यस डाँडाको ईर्ष्या गर्छौ,जुन डाँडालाई परमेश्‍वरले आफ्नो निवासस्थानको रूपमा रोज्नुभएको छ?+साँच्चै, यहोवा त्यहाँ सदासर्वदा बास गर्नुहुन्छ।+ १७  परमेश्‍वरका युद्ध-रथहरू दसौँ हजार, हजारौँ-हजार छन्‌।+यहोवा सिनै डाँडाबाट पवित्र ठाउँमा आउनुभएको छ।+ १८  हे याह, हे परमेश्‍वर, तपाईँ माथि उक्लनुभयो,+तपाईँले कैदीहरूलाई आफूसित लैजानुभयो,तपाईँले वरदानको रूपमा पुरुषहरू लैजानुभयो,+हो, तपाईँले जिद्दी मानिसहरूलाई समेत+ आफूसँगै लैजानुभयो र तिनीहरूसँग बास गर्नुभयो। १९  यहोवाको प्रशंसा होस्‌, जसले दिनहुँ हाम्रो बोझ उठाउनुहुन्छ,+उहाँ हामीलाई उद्धार गर्नुहुने साँचो परमेश्‍वर हुनुहुन्छ। (सेला) २०  साँचो परमेश्‍वर हामीलाई छुटकारा दिनुहुने परमेश्‍वर हुनुहुन्छ;+ब्रह्‍माण्डका मालिक यहोवाले हामीलाई मृत्युबाट बचाउनुहुन्छ।+ २१  हो, परमेश्‍वरले आफ्ना शत्रुहरूको टाउकोअनि पाप गर्न नछोड्‌नेहरूको केशले भरिएको शिर कुच्याइदिनुहुनेछ।+ २२  यहोवाले यसो भन्‍नुभएको छ: “म तिनीहरूलाई बासानबाट फर्काएर ल्याउनेछु;+म तिनीहरूलाई समुद्रको गहिराइबाट फर्काएर ल्याउनेछु २३  ताकि तिमीहरूको खुट्टा रगतले लतपतियोस्‌+अनि तिमीहरूका कुकुरहरूका जिब्रोले शत्रुहरूको रगत चाटून्‌।” २४  हे परमेश्‍वर, तिनीहरूले तपाईँको विजययात्रा देख्छन्‌;मेरा परमेश्‍वर, मेरा राजा पवित्र ठाउँतर्फ अघि बढ्‌नुभएको देख्छन्‌।+ २५  गायकहरू अघिअघि हिँड्‌छन्‌, तिनीहरूको पछिपछि तारेबाजा बजाउँदै वाद्यवादकहरू आउँछन्‌+अनि बीचमा खैँजडी बजाउने युवतीहरू छन्‌।+ २६  समुदायमा परमेश्‍वरको प्रशंसा गर;हे इस्राएलको मूलबाट निस्केकाहरू हो, यहोवाको प्रशंसा गर।+ २७  त्यहाँ सबैभन्दा सानो बिन्यामिनको+ कुलले तिनीहरूलाई आफ्नो अधीनमा राखेको छ,साथै यहुदाको कुलका शासकहरूले र हल्लाखल्ला गर्ने उसको भीडलेअनि जबुलुनको कुलका र नप्तालिको कुलका शासकहरूले पनि तिनीहरूलाई अधीनमा राखेका छन्‌। २८  तिमी बलियो हुनेछौ भनेर परमेश्‍वरले तय गर्नुभएको छ।हे परमेश्‍वर, तपाईँ जसले हाम्रो खातिर कदम चाल्नुभएको छ, आफ्नो शक्‍ति प्रकट गर्नुहोस्‌।+ २९  यरुसलेममा भएको तपाईँको मन्दिरको कारण+राजाहरूले तपाईँको लागि उपहारहरू ल्याउनेछन्‌।+ ३०  नर्कटहरूबीच भएका जङ्‌गली जनावरहरूलाई हप्काउनुहोस्‌,गोरुहरू+ र बाछाहरूको बथानलाई हप्काउनुहोस्‌,जबसम्म जातिजातिले चाँदीका टुक्राहरू ल्याएर* तपाईँलाई दण्डवत्‌ गर्दैनन्‌।तर उहाँले युद्ध गर्न रमाउने जातिहरूलाई तितरबितर पारिदिनुहुन्छ। ३१  मिश्रबाट* काँसाका सामानहरू ल्याइनेछ*+अनि कुसले* परमेश्‍वरलाई उपहार चढाउन आतुरी गर्नेछ। ३२  हे पृथ्वीका राज्यहरू, परमेश्‍वरको निम्ति गाओ;यहोवाको स्तुति गाओ।*+ (सेला) ३३  उहाँको लागि, जो प्राचीन समयदेखि सर्वोच्च स्वर्गमा सवार हुनुहुन्छ।+सुन! उहाँको आवाज गर्जन्छ, उहाँको आवाज कत्ति शक्‍तिशाली छ। ३४  परमेश्‍वरको शक्‍तिलाई स्विकार।+इस्राएलमा उहाँको वैभव छाएको छअनि उहाँको शक्‍ति आकाशमा* छ। ३५  आफ्नो शानदार पवित्र स्थानमा* विराजमान परमेश्‍वर भय र श्रद्धाको योग्य हुनुहुन्छ।+उहाँ इस्राएलका परमेश्‍वर हुनुहुन्छ,जसले मानिसहरूलाई बल र शक्‍ति दिनुहुन्छ।+परमेश्‍वरको प्रशंसा होस्‌।

फुटनोटहरू

वा “धुन बजाओ।”
वा सम्भवतः “बादलहरूमाथि।”
“याह,” यहोवा नामको छोटो रूप हो।
वा “बुबा गुमाएका बच्चाहरूका।”
शा., “न्यायकर्ता।”
वा “विद्रोही।”
शा., “मानिसहरू अघिअघि जानुभयो।”
शा., “तपाईँको उत्तराधिकारलाई।”
वा सम्भवतः “भेडाहरूको गोठ।”
वा “पहेँलो-हरियो रङ्‌गको।”
वा “मानौँ, जाल्मोन डाँडामा हिउँ पऱ्‍यो।”
वा “विशाल पहाड।”
वा सम्भवतः “कुल्चिएर।”
वा “इजिप्टबाट।”
वा सम्भवतः “राजदूतहरू आउनेछन्‌।”
वा “इथियोपियाले।”
वा “धुन बजाओ।”
शा., “बादलमा।”
शब्दावली हेर्नुहोस्‌।