यसैया १०:१-३४
१० धिक्कार छ तिनीहरूलाई, जो अरूको हानि हुने नियमहरू बनाउँछन्;+जो सधैँ मानिसहरूलाई दमन गर्न उर्दी जारी गर्छन्।
२ तिनीहरूले गर्दा गरिबहरूको मुद्दाको सुनुवाइ हुँदैन;थिचोमिचोमा परेका मेरा मानिसहरूले न्याय पाउँदैनन्।+तिनीहरू विधवाहरूलाई लुट्छन्र अनाथहरूलाई* लुटको माल सम्झन्छन्।+
३ तिमीहरूको लेखा लिने* दिन आउँदा तिमीहरू के गर्छौ?+जब टाढाबाट तिमीहरूको विनाश आउँछ,+
तब तिमीहरू कसलाई गुहार्छौ?+आफ्नो सरसम्पत्ति कहाँ छोड्छौ?
४ कैदीहरूसँगसँगै कोचिएर बस्नुवा मारिएकाहरूसित लम्पसार पर्नुबाहेक
तिमीहरूसामु अरू विकल्प रहनेछैन।तैपनि उहाँको* रिस अझै मरेको छैन।तिमीहरूलाई हिर्काउन उहाँको हात अझै पनि उठिरहेको छ।+
५ “अस्सेरियालाई हेर!+ऊ मेरो क्रोधको लौरो हो।+उसको हातमा भएको लाठी चलाएर म सजाय दिनेछु।
६ म उसलाई धर्मत्यागी* राष्ट्रविरुद्ध पठाउनेछु;+मलाई रिस उठाउने मानिसहरूविरुद्ध पठाउनेछु।तिनीहरूको सबथोक लुटेर लैजानर तिनीहरूलाई बाटोको हिलोसरि कुल्चन उसलाई आदेश दिनेछु।+
७ तर उसको चाहना भने अर्कै हुनेछ।उसको मनले अर्कै योजना बनाउनेछकिनकि ऊ सबैको नामोनिसान मेटाउन चाहन्छ।थोरैलाई नभई धेरै राष्ट्रलाई नाश गर्ने उसको इच्छा छ।
८ किनकि ऊ यसो भन्छ,‘मेरा सबै भारदार राजा नै थिएनन् र?+
९ के काल्नो+ कार्कमिसजस्तै+ छैन?
के हमाथ+ अर्पादजस्तै+ होइन?
अनि के सामरिया+ दमिसकजस्तै+ छैन?
१० मैले आफ्नो हातले व्यर्थका देवताहरूका राज्यहरू खोसेको छु,जहाँ यरुसलेम र सामरियामा+ भन्दा धेरै मूर्ति थिए।
११ मैले सामरिया र त्यसका व्यर्थका देवताहरूलाई जे गरेँ,यरुसलेम र त्यसका मूर्तिहरूलाई पनि त्यसै गर्न सक्दिनँ र?’+
१२ “यहोवाले सियोन डाँडा र यरुसलेममा आफ्ना सबै काम फत्ते गरिसक्नुभएपछि अस्सेरियाका राजालाई उसको अभिमानी हृदय र अहङ्कारी आँखाको निम्ति दण्ड दिनुहुनेछ।+
१३ किनकि ऊ यसो भन्छ,‘म आफ्नै हातको बललेर आफ्नै बुद्धिले यी सब गर्नेछु किनकि म बुद्धिमान् छु।
म जातिजातिको सिमाना भत्काइदिनेछु,+तिनीहरूको सरसम्पत्ति लुट्नेछु+र वीर योद्धाले झैँ तिनीहरूमाथि कब्जा जमाउनेछु।+
१४ जसरी कुनै मानिसले अण्डा झिक्न गुँडतिर हात लम्काउँछ,त्यसरी नै म आफ्नो हातले जातिजातिका मानिसहरूको धनसम्पत्ति लुट्नेछु।गुँडमा छोडिएका बेवारिसे अण्डा बटुल्ने मानिसले झैँम पृथ्वीका पूरै मानिसलाई बटुल्नेछु!
कसैले आफ्नो पखेटा फटफटाउनेछैन, चुच्चो उगार्नेछैन, चिरबिर गर्ने हिम्मत गर्नेछैन।’”
१५ के बन्चरोले बन्चरो चलाउने मान्छेसित कहिल्यै फुर्ती लगाउँछ?
के करौँतीले करौँती चलाउने मान्छेसित घमन्ड गर्छ?
लौरो समात्ने मान्छेलाई लौरो+ आफैले उचालेर यताउति हल्लाउन सक्छ?
छडी बोक्ने मान्छेलाई छडी आफैले उचाल्न सक्छ?
१६ त्यसैले साँचो परमेश्वर, सेनाहरूका यहोवालेउसका मोटाघाटा मानिसहरूलाई ख्याउटे पारिदिनुहुनेछ+र उसको वैभवलाई आगोले सखाप बनाइदिनुहुनेछ।+
१७ ‘इस्राएलका ज्योति’+ आगो बन्नुहुनेछ,+इस्राएलका पवित्र परमेश्वर आगोको ज्वाला बन्नुहुनेछर एकै दिनमा उसका* झार र काँडेदार झाडीहरू जलेर नष्ट हुनेछन्।
१८ परमेश्वरले उसका जङ्गल र फलफूल बगानहरूको गौरव माटोमा मिलाइदिनुहुनेछ,त्यसको हालत सुक्दै गएको बिरामीको शरीरजस्तै हुनेछ।+
१९ उसको जङ्गलमा यत्ति थोरै रूख बाँकी रहनेछन्कि एउटा सानो केटोले पनि त्यो गन्न सक्नेछ।
२० त्यस उपरान्त इस्राएलका बाँकी रहेकाहरूर याकुबको घरानाका बचेका मानिसहरूतिनीहरूमाथि भर पर्नेछैनन्, जसले उनीहरूलाई प्रहार गरे।+बरु तिनीहरू इस्राएलका पवित्र परमेश्वर यहोवामाथि भर पर्नेछन्र उहाँप्रति वफादार हुनेछन्।
२१ बाँकी रहेका थोरै मानिस मात्र,याकुबका बाँकी रहेकाहरू मात्र पराक्रमी परमेश्वरकहाँ फर्कनेछन्।+
२२ किनकि ए इस्राएल!तिम्रा मानिसहरू समुद्रका बालुवाजत्तिकै भए पनितिनीहरूमध्ये एकदमै थोरै मात्र फर्कनेछन्।+तिम्रा मानिसहरूको कुनै नामोनिसान बाँकी नराख्ने निश्चित भइसकेको छ,+सजायको बाढीले तिनीहरूलाई छोप्नेछ।+
२३ हो, ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवालेजुन सर्वनाश ल्याउने निधो गर्नुभएको छ, त्यो सारा देशमाथि आइपर्नेछ।+
२४ त्यसैले ब्रह्माण्डका मालिक, सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “ए सियोनमा बस्ने मेरा मानिसहरू हो, मिश्रले* झैँ+ तिमीहरूलाई लौरोले+ प्रहार गर्ने र तिमीहरूमाथि लाठी उठाउने अस्सेरियासँग नडराओ।
२५ किनकि अबको थोरै बेरमा तिमीहरूले भोगिरहेको सजाय पूरा हुनेछ। त्यसपछि म अस्सेरियामाथि आफ्नो रिस खन्याउनेछु र त्यसको विनाश गर्नेछु।+
२६ ओरेब चट्टानमा+ मिद्यानलाई पराजित गरेको बेलामा जस्तै सेनाहरूका यहोवाले त्यसलाई कोर्रा लगाउनुहुनेछ।+ अनि उहाँले आफ्नो लौरो समुद्रतिर पसार्नुहुनेछ, जसरी उहाँले मिश्रविरुद्ध आफ्नो लौरो उठाउनुभएको थियो।+
२७ त्यो दिन त्यसको भारी तिम्रो काँधबाट+र त्यसको जुवा तिम्रो गर्दनबाट हटाइनेछ।+अनि तेलले* गर्दा त्यो जुवा भाँचिनेछ।”+
२८ अस्सेरियालीहरू ऐयाथमा+ आएका छन्।तिनीहरू मिग्रोन भएर आएका छन्।मिक्मासमा+ तिनीहरूले आफ्नो सरसामान छोडेका छन्।
२९ तिनीहरूले जँघार* तरेका छन्र गेबामा+ रात काटेका छन्।रामा थरथर काँपिरहेको छ, साउलको सहर गिबाह+ भागेर गएको छ।+
३० ए गाल्लिमकी छोरी, चिच्याऊ! डाँको छोडेर रोऊ!
ए लाइसाह, ध्यान देऊ!
ए अनातोत,+ धुरुधुरु रोऊ!
३१ मदमेनाह भागेको छ।
गेबिमका बासिन्दाहरूले लुक्ने ठाउँ खोजेका छन्।
३२ आजकै दिन त्यो नोबमा+ रोकिनेछ।
त्यसले सियोनकी छोरीको* डाँडालाई,यरुसलेमको डाँडालाई मुड्की ताकेर धम्काउनेछ।
३३ हेर! साँचो परमेश्वर, सेनाहरूका यहोवालेडरलाग्दो आवाज निस्कनेगरि रूखका हाँगाबिँगा काट्नुहुनेछ।+अग्ला-अग्ला रूखहरू काटिनेछन्र उच्च पारिएकाहरू होच्याइनेछन्।
३४ उहाँले जङ्गलको बाक्लो झाडीलाई बन्चरोले काट्नुहुनेछ।एक जना पराक्रमी व्यक्तिले लबानोनलाई ढाल्नेछ।
फुटनोटहरू
^ वा “बुबा गुमाएका बच्चाहरूलाई।”
^ वा “सजायको।”
^ अर्थात्, परमेश्वरको।
^ शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्।
^ अर्थात्, अस्सेरियाका।
^ वा “इजिप्टले।”
^ यसले इस्राएलका राजाहरूलाई अभिषेक गर्ने तेल अथवा गिदोनका ३०० मानिसले राँको बाल्न चलाएको तेललाई जनाएको हुन सक्छ।
^ पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।
^ “सियोनकी छोरी” कवितात्मक अभिव्यक्ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।