यसैया २१:१-१७
२१ समुद्रछेउको निर्जनभूमिविरुद्ध* घोषणा:+निर्जनभूमिबाट, त्यो डरलाग्दो भूमिबाट,दक्षिणको आँधीबेहरीझैँ त्यो आइरहेको छ।+
२ मैले असाध्यै डरलाग्दो दर्शन* देखेँ:छल गर्नेले छल गर्दै छ,नाश गर्नेले नाश गर्दै छ।हे एलाम, अघि बढ! हे मादी,+ घेरा हाल!त्यसले मानिसहरूलाई दिएको सबै दुःखको सुस्केरा म अन्त गरिदिनेछु।+
३ यो दर्शन देखेपछि मलाई असह्य वेदनाले+ छोपेको छ।सुत्केरी बेथा लागेकी स्त्रीझैँम छटपटाइरहेको छु।मलाई परेको चोट र पीडाले गर्दाम केही पनि सुन्न र देख्न नसक्ने भएको छु।
४ मेरो मुटुले ठाउँ छोड्छ, म डरले थरथराउँछु।जुन साँझको म प्रतीक्षा गर्थेँ, त्यसलाई सम्झिँदा पनि अहिले मलाई डरले छोप्छ।
५ टेबुल तयार पार, कुर्सी मिलाऊ!खाऊ! पिऊ!+ए शासकहरू हो, उठ! ढाललाई अभिषेक गर!*
६ किनकि यहोवाले मलाई यसो भन्नुभयो:“जाऊ, एउटा पहरेदारलाई खटाऊ र उसले जे देख्छ, त्यो बताउन लगाऊ।”
७ अनि उसले घोडाहरूले दौडाइरहेको युद्धको रथ,गधाहरूले दौडाइरहेको युद्धको रथर उँटहरूले दौडाइरहेको युद्धको रथ देख्यो।उसले खुब ध्यान दिएर हेऱ्यो।
८ त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:“हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,हरेक रात चौकीमा म पहरा दिँदै छु।+
९ हेर्नुहोस् त, के आइरहेको छ?घोडाहरूले दौडाइरहेको रथमा सेना आइरहेको छ!”+त्यसपछि उसले भन्यो:“पतन भएको छ! बेबिलोन पतन भएको छ!+त्यसका देवीदेवताका मूर्तिहरू टुक्राटुक्रा हुनेगरि उहाँले भुईँमा बजारिदिनुभएको छ।”+
१० अन्न चुटेझैँ चुटिएका हे मेरा मानिसहरू हो,हे खलाका मेरा अन्नहरू हो,+इस्राएलका परमेश्वर, सेनाहरूका यहोवाबाट मैले जे-जे सुनेँ,त्यो तिमीहरूलाई बताइदिएको छु।
११ दुमाविरुद्ध* घोषणा:सेइरबाट कोही यसो भन्दै कराइरहेको छ:+“ए पहरेदार, रात अझै कति बाँकी छ?ए पहरेदार, रात अझै कति बाँकी छ?”
१२ त्यस पहरेदारले यसो भन्यो:“बिहान हुनै लागेको छ अनि फेरि रात परिहाल्नेछ।तिमी केही सोध्न चाहन्छौ भने सोध,फेरि आऊ!”
१३ मरुभूमिविरुद्ध घोषणा:ए ददानका यात्रीहरू हो,+तिमीहरूले मरुभूमिको झाडीमा* रात काट्नेछौ।
१४ ए तेमाका बासिन्दाहरू हो,+तिर्खाएकाहरूको लागि पानी लिएर आऊर भागेकाहरूको लागि खानेकुरा लिएर आऊ।
१५ किनकि काट्नलाई थुतिएको तरबारदेखि,काँड हान्न तन्काइएको धनुदेखि र भयानक युद्धदेखि तिनीहरू भागेर आएका छन्।
१६ यहोवाले मलाई यसो भन्नुभयो: “ज्यालादारी मजदुरको एक वर्षभित्रै* केदारको+ सारा गौरव माटोमा मिल्नेछ।
१७ केदारको सेनामा थोरै धनुर्धारी मात्र बाँकी हुनेछन् किनकि इस्राएलका परमेश्वर यहोवाले नै यो कुरा भन्नुभएको हो।”
फुटनोटहरू
^ यसले प्राचीन बेबिलोनी साम्राज्यको इलाकालाई जनाएको हुन सक्छ।
^ वा “ढालमा तेल खन्याऊ।”
^ यसको अर्थ हो, “सुनसान।”
^ शा., “जङ्गलमा।”
^ शा., “ज्यालादारी मजदुरको जस्तो एक वर्षभित्रै।” ज्यालादारी मजदुरको समय पहिल्यै तोकिएको हुन्थ्यो, एक दिन पनि घटबढ गरिँदैन थियो।