यसैया २४:१-२३
२४ हेर! यहोवाले भूमिलाई* निर्जन र उजाड पार्नुहुनेछ।+
उहाँले त्यसलाई पल्टाउनुहुनेछ+ र त्यसका बासिन्दाहरूलाई तितरबितर पारिदिनुहुनेछ।+
२ कोही पनि उम्कन पाउनेछैन:
न मानिसहरू न पुजारीन नोकर न मालिकन नोकर्नी न मालिक्नीन बेच्ने न किन्नेन सापटी दिने न सापटी लिनेन ऋण दिने न ऋण लिने।+
३ पूरै भूमि निर्जन हुनेछ;त्यहाँ भएका सबै कुरा लुटिनेछन्+किनकि यहोवाले नै यो कुरा भन्नुभएको हो।
४ भूमिले विलाप गर्दै छ;*+ त्यो नाश भएर जाँदै छ।उर्वर भूमि ओइलाउँदै छ; त्यसको नामोनिसान मेटिँदै छ।देशका ठूलाबडा मानिसहरू कमजोर हुँदै छन्।
५ देशलाई त्यहाँकै बासिन्दाहरूले दूषित पारिदिएका छन्+किनकि तिनीहरूले व्यवस्था उल्लङ्घन गरेका छन्।+नियमहरूलाई बदलेका छन्+र सधैँभरि रहने* करारलाई तोडेका छन्।+
६ त्यसैले सरापले भूमिलाई कप्लक्कै निलेको छ+र त्यहाँका बासिन्दाहरू दोषी ठहरिएका छन्।त्यसैले देशका बासिन्दाहरू घट्दै गएका छन्र असाध्यै थोरै मानिस मात्र बाँकी रहेका छन्।+
७ नयाँ रक्सीले शोक मनाउँदै छ;* अङ्गुरको बोट ओइलाएको छ।+मनमा खुसी हुनेहरू सबै सुस्केरा हाल्दै छन्।+
८ खैँजडीको खुसीयाली बन्द भएको छ।मोजमस्ती गर्नेहरूको हल्लाखल्ला बन्द भएको छ।वीणाले खुसीको धुन दिन छोडेको छ।+
९ रक्सी पिउँदा तिनीहरू कोही पनि गाउँदैनन्।रक्सी खानेहरूलाई त्यसको स्वाद तीतो लाग्न थालेको छ।
१० उजाड पारिएको सहर भत्काइएको छ।+कोही पनि भित्र नपसोस् भनेर हरेक घरको ढोका थुनिएको छ।
११ रक्सी नपाएकोले मानिसहरू बाटो-बाटोमा चिच्याइरहेका छन्।कतै पनि खुसीयाली छैन।सारा देशको रमाहट बिलाएर गएको छ।+
१२ सहर खण्डहरमा बदलिएको छ।सहरको मूलढोका टुक्राटुक्रा पारिएको छ।+
१३ किनकि जातिजातिका मानिसहरूमाझ देशको हालतफल झारिसकेपछि दुई-चार दाना फल बाँकी भएको जैतुनको रूखजस्तै+अनि कटनीपछि फाट्टफुट्ट फल बाँकी रहेको अङ्गुरको बोटजस्तै हुनेछ।+
१४ तिनीहरू ठूलो स्वरले कराउनेछन्।तिनीहरू खुसीले चिच्याउनेछन्।पश्चिमबाट* तिनीहरूले यहोवाको वैभवको घोषणा गर्नेछन्।+
१५ अनि पूर्वमा* तिनीहरूले यहोवाको महिमा गर्नेछन्।+समुद्रका टापुहरूमा तिनीहरूले इस्राएलका परमेश्वर यहोवाको नामको जयजयकार गर्नेछन्।+
१६ पृथ्वीको कुनाकुनाबाट यस्तो गीत सुनिन्छ:“न्यायी परमेश्वरको महिमा होस्!”+तर म भन्छु: “म कमजोर हुँदै छु! म कमजोर हुँदै छु!धिक्कार छ मलाई! छलकपट गर्नेले छलकपट गर्दै छ;छलकपट गर्नेले छलकपट गर्दै छ!”+
१७ ए देशका बासिन्दाहरू हो! डर, खाडल र पासोले तिमीहरूलाई पर्खिरहेको छ।+
१८ जो डरलाग्दो आवाजदेखि भाग्छ, त्यो खाडलमा पर्नेछअनि जो खाडलबाट निस्केर आउँछ, त्यो पासोमा पर्नेछ।+किनकि आकाशका पानीका मूलहरू फुट्नेछन्र पृथ्वीका जगहरू हल्लिनेछन्।
१९ जमिन फाटेको छ;भूमि थरथर काँपेको छ;त्यो जोडसित हल्लिएको छ।+
२० त्यो रक्सी लागेको मान्छेझैँ लरखराउँदै छ;आँधीले दायाँबायाँ हल्लाएको झुपडीझैँ भएको छ;त्यो आफ्नो पापको गह्रौँ भारीले थिचिएको छ;+त्यो लड्नेछ अनि फेरि कहिल्यै उठ्नेछैन।
२१ त्यो दिन यहोवाले माथि आकाशका सेनार तल पृथ्वीका राजाहरूलाई सजाय दिनुहुनेछ।
२२ कैदीहरूलाई खाडलमा जम्मा गरिएझैँतिनीहरूलाई एकसाथ जम्मा गरिनेछ।तिनीहरू कालकोठरीमा थुनिनेछन्।अनि धेरै दिनपछि तिनीहरूको लेखा लिइनेछ।
२३ पूर्णिमाको जून अँध्यारो हुनेछर चम्किरहेको सूर्यले पनि लाज मान्नेछ+किनकि सेनाहरूका यहोवा सियोन डाँडा+ र यरुसलेममा राजा हुनुभएको छ।+आफ्ना मानिसहरूका नाइकेहरूसामु उहाँ महिमित हुनुहुन्छ।+
फुटनोटहरू
^ वा “पृथ्वीलाई।”
^ वा सम्भवतः “भूमि सुकेर जाँदै छ।”
^ वा “पहिल्यैदेखिको।”
^ वा सम्भवतः “नयाँ रक्सी सुकेर जाँदै छ।”
^ वा “समुद्रबाट।”
^ वा “ज्योतिको इलाकामा।”