यसैया ४३:१-२८
४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+उनै परमेश्वर यहोवा यसो भन्नुहुन्छ:“नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+मैले तिमीलाई नामै काढेर बोलाएको छु।तिमी मेरै हौ।
२ तिमी पानीबाट जाँदा म तिमीसित हुनेछु,+तिमी नदीबाट जाँदा त्यसले तिमीलाई डुबाउनेछैन।+तिमी आगोबाट जाँदा त्यसले तिमीलाई डढाउनेछैन,त्यसको ज्वालाले तिमीलाई पोल्नेछैन।
३ किनभने म यहोवा तिम्रा परमेश्वर हुँ,इस्राएलका पवित्र परमेश्वर, तिम्रा उद्धारक।तिमीलाई छुटाउन मैले फिरौतीस्वरूप मिश्र दिएको छु,इथियोपिया र सिबा दिएर मैले तिमीलाई छुटाएको छु।
४ किनकि मेरो नजरमा तिमी अनमोल छौ,+तिमी आदर गर्न लायकको छौ, म तिमीलाई माया गर्छु।+त्यसैले तिम्रो बदलामा म मानिसहरू दिनेछु,तिम्रो जीवनको लागि म देशहरू दिनेछु।
५ नडराऊ किनकि म तिमीसित छु।+तिम्रा सन्तानलाई म पूर्वबाट ल्याउनेछुअनि तिमीहरूलाई पश्चिमबाट जम्मा गर्नेछु।+
६ म उत्तरलाई यस्तो आदेश दिनेछु, ‘तिनीहरूलाई छोडिदेऊ!’+अनि दक्षिणलाई यसो भन्नेछु, ‘तिनीहरूलाई नरोक!मेरा छोराहरूलाई टाढाबाट र मेरा छोरीहरूलाई पृथ्वीको कुनाकुनाबाट लिएर आऊ।+
७ मेरो नामबाट चिनिएका हरेकलाई+र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’
८ आँखा भएर पनि नदेख्नेअनि कान भएर पनि नसुन्ने ती मानिसहरूलाई लिएर आऊ।+
९ सबै देश जम्मा होऊन्,देश-देशका मानिसहरू एक ठाउँमा भेला होऊन्।+तिनीहरूमध्ये कसलाई यो कुरा थाह छ?पहिलेका कुरा* कसले भन्न सक्छ?+आफूलाई सही साबित गर्न तिनीहरूले साक्षीहरू पेस गरून्,अरूले तिनीहरूको कुरा सुनून् र यसो भन्न सकून्, ‘यो कुरा सत्य हो!’”+
१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+
११ म नै यहोवा हुँ,+ मबाहेक अरू कोही उद्धारक छैन।”+
१२ “तिमीहरूमाझ अरू कुनै विदेशी देवता नहुँदैतिमीहरूसित कुरा गर्ने, तिमीहरूलाई बचाउने र समझ दिने मै थिएँ।+त्यसैले म साँचो परमेश्वर हुँ र तिमीहरू मेरा साक्षी हौ,” यहोवा घोषणा गर्नुहुन्छ।+
१३ “अनि म सधैँ उही रहनेछु;+मेरो हातबाट कसैले केही खोस्न सक्दैन।+जब म केही गर्छु, तब कसले मलाई रोक्न सक्छ?”+
१४ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने+ इस्राएलका पवित्र परमेश्वर यहोवा+ यसो भन्नुहुन्छ:“तिमीहरूको खातिर म बेबिलोनमा मानिसहरू पठाउनेछु र त्यसका ढोकाहरू भत्काउनेछु।+अनि जहाजमा भएका कल्दियालीहरू आफूमाथि आइपरेको दुःखले गर्दा रुनेछन्।+
१५ म इस्राएललाई सृष्टि गर्ने+ तिमीहरूका पवित्र परमेश्वर+ र तिमीहरूका राजा यहोवा हुँ।”+
१६ यहोवा परमेश्वर,जसले समुद्रको बीचमा बाटो खोल्नुहुन्छ,जसले उर्लँदो छालको बीचमा पनि गोरेटो बाटो बनाउनुहुन्छ,+
१७ जो युद्धको रथ र घोडासहित निस्कनुहुन्छ,+जो शक्तिशाली योद्धाहरूको फौज लिएर निस्कनुहुन्छ,उहाँ यसो भन्नुहुन्छ: “तिनीहरू ढल्नेछन् तर फेरि उठ्नेछैनन्।+बलिरहेको सलेदोलाई जस्तै तिनीहरूलाई निभाइनेछ।”
१८ “बितेका कुराहरूलाई बिर्सिदेओ,विगतका कुराहरूमा घोरिएर नबस।
१९ हेर, म एउटा नयाँ काम गर्दै छु,+त्यसको सुरुवात भइसकेको छ।के तिमीहरू देख्दैनौ?म उजाड ठाउँमा बाटो बनाउनेछु+र मरुभूमिमा नदी बगाउनेछु।+
२० तब स्याल, सुतुरमुर्ग*र जङ्गली जनावरहरूले मेरो आदर गर्नेछन्।किनकि मेरा मानिसहरू, मैले रोजेका जनले पिऊन् भनेर+म उजाड ठाउँमा पानीको मूल फुटाउनेछु+र मरुभूमिमा नदी बगाउनेछु।
२१ मैले आफ्नो निम्ति खडा गरेको जातिको लागि म यसो गर्नेछु,तिनीहरूले मेरो प्रशंसा गरून् भनेर मैले तिनीहरूलाई खडा गरेँ।+
२२ तर ए याकुब, तिमीले मलाई पुकारेनौ।+ए इस्राएल, तिमी मदेखि अघायौ।+
२३ मेरो लागि अग्निभेटी चढाउन तिमीले भेडाहरू ल्याएनौअनि मेरो महिमा गर्न तिमीले कुनै बलिदान चढाएनौ।मैले तिमीसँग जबरजस्ती भेटी मागेको छैनँअनि सेतो धूप* मागेर तिमीलाई दिक्क पारेको पनि छैनँ।+
२४ तिमीले आफ्नो पैसाले मेरो लागि बोझो* किनेनौअनि भेटीको बोसोले मलाई तृप्त पारेनौ।+बरु आफ्ना पापहरूको बोझ मलाई बोकायौअनि बारम्बार गल्ती गरेर मलाई हैरान पाऱ्यौ।+
२५ म उही हुँ, जसले आफ्नो नामको खातिर+ तिमीहरूका अपराधलाई* मेटिदिन्छ।+अनि म तिमीहरूका पापलाई सम्झनेछैनँ।+
२६ मैले केही बिर्सेको छु भने मलाई सम्झाओ; आओ, हामी आ-आफ्नो मामिला पेस गरौँ।आफूलाई सही साबित गर्ने कुनै प्रमाण छ भने बताओ।
२७ तिमीहरूको पहिलो पुर्खाले पाप गरेअनि तिमीहरूका प्रवक्ताहरूले* मेरो विद्रोह गरे।+
२८ त्यसैले पवित्र ठाउँका नाइकेहरूलाई म अशुद्ध ठहराउनेछु।अनि याकुबलाई नाशको लागि सुम्पनेछुर इस्राएललाई अपमानका शब्दहरू सुन्न लगाउनेछु।+
फुटनोटहरू
^ यसले भविष्यमा हुने पहिलो कुरालाई जनाएको हुन सक्छ।
^ वा “भरोसा।”
^ वा “अस्ट्रिज।”
^ एक किसिमको बास्नादार नर्कट।
^ वा “तिमीहरूले गरेको विद्रोहलाई।”
^ यसले व्यवस्थाका शिक्षकहरूलाई जनाएको हुन सक्छ।