मर्कुसका अनुसार १६:१-८
-
येसुलाई फेरि जीवित पारिन्छ (१-८)
१६ तब विश्रामदिन* सकिएपछि+ मरियम मग्दलिनी, याकुबकी आमा मरियम+ र सलोमीले उहाँको शवमा दल्न सुगन्धित मसलाहरू किने।+
२ अनि हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्केपछि तिनीहरू उहाँको चिहानमा पुगे।+
३ तिनीहरू आपसमा यस्तो कुरा गर्दै थिए: “हाम्रो निम्ति कसले चिहानको मुखको ढुङ्गा गुडाइदिने होला?”
४ तर तिनीहरूले चिहानको मुखतिर हेर्दा त्यो बडेमानको ढुङ्गालाई कसैले गुडाइसकेको देखे।+
५ अनि जब तिनीहरू चिहानभित्र छिरे, तब तिनीहरूले सेतो लुगा लगाएको एक जना जवान मानिसलाई दाहिनेतिर बसिरहेको देखे र तिनीहरू छक्क परे।
६ तब उनले तिनीहरूलाई यसो भने: “तिमीहरू छक्क नपर।+ तिमीहरू खम्बामा टाँगिनुभएका नासरी येसुलाई खोज्दै छौ भनी मलाई थाह छ। तर उहाँ यहाँ हुनुहुन्न, उहाँ ब्युँतिसक्नुभयो।+ उहाँलाई राखिएको ठाउँ हेर त!+
७ अब जाओ, उहाँका चेलाहरूलाई अनि पत्रुसलाई यो कुरा भनिदेओ: ‘उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र उहाँले भन्नुभएझैँ तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’”+
८ चिहानबाट निस्केपछि तिनीहरू त्यहाँबाट भागे। तिनीहरू निकै आश्चर्यचकित हुनुका साथै डरले थरथर काँपिरहेका थिए। त्यसैले तिनीहरूले कसैलाई केही बताएनन्।* +
फुटनोटहरू
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ सुरुसुरुका भरपर्दा पाण्डुलिपिहरूअनुसार मर्कुसको सुसमाचार पद ८ मा नै टुङ्गिन्छ। अतिरिक्त लेख क३ हेर्नुहोस्।