यसैया ४८:१-२२
४८ ए याकुबको घराना, सुन!आफूलाई इस्राएल भनेर चिनाउनेहरू हो, सुन!+तिमीहरू, जो याकुबको वंशबाट* आएका हौ,जो यहोवाको नाममा शपथ खान्छौ+अनि इस्राएलका परमेश्वरलाई पुकार्छौतर सत्यबमोजिम र इमानदारीसाथ होइन।+
२ तिनीहरू आफूलाई पवित्र सहरका बासिन्दा भन्छन्+अनि इस्राएलका परमेश्वरसित मदत माग्छन्,+जसको नाम सेनाहरूका यहोवा हो।
३ “मैले वर्षौँअघि तिमीहरूलाई पहिलेका कुराहरू बताएको थिएँ।मैले आफ्नै मुखले ती कुराहरू तिमीहरूलाई बताएँर मबाटै तिमीहरूले ती थाह पायौ।+मैले तुरुन्तै कदम चालेँ र ती पूरा भए।+
४ तिमीहरू साह्रै हठी छौ भनेर मलाई थाह थियो।तिमीहरूको गर्दन फलामजस्तै र तिमीहरूको निधार तामाजस्तै कडा छ भनेर मलाई थाह थियो।+
५ त्यसैले वर्षौँअघि मैले ती कुराहरू तिमीहरूलाई बताएँ।‘हाम्रो देवताले पो यो गरेको हो,हामीले कुँदेर बनाएका मूर्तिले र धातुका मूर्तिले* यो आज्ञा दिएको हो’ भनी तिमीहरूले भन्न नपाओ भनेरती हुनुभन्दा अघि नै मैले ती कुराहरू तिमीहरूलाई सुनाएँ।
६ तिमीहरूले ती सबै सुन्यौ र देख्यौ पनि।के तिमीहरू त्यसबारे घोषणा गर्दैनौ?+अब म तिमीहरूलाई नयाँ कुरा बताउँछु,+तिमीहरूले कहिल्यै थाह नपाएका गुप्त कुराहरू।
७ ती कुराहरू मैले भर्खरै रचेको हुँ।तिमीहरूले पहिला कहिल्यै ती कुराहरू सुनेका थिएनौ।त्यसैले तिमीहरूले यसो भन्नेछैनौ, ‘ए! यो त हामीलाई पहिल्यै थाह थियो।’
८ तर तिमीहरू सुन्नै चाहँदैनौ,+ त्यसबारे बुझ्नै चाहँदैनौ।पहिले पनि तिमीहरूले आफ्नो कान थापेनौ।किनकि मलाई थाह छ, तिमीहरू साह्रै धूर्त छौ+र जन्मैदेखि बागी भन्ने नाम कमाएका छौ।+
९ तर मेरो आफ्नै नामको खातिर म आफ्नो रिस थाम्नेछु।+मेरो महिमा होस् भनेर म आफूलाई रोक्नेछुर तिमीहरूको अस्तित्व मेट्नेछैनँ।+
१० मैले तिमीहरूलाई खारेको छु तर चाँदीलाई जसरी होइन।+मैले तिमीहरूलाई दुःखकष्टको भट्टीमा राखेर खारेको* छु।+
११ म आफ्नै खातिर, हो, आफ्नै नामको खातिर कदम चाल्नेछु।+किनकि आफ्नो नामलाई म कसरी अपवित्र हुन दिऊँ?+मेरो महिमा म अरू कसैलाई दिन्नँ।*
१२ ए याकुब र इस्राएल, मेरो कुरा सुन किनकि तिमीहरूलाई मैले नै बोलाएको हुँ।म उही हुँ।+ म नै पहिलो र म नै अन्तिम हुँ।+
१३ मैले आफ्नै हातले पृथ्वीको जग बसालेँ।+आफ्नो दायाँ हातले आकाशलाई फैलाएँ।+जब-जब म तिनीहरूलाई बोलाउँछु, तब-तब तिनीहरू मेरो अगाडि हाजिर हुन्छन्।
१४ तिमीहरू सबै भेला होओ र सुन।के तिमीहरूको कुनै देवताले यी कुराहरू घोषणा गरेको छ?यहोवाले जसलाई प्रेम गर्नुभएको छ,+तिनैले बेबिलोनविरुद्ध उहाँले जे गर्ने इच्छा गर्नुभएको थियो, त्यो पूरा गर्नेछन्।+तिनले कल्दियालीहरूमाथि आफ्नो हात उठाउनेछन्।+
१५ मैले नै यसो भनेको हुँ, मैले नै तिनलाई बोलाएको हुँ।+तिनलाई ल्याउने मै हुँ, तिनी आफ्नो काममा सफल हुनेछन्।+
१६ मेरो नजिक आओ र यो कुरा सुन।मैले पहिलादेखि नै यो कुरा खुलेआम भन्दै आएको छु।+त्यो पूरा भएको समयदेखि नै म त्यहीँ थिएँ।”अहिले ब्रह्माण्डका मालिक यहोवाले आफ्नो पवित्र शक्ति दिएर मलाई पठाउनुभएको छ।
१७ तिमीहरूलाई मोल तिरेर छुटाउनुहुने इस्राएलका पवित्र परमेश्वर यहोवा यसो भन्नुहुन्छ:+“म यहोवा तिमीहरूका परमेश्वर हुँ।तिमीहरूकै भलाइ होस् भनेर म तिमीहरूलाई सिकाउँछु।+तिमीहरू हिँड्नुपर्ने बाटोमा म तिमीहरूलाई डोऱ्याउँछु।+
१८ तिमीहरूले मेरा आज्ञाहरू ध्यान दिएर पालन गऱ्यौ भने+तिमीहरूको शान्ति नदीझैँ हुनेछ+र तिमीहरूको धार्मिकता समुद्रका छालहरूझैँ हुनेछ।+
१९ तिमीहरूका सन्तान समुद्रको बालुवाजत्तिकै हुनेछन्,तिनीहरू बालुवाका कणजत्तिकै अनगिन्ती हुनेछन्।+मेरो सामनेबाट तिनीहरूको नाम कहिल्यै बिलाएर वा मेटिएर जानेछैन।”
२० बेबिलोनबाट निस्केर जाओ!+कल्दियालीहरूदेखि भाग!खुसीले कराउँदै घोषणा गर! ठूलो स्वरले कराओ!+पृथ्वीको कुनाकुनासम्म यस्तो घोषणा गर:+“यहोवाले आफ्नो सेवक याकुबलाई मोल तिरेर छुटाउनुभएको छ!+
२१ उहाँले तिनीहरूलाई निर्जन ठाउँ हुँदै लैजानुभयो तर तिनीहरू तिर्खाएनन्।+उहाँले तिनीहरूका लागि चट्टानबाट पानी निकालिदिनुभयो।चट्टानलाई फोरेर त्यसबाट पानीको मूल फुटाउनुभयो।”+
२२ यहोवा भन्नुहुन्छ, “दुष्ट भने चैनसित बस्न पाउनेछैन।”+
फुटनोटहरू
^ शा., “मुहानबाट।”
^ वा “धातु पगालेर बनाइएका मूर्तिले।”
^ वा “जाँचेको।” वा सम्भवतः “रोजेको।”
^ वा “मेरो महिमा म कसैसित बाँड्दिनँ।”