यसैया २६:१-२१
२६ त्यो दिन यहुदामा+ यो गीत गाइनेछ:+
“हाम्रो सहर बलियो छ।+
उहाँले गर्नुहुने उद्धार यस सहरको पर्खाल र प्राकार* हो।+
२ सहरका ढोकाहरू खोल+ताकि धर्मी र विश्वासयोग्य जाति भित्र पस्न सकोस्।
३ तपाईँमा पूरै भर पर्नेहरूलाई* तपाईँले जोगाउनुहुनेछ।तपाईँले तिनीहरूलाई निरन्तर शान्ति दिनुहुनेछ+किनकि तिनीहरू तपाईँमा भरोसा गर्छन्।+
४ सधैँ यहोवामा भरोसा गर्नू+किनकि याह* यहोवा सनातनका चट्टान हुनुहुन्छ।+
५ उहाँले अग्लो ठाउँमा, भव्य सहरमा बस्नेहरूलाई खसाल्नुभएको छ।उहाँले त्यस सहरलाई तल झार्नुहुन्छ।त्यसलाई भुईँमा पछार्नुहुन्छ।त्यसलाई माटोमा मिलाइदिनुहुन्छ।
६ दीनदुःखी र गरिबहरूका खुट्टालेत्यसलाई कुल्चनेछ।”
७ धर्मी मानिसको बाटो सीधा* हुन्छ।तपाईँ न्यायी हुनुहुन्छ,त्यसैले धर्मी मानिसको बाटोलाई तपाईँ समतल पारिदिनुहुन्छ।
८ हे यहोवा, तपाईँको न्यायको मार्गमा चल्दाहामी तपाईँमै भर पर्छौँ।हामी तपाईँको नाम र तपाईँको स्मृतिको* औधी चाह गर्छौँ।
९ रातमा म आफ्नो तनमनले तपाईँलाई खोज्दछु।हो, मेरो हृदयले तपाईँलाई खोजिरहन्छ+किनकि जब तपाईँ पृथ्वीको इन्साफ गर्नुहुन्छ,तब मानिसहरूले धार्मिक स्तर सिक्छन्।+
१० दुष्टलाई दया देखाए पनित्यसले धार्मिक स्तर सिक्दैन।+सोझाहरूको देशमा पनि त्यसले दुष्ट काम गर्छ।+त्यसले यहोवाको गौरव देख्नेछैन।+
११ हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्।+आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन् र लाजमा पर्नेछन्।हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ।
१२ हे यहोवा, तपाईँले हामीलाई शान्ति दिनुहुनेछ+किनकि हामीले अहिलेसम्म गरेका सबै कुरातपाईँले नै पूरा गरिदिनुभएको हो।
१३ हे यहोवा हाम्रा परमेश्वर, तपाईँबाहेक अरू मालिकले पनि हामीमाथि शासन गरे+तर हामी तपाईँको नाउँको मात्र प्रशंसा गर्छौँ।+
१४ तिनीहरू त मरिसके, अब फेरि बाँच्नेछैनन्।तिनीहरू शक्तिहीन छन्, फेरि उठ्नेछैनन्+किनकि तिनीहरूलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेटाउनतपाईँ तिनीहरूविरुद्ध उठ्नुभएको छ।
१५ हे यहोवा, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।हो, तपाईँले यस जातिलाई ठूलो बनाउनुभएको छ।तपाईँले आफूलाई महिमित पार्नुभएको छ।+तपाईँले देशको सिमाना चारैतिर फैलाउनुभएको छ।+
१६ हे यहोवा, कष्ट आइपर्दा तिनीहरू तपाईँतर्फ फर्के।तपाईँले तिनीहरूलाई अनुशासन दिनुहुँदा+ तिनीहरूले मधुरो स्वरमा प्रार्थना गरे र आफ्नो मनको बह पोखाए।
१७ जसरी बच्चा जन्माउन लागेकी स्त्रीलाईसुत्केरी बेथाले च्याप्छ र ऊ पीडाले कराउँछे,हे यहोवा, तपाईँले हामीलाई पनि त्यस्तै अवस्थामा पुऱ्याउनुभयो।
१८ हामीले गर्भधारण गऱ्यौँ; हामीलाई सुत्केरी बेथाले च्याप्यो।तर हामीले त हावालाई पो जन्माएछौँ।हामीले देशको उद्धार गर्न सकेनौँ।देशमा बसोबास गर्नलाई कोही पनि जन्मिएन।
१९ “मरिसकेका तिम्रा मानिसहरू फेरि बाँच्नेछन्।मेरा मानिसहरूका लास* फेरि जिउँदो हुनेछन्।+हे माटोमा बस्नेहरू हो,उठ! खुसीले कराओ!+किनकि तिमीहरूको शीत बिहानीको शीतजस्तै* छ।पृथ्वीले मृत्युको पन्जामा परेर निस्सहाय भएकाहरूलाई फिर्ता गर्नेछ र तिनीहरू फेरि जिउँदो हुनेछन्।
२० हे मेरा मानिसहरू हो, जाओ!आ-आफ्नो भित्री कोठामा पस र ढोका बन्द गर।+मेरो क्रोध शान्त नहोउन्जेलकेहीबेर लुकेर बस।+
२१ किनकि हेर! देशका बासिन्दाहरूसँग तिनीहरूको गल्तीको लेखा लिनयहोवा आफ्नो ठाउँबाट आउँदै हुनुहुन्छ।भूमिले आफूमाथि पोखिएको रगत प्रकट गर्नेछर आफ्ना मरेकाहरूलाई फेरि कहिल्यै लुकाउनेछैन।”
फुटनोटहरू
^ यहाँ यस शब्दले सहरको पर्खाललाई सुरक्षित राख्न टेको स्वरूप लगाइएको भिरालो पर्खाललाई जनाउँछ।
^ वा सम्भवतः “जसको सोचाइ परिवर्तन हुँदैन, तिनीहरूलाई।”
^ “याह,” यहोवा नामको छोटो रूप हो।
^ वा “सम्म परेको।”
^ यसको अर्थ हो, परमेश्वर र उहाँको नाम सम्झनु अनि त्यसको घोषणा गर्नु।
^ शा., “मेरो लास।”
^ वा सम्भवतः “मसलाको बोटमा परेको शीतजस्तै।”