यसैया १:१-३१
१ यहुदाका राजाहरू+ उज्जियाह,+ योताम,+ आहाज+ र हिजकियाहको+ शासनकालमा यहुदा र यरुसलेमबारे आमोजका छोरा यसैयाले*+ देखेको दर्शन:*
२ हे आकाश, सुन! हे पृथ्वी, ध्यान देऊ!+यहोवाले यसो भन्नुभएको छ:
“मैले आफ्ना छोराहरूलाई पालनपोषण गरेर हुर्काएँ+तर तिनीहरूले मेरो विद्रोह गरेका छन्।+
३ गोरुले आफ्नो मालिकलाईअनि गधाले मालिकले दिएको डुँडलाई राम्ररी चिन्छ।तर इस्राएलले भने मलाई* चिन्दैन।+मेरा आफ्नै मानिसहरू समझ चलाउँदैनन्।”
४ धिक्कार छ! ए पापी राष्ट्र!+ए कुकर्मले भरिएका मानिसहरू!ए दुष्टहरूको समूह! भ्रष्ट केटाकेटी!
तिमीहरूले यहोवालाई त्यागेका छौ;+इस्राएलका पवित्र परमेश्वरको अनादर गरेका छौअनि उहाँलाई आफ्नो पिठिउँ फर्काएका छौ।
५ तिमीहरू मेरो विद्रोह गर्न छोड्दैनौ; अब म तिमीहरूलाई कहाँ प्रहार गरूँ?+
तिमीहरूको टाउको घावैघाउले भरिएको छ;तिमीहरूको हृदय रोगले ग्रस्त छ।+
६ तिमीहरूको टाउकोदेखि पैतालासम्म घाउ नभएको ठाउँ नै छैन।
तिमीहरूको जीउभरि चोटैचोट, नीलडाम अनि खटिरैखटिरा छ।त्यसको उपचार गरिएको छैन, त्यसमा पट्टी बाँधिएको छैन न त तेल नै घसिएको छ।+
७ तिमीहरूको देश उजाड भएको छ।
तिमीहरूका सहरहरू जलेका छन्।
विदेशीहरूले तिमीहरूकै आँखाअगाडि तिमीहरूको देश नाश गर्दै छन्।+
तिमीहरूको देश विदेशीहरूले ध्वस्त पारिदिएको उजाड भूमिजस्तै भएको छ।+
८ अङ्गुर बगानको झुप्रोजस्तै,काँक्राबारीको छाप्रोजस्तैअनि घेराबन्दीमा परेको सहरजस्तै+ सियोनकी छोरी* त्यागिएकी छे।
९ सेनाहरूका यहोवाले हामीमध्ये केहीलाई जीवित नराख्नुभएको भएहामी सदोमजस्तै हुने थियौँअनि हाम्रो हालत गमोराको जस्तै हुने थियो।+
१० ए सदोमका तानासाहहरू* हो!+ यहोवाको वचन सुन।
ए गमोराका मानिसहरू हो! हाम्रा परमेश्वरको व्यवस्थामा* ध्यान देओ।+
११ यहोवा यसो भन्नुहुन्छ, “तिमीहरूले चढाएका तीनथुप्रो बलिदान मलाई के काम?+
तिमीहरूले अग्निभेटीको* रूपमा चढाएका थुमाहरू+ र मोटाघाटा जनावरहरूको बोसोदेखि+ मलाई वाक्कै लागिसक्यो।तिमीहरूले चढाएका बहरहरू,+ पाठाहरू र बोकाहरूको+ रगत मलाई फिटिक्कै मन पर्दैन।+
१२ मसामु उपस्थित होओ+र मेरा चोकहरूमा+ पाइला टेक भनेरतिमीहरूलाई कसले भन्यो?
१३ व्यर्थका अन्नभेटी ल्याउन बन्द गर।
तिमीहरूले चढाएको धूपदेखि मलाई घिन लाग्छ।+
तिमीहरू औँसी+ अनि विश्रामदिन*+ मनाउँछौ र पवित्र सभाहरू राख्छौ।+तिमीहरू चाडपर्वको लागि भेला हुन्छौ तर टुनामुना पनि गर्छौ;+ म यो सहन सक्दिनँ।
१४ म तिमीहरूले मनाउने औँसी र चाडपर्वलाई घृणा गर्छु।
ती मेरो लागि बोझ भएका छन्।ती बोक्दा-बोक्दा म गलिसकेँ।
१५ तिमीहरूले मेरो अगाडि हात फैलाउँदाम आँखा चिम्लन्छु।+
तिमीहरूले जति नै पुकारे+ तापनि
म फिटिक्कै सुन्दिनँ+किनकि तिमीहरूका हात रगतले लतपतिएका छन्।+
१६ आफैलाई धोएर चोखो पार।+तिमीहरूको कुकर्म मेरो नजरदेखि हटाओ।दुष्ट काम गर्न बन्द गरिहाल।+
१७ असल काम गर्न सिक, न्याय गर।+अत्याचारीहरूलाई सुधार।अनाथहरूको* अधिकारको निम्ति लडर विधवाको हकमा फैसला गरिदेओ।”+
१८ यहोवा यसो भन्नुहुन्छ: “आओ, हामी बसेर कुरा गरौँ।*+
तिमीहरूका पापहरू सिन्दूरे रङ्गका भए पनिती हिउँजस्तै सेता हुनेछन्।+तिमीहरूका पापहरू गाढा राता रङ्गका कपडाजस्तै भए पनिती ऊनजस्तै सेता हुनेछन्।
१९ मेरो कुरा सुन्न राजी भयौ भनेतिमीहरूले यस देशका असल-असल थोक खान पाउनेछौ।+
२० तर मेरो कुरा सुनेनौ र विद्रोही भयौ भनेतिमीहरू तरबारको सिकार हुनेछौ।+किनकि म यहोवाले नै यो कुरा भनेको हुँ।”
२१ हेर! त्यो वफादार सहर+ वेश्या+ भएकी छे।
त्यस सहरमा न्याय पाइन्थ्यो।+त्यहाँ धार्मिकताले* बास गर्थ्यो+तर अहिले त्यहाँ केवल हत्याराहरू+ छन्।
२२ तिम्रो चाँदी कसरजस्तै+ कामै नलाग्ने भएको छर तिम्रो रक्सीमा* पानी मिसाइएको छ।
२३ तिम्रा शासकहरू हठी छन् र चोरहरूसँग मिलेका छन्।+
तिनीहरू सबै जना घुस खान मन पराउँछन् र उपहार लिन तँछाडमछाड गर्छन्।+
तिनीहरू अनाथहरूको* न्याय गर्दैनन्र विधवाहरूको मुद्दा तिनीहरूकहाँ कहिल्यै पुग्दैन।+
२४ त्यसैले साँचो परमेश्वर, सेनाहरूका यहोवा,इस्राएलका शक्तिशाली परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ:
“म आफ्ना विरोधीहरूलाई नाश गर्नेछु,आफ्ना शत्रुहरूसित बदला लिनेछु।+
२५ म तिमीविरुद्ध आफ्नो हात उठाउनेछु,चाँदीलाई पगालेर त्यसको कसर फालेजस्तैम तिम्रा अशुद्ध कुराहरू पूरै हटाइदिनेछु।+
२६ म पहिलेझैँ तिमीमाथि न्यायकर्ताहरूर सल्लाहकारहरू नियुक्त गर्नेछु।+
त्यसपछि तिमी ‘धार्मिकताको सहर,’ ‘विश्वासयोग्य सहर’+ भनेर चिनिनेछौ।
२७ सियोनलाई न्यायको आधारमाअनि फर्केर आउने त्यसका बासिन्दाहरूलाई चाहिँ धार्मिकताको आधारमा मुक्त गरिनेछ।+
२८ विद्रोहीहरू र पापीहरूलाई सँगसँगै नाश गरिनेछ।+यहोवालाई त्याग्नेहरूको सर्वनाश हुनेछ।+
२९ जुन बडेमाका रूखहरूको तिमी चाह गर्थ्यौ, त्यही रूखहरूले गर्दा तिमी लाजमा पर्नेछौ।+जुन बगैँचाहरू तिमीले छानेका थियौ, त्यही बगैँचाहरूले* गर्दा तिम्रो बेइज्जत हुनेछ।+
३० पातहरू सबै सुकेका ठूलो रूखजस्तै तिमी हुनेछौ,+पानी नभएको बगैँचाजस्तै हुनेछौ।
३१ बलियो मानिस सलेदोजस्तै हुनेछर उसको काम आगोको झिल्कोजस्तै हुनेछ।ती दुवै एकसाथ जल्नेछन्।तिनीहरूलाई निभाउने कोही हुनेछैन।”
फुटनोटहरू
^ यसको अर्थ हो, “यहोवाले दिनुहुने उद्धार।”
^ वा “आफ्नो मालिकलाई।”
^ “सियोनकी छोरी” कवितात्मक अभिव्यक्ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
^ वा “शासकहरू।”
^ वा “निर्देशनमा।”
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ वा “बुबा गुमाएका बच्चाहरूको।”
^ वा “मामिला सुल्झाऔँ।”
^ वा “गहुँबाट बनेको बियरमा।”
^ वा “बुबा गुमाएका बच्चाहरूको।”
^ यहाँ बताइएका रूख र बगैँचाहरू मूर्तिपूजासित सम्बन्धित हुन सक्छ।