भजनसङ्ग्रह ७२:१-२०
सुलेमानबारे।
७२ हे परमेश्वर, राजालाई तपाईँको न्यायबारे बताउनुहोस्,राजाको छोरालाई तपाईँको धार्मिकताबारे सिकाउनुहोस्।+
२ तिनी धार्मिकतासाथ तपाईँका मानिसहरूको पक्षमा खडा होऊन्।अनि तपाईँका पीडित जनहरूलाई न्याय दिलाऊन्।+
३ पहाडहरूले मानिसहरूको लागि शान्ति ल्याऊन्अनि डाँडाहरूले धार्मिकता ल्याऊन्।
४ तिनले दीनदुःखीको रक्षा* गरून्,गरिबका सन्तानलाई बचाऊन्अनि धोकेबाजहरूलाई चकनाचुर पारून्।+
५ सूर्य रहुन्जेल र चन्द्रमा रहुन्जेलतिनीहरूले तपाईँको डर मान्नेछन्,पुस्तौँपुस्तासम्म तिनीहरूले तपाईँको डर मान्नेछन्।+
६ तिनी काटिएको घाँसमाथि बर्सने पानीजस्तैअनि पृथ्वीलाई भिजाउने झरीजस्तै हुनेछन्।+
७ तिनको शासनकालमा धर्मी मानिसहरूको फलिफाप हुनेछ,+जबसम्म चन्द्रमा रहन्छ, तबसम्म शान्ति छाउनेछ।+
८ तिनले एउटा समुद्रदेखि अर्को समुद्रसम्म,युफ्रेटिस नदीदेखि पृथ्वीको कुनाकुनासम्म शासन गर्नेछन्।+
९ निर्जल भूमिमा रहनेहरू तिनीसामु झुक्नेछन्अनि तिनका शत्रुहरूले धुलो चाट्नेछन्।+
१० तर्सिसका राजाहरूले र टापुका राजाहरूले सौगात ल्याउनेछन्+अनि सेबा र सिबाका राजाहरूले उपहारहरू ल्याउनेछन्।+
११ सबै राजाले तिनलाई दण्डवत् गर्नेछन्र सबै राष्ट्रले तिनको सेवा गर्नेछन्।
१२ मदतको लागि पुकार्ने गरिबहरूको तिनले उद्धार गर्नेछन्,दीनदुःखी र असहायहरूको पनि तिनले उद्धार गर्नेछन्।
१३ तिनी दीनदुःखी र गरिबहरूमाथि टिठाउनेछन्अनि तिनले गरिबहरूको ज्यान जोगाउनेछन्।
१४ तिनले अत्याचार र हिंसाबाट तिनीहरूलाई बचाउनेछन्,तिनको दृष्टिमा तिनीहरूको रगत अनमोल हुनेछ।
१५ तिनी दीर्घायु होऊन् र तिनलाई सेबाको सुन+ दिइयोस्,तिनको लागि निरन्तर प्रार्थना गरियोस्अनि सारा दिन तिनलाई आशिष् दिइयोस्।
१६ पृथ्वीमा प्रशस्त अनाज उब्जिनेछ;+पहाडका टाकुराहरूमा समेत अन्नको कुनै कमी हुनेछैन।तिनको फसल लेबनानका रूखहरूजस्तै हराभरा हुनेछ+अनि सहरमा चाहिँ मानिसहरू पृथ्वीका घाँसजस्तै सप्रनेछन्।+
१७ तिनको नाम सदासर्वदा रहिरहोस्,+सूर्य रहुन्जेल तिनको कीर्ति रहिरहोस्।मानिसहरूले तिनीमार्फत आशिष् पाऊन्;+सबै राष्ट्रले तिनलाई धन्यको भनून्।
१८ इस्राएलका परमेश्वर यहोवाको प्रशंसा होस्,+उहाँले जस्तो अचम्मका कामहरू गर्ने अरू कोही छैन।+
१९ उहाँको महिमित नामको सदासर्वदा प्रशंसा होस्+अनि उहाँको महिमाले सारा पृथ्वी भरियोस्।+आमिन, आमिन।
२० यिसैका छोरा दाउदका प्रार्थनाहरू यहीँ समाप्त हुन्छ।+
फुटनोटहरू
^ शा., “न्याय।”