यसैया १९:१-२५
१९ मिश्रविरुद्ध घोषणा:+
हेर! यहोवा वेगले बहिरहेको बादलमा सवार भएर मिश्र आउँदै हुनुहुन्छ।
मिश्रका बेकामका देवताहरू उहाँलाई देखेर थरथर काँप्नेछन्+अनि मिश्रको मुटु डरले पग्लनेछ।
२ “म मिश्रीहरूलाई एकअर्काविरुद्ध सुऱ्याउनेछुअनि मिश्रीहरू मिश्रीहरूमाथि नै जाइलाग्नेछन्;तिनीहरू आफ्नै दाजुभाइ र आफ्नै छिमेकीविरुद्ध उठ्नेछन्।एउटा सहर अर्को सहरसित अनि एउटा राज्य अर्को राज्यसित लड्नेछ।
३ अनि मिश्रका मानिसहरूको मन ठेगानमा हुनेछैन।तिनीहरूको योजना म विफल पारिदिनेछु।+
तिनीहरूले आफ्ना बेकामका देवताहरूलाई पुकार्नेछन्।तन्त्रमन्त्र गर्नेहरू, भूतप्रेत खेलाउनेहरू र भावी बताउनेहरूकहाँ तिनीहरू जानेछन्।+
४ म मिश्रलाई क्रूर मालिकको हातमा सुम्पिनेछु,एक जना निरङ्कुश राजाले तिनीहरूमाथि शासन गर्नेछ,”+ साँचो परमेश्वर, सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ।
५ समुद्रको पानी सुक्नेछ,नदीहरू पनि सुक्खा हुनेछन्।+
६ नदीहरू गन्हाउनेछन्।मिश्रको नाइल नदीका नहरहरूमा पानी घट्दै जानेछ र ती सुक्नेछन्।नर्कट र कुशका बोटहरू कुहिनेछन्।+
७ नाइल नदीको मुहान अनि नदी छेउछाउका बोटहरू+र नदीको किनारमा खेतीपाती गरिएको जमिन सबै सुक्खा हुनेछ।+अनि सुकेका ती बालीलाई हावाले उडाएर लग्नेछ; त्यहाँ एक गेडो अन्न पनि बाँकी रहनेछैन।
८ माझीहरूले शोक गर्नेछन्,नाइल नदीमा बल्छी थाप्नेहरूले अलाप-विलाप गर्नेछन्।पानीमा जाल फ्याँक्ने जलारीहरूको सङ्ख्या घट्नेछ।
९ आलसको+ धागोको काम गर्नेहरूअनि तानमा सेतो कपडा बुन्नेहरू सबै लाजमा पारिनेछन्।
१० मिश्रका कपडा बुन्नेहरू दुःखी हुनेछन्र ज्यामीहरूले शोक गर्नेछन्।
११ जोअनका+ राजकुमारहरू मूर्ख छन्।फारोका* सबैभन्दा बुद्धिमान् सल्लाहकारहरूले समेत बेतुकको सल्लाह दिन्छन्।+तिमीहरूले फारोलाई कसरी यसो भन्न सक्यौ:“म बुद्धिजीवीहरूको सन्तान हुँ,म परापूर्वकालका राजाहरूको वंशबाट आएको हुँ”?
१२ तिम्रा बुद्धिमान् मानिसहरू कता छन्?+सेनाहरूका यहोवाले मिश्रमा के गर्न लाग्नुभएको छ, सक्छन् भने तिनीहरूले तिमीलाई बताऊन्।
१३ जोअनका शासकहरूले मूर्ख काम गरेका छन्।नोफका*+ शासकहरूले धोका पाएका छन्।मिश्रका कुलहरूका नाइकेहरूले मिश्रलाई बहकाएका छन्।
१४ यहोवाले मिश्रमा गोलमाल मच्चाइदिनुभएको छ।+मिश्रले गर्ने हरेक काममा त्यसका अगुवाहरूले त्यसलाई अलमल्याइदिएका छन्।मिश्र रक्सीले मातेर आफ्नै बान्तामा लरखराइरहेको मान्छेझैँ भएको छ।
१५ अनि आफ्नो शिर र पुच्छर वा टुसा र कुशको लागि*मिश्रले केही पनि गर्न सक्नेछैन।
१६ त्यस दिन मिश्र डरपोक आइमाईहरूजस्तै हुनेछ, त्यो डरले थरथर काँप्नेछ र त्रसित हुनेछ किनकि सेनाहरूका यहोवाले मिश्रविरुद्ध आफ्नो हात उठाउनुहुनेछ।+
१७ अनि यहुदाको भूमि मिश्रको लागि डर र त्रासको कारण बन्नेछ। सेनाहरूका यहोवाले तिनीहरूविरुद्ध सुनाउनुभएको फैसलाले गर्दा यहुदाको नाम सुन्दा मात्रै पनि तिनीहरू डरले खङ्ग्रङ्ङ हुनेछन्।+
१८ त्यस दिन मिश्रका पाँच वटा सहरले कनानको भाषा बोल्नेछन्+ र सेनाहरूका यहोवाप्रति वफादार हुन्छौँ भनेर शपथ खानेछन्। तीमध्ये एउटा सहरको नाम ‘भत्काउने सहर’ हुनेछ।
१९ त्यस दिन मिश्रको बीचमा यहोवाको लागि एउटा वेदी बनाइनेछ र मिश्रको सिमानामा यहोवाको लागि एउटा खम्बा ठड्याइनेछ।
२० सेनाहरूका यहोवाको लागि ती मिश्रमा चिन्ह र साक्षी हुनेछन् किनकि अत्याचारीहरूले गर्दा तिनीहरूले यहोवालाई ठूलो स्वरले पुकार्नेछन्। अनि उहाँले तिनीहरूलाई मुक्त गर्न एक जना महान् उद्धारक पठाउनुहुनेछ र तिनले तिनीहरूको उद्धार गर्नेछन्।
२१ त्यस दिन मिश्रीहरूसामु यहोवाले आफूलाई प्रकट गर्नुहुनेछ र मिश्रीहरूले यहोवालाई चिन्नेछन्। तिनीहरूले यहोवाको नाममा बलि चढाउनेछन्, सौगात ल्याउनेछन्, उहाँसित भाकल गर्नेछन् र त्यो भाकल पूरा गर्नेछन्।
२२ यहोवाले मिश्रलाई हिर्काउनुहुनेछ+ र फेरि त्यसलाई निको पनि पार्नुहुनेछ। तिनीहरू यहोवाकहाँ फर्कनेछन् र तिनीहरूको बिन्ती सुनेर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ।
२३ त्यस दिन मिश्रबाट अस्सेरिया जाने एउटा मूलबाटो+ हुनेछ। अनि अस्सेरियालीहरू मिश्र आउनेछन् र मिश्रीहरू अस्सेरिया जानेछन्। तब मिश्र र अस्सेरिया मिलेर परमेश्वरको सेवा गर्नेछन्।
२४ त्यस दिन इस्राएल पनि मिश्र र अस्सेरियासित मिल्नेछ+ अनि सारा पृथ्वीको लागि आशिष् साबित हुनेछ।
२५ किनकि सेनाहरूका यहोवाले तिनीहरूलाई यसो भन्दै आशिष् दिनुहुनेछ: “हे मिश्र, मेरा मानिसहरू! हे अस्सेरिया, मेरो हातको काम! अनि हे इस्राएल, मेरो उत्तराधिकार! तिमीहरू धन्यका होओ!”+
फुटनोटहरू
^ मिश्रका राजाहरूको एउटा उपाधि।
^ वा “मेम्फिसका।”
^ वा सम्भवतः “वा खजुरका हाँगा र नर्कटको लागि।”