यसैया ४९:१-२६

  • यहोवाको सेवकको जिम्मेवारी (१-१२)

    • जातिजातिका मानिसहरूको ज्योति ()

  • इस्राएललाई सान्त्वना (१३-२६)

४९  हे टापुहरू हो, मेरो कुरा सुन।हे टाढा-टाढाका जातिहरू हो, मेरो कुरा ध्यान दिएर सुन।+म जन्मनुअघि नै* यहोवाले मलाई बोलाउनुभएको थियो।+म आफ्नी आमाको गर्भमा हुँदा नै उहाँले मेरो नाम लिएर मलाई बोलाउनुभएको थियो।  २  उहाँले मेरो मुखलाई धारिलो तरबारजस्तै बनाउनुभयो;मलाई आफ्नो हातको छायामा लुकाउनुभयो।+उहाँले मलाई चमचम टल्किएको काँड बनाउनुभयो;मलाई आफ्नो ठोक्रोमा लुकाउनुभयो।  ३  उहाँले मलाई यसो भन्‍नुभयो: “हे इस्राएल, तिमी मेरो सेवक हौ;+तिमीद्वारै म आफ्नो गौरव देखाउनेछु।”+  ४  तर मैले भनेँ: “मेरो मेहनत त्यसै खेर गयो।मैले बेकारमा आफ्नो बल खर्च गरेँ।तर यहोवाले पक्कै मेरो न्याय गर्नुहुन्छ*र मेरो मेहनतको फल* दिनुहुन्छ।”+  ५  यहोवा, जसले मलाई गर्भैदेखि आफ्नो सेवकको रूपमा रच्नुभयो,याकुबलाई फेरि उहाँकहाँ ल्याउन उहाँले मलाई अह्राउनुभएको छताकि इस्राएल उहाँसामु जम्मा हुन सकोस्‌।+यहोवाको नजरमा मेरो गरिमा बढ्‌नेछर मेरा परमेश्‍वर मेरो बल हुनुहुनेछ।  ६  उहाँले भन्‍नुभयो: “याकुबको कुललाई खडा गराउनर इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्रमैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस्‌ भनेर+मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+ ७  इस्राएललाई मोल तिरेर छुटाउनुहुने पवित्र परमेश्‍वर यहोवा,+ शासकहरूको सेवक, जसलाई जातिजातिका मानिसहरूले तुच्छ ठान्छन्‌ अनि घृणा गर्छन्‌,+ तिनलाई यसो भन्‍नुहुन्छ: “राजाहरू तिमीलाई देखेर खडा हुनेछन्‌र शासकहरू तिमीसामु निहुरिनेछन्‌।भरोसायोग्य परमेश्‍वर यहोवाको कारण+ तिनीहरूले तिमीलाई यसो गर्नेछन्‌,तिमीलाई रोज्नुभएको इस्राएलका पवित्र परमेश्‍वरको कारण+ यसो गर्नेछन्‌।”  ८  यहोवा यसो भन्‍नुहुन्छ:“निगाहको समयमा मैले तिमीलाई जवाफ दिएँ,+उद्धारको समयमा मैले तिमीलाई मदत गरेँ।+तिमीलाई म र मानिसहरूबीचको करार ठहराउन मैले तिम्रो रक्षा गरिरहेँ;+देशमा मानिसहरूलाई फेरि बसाल्नर उजाड भएर बसेको तिनीहरूको पुर्ख्यौली जमिन तिनीहरूलाई फिर्ता दिन मैले त्यसो गरेँ।+  ९  कैदीहरूलाई ‘निस्केर आओ!’+र अन्धकारमा हुनेहरूलाई+ ‘उज्यालोमा आओ!’ भन्‍न मैले त्यसो गरेँ।तिनीहरूले बाटोको छेउमा खानेछन्‌,मानिसहरू आवतजावत गर्ने ठाउँहरूमा* तिनीहरूले आफ्नो पेट भर्नेछन्‌। १०  तिनीहरू भोकाउनेछैनन्‌ वा तिर्खाउनेछैनन्‌।+तिनीहरूलाई घामको तापले वा टन्टलापुर घामले पोल्नेछैन+ किनकि तिनीहरूमाथि कृपा देखाउनुहुने परमेश्‍वरले तिनीहरूलाई डोऱ्‍याउनुहुनेछ+र उहाँले तिनीहरूलाई पानीको मुहानतर्फ लैजानुहुनेछ।+ ११  म मेरा सबै पर्वतलाई सम्म परेको बाटो बनाउनेछुअनि मेरा मूलबाटोहरूलाई उचाल्नेछु।+ १२  हेर! तिनीहरू टाढादेखि आउँदै छन्‌,+कोही उत्तरबाट त कोही पश्‍चिमबाटअनि कोहीचाहिँ सिनिम देशबाट आउँदै छन्‌।”+ १३  हे आकाश, खुसीले कराऊ! हे पृथ्वी, रमाऊ!+हे पहाडहरू हो, खुसीले चिच्याओ!+किनकि यहोवाले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ+र दुःख पाएका आफ्ना मानिसहरूमाथि कृपा देखाउनुभएको छ।+ १४  तर सियोनले बारम्बार यसो भन्यो:“यहोवाले मलाई त्याग्नुभएको छ,+ यहोवाले मलाई बिर्सनुभएको छ।”+ १५  के कुनै आमाले आफ्नो दूधेबालकलाई बिर्सन सक्छे र?वा आफ्नो गर्भबाट जन्मेको बच्चालाई कठोर व्यवहार गर्छे र?बरु तिनीहरूले बिर्सेलान्‌ तर म तिमीलाई कहिल्यै बिर्सनेछैनँ।+ १६  हेर! मैले तिम्रो नाम मेरो हत्केलामा खोपेको छु।तिम्रा पर्खालहरू सधैँ मसामु छन्‌। १७  तिम्रा छोराहरू हतार-हतार फर्केर आएका छन्‌।तिम्रो विनाश गरेर तिमीलाई उजाड पार्नेहरू तिम्रो सामुबाट जानेछन्‌। १८  आफ्नो आँखा उठाएर चारैतिर हेर।तिनीहरू सबै जना जम्मा भएर+ तिमीकहाँ आउँदै छन्‌।यहोवा घोषणा गर्नुहुन्छ: “म आफ्नै कसम खाएर भन्छु,दुलहीले गहना पहिरेझैँ तिमीले तिनीहरूलाई पहिरिनेछौर दुलहीले हार लगाएझैँ तिमीले तिनीहरूलाई लगाउनेछौ। १९  तिम्रा ठाउँहरू उजाड र सुनसान भए पनि र तिम्रो देश खण्डहर भए पनि+त्यो अब मानिसहरूको लागि असाध्यै सानो हुनेछ।+अनि जसले तिमीलाई निलेका थिए,+ तिनीहरू अब तिमीदेखि परै बस्नेछन्‌।+ २०  तिमीले आफ्ना बालबच्चाहरू गुमाएपछि जन्मिएका छोराहरूले तिमीलाई यसो भन्‍नेछन्‌:‘यो ठाउँ हामीलाई साह्रै साँघुरो भयो,हाम्रो लागि बस्ने ठाउँ मिलाइदिनुहोस्‌।’+ २१  अनि तिमीले मनमनै भन्‍नेछौ,‘यिनीहरूलाई मेरो निम्ति कसले जन्मायो?मैले त आफ्ना बालबच्चा गुमाइसकेकी छु अनि म बाँझी छु।मलाई त कैदी बनाएर निर्वासनमा लगिएको थियो।यिनीहरूलाई कसले हुर्कायो?+मलाई त एक्लै छोडिएको थियो,+यिनीहरू कहाँबाट आए?’”+ २२  ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:“म राष्ट्रहरूलाई आफ्नो हातले इसारा गर्नेछु।म जातिजातिको लागि झन्डा ठड्‌याउनेछु।+अनि तिनीहरूले तिम्रा छोराहरूलाई आफ्नो छातीमा बोकेर ल्याउनेछन्‌र तिम्रा छोरीहरूलाई आफ्नो काँधमा बोकेर ल्याउनेछन्‌।+ २३  राजाहरू तिम्रो सेवक बन्‍नेछन्‌+अनि राजकुमारीहरू तिम्रो सुसारे बन्‍नेछन्‌।तिमीसामु तिनीहरू भुईँसम्मै निहुरिनेछन्‌,+तिनीहरूले तिम्रो खुट्टाको धुलो चाट्‌नेछन्‌।+तब म नै यहोवा हुँ भनेर तिमीले जान्‍नेछौ।मेरो बाटो हेर्नेहरू शर्ममा पर्नेछैनन्‌।”+ २४  बलियो मानिसको कैदमा परेकाहरूलाई कसैले छुटाउन सक्छ र?निरङ्‌कुश शासकको बन्धनमा परेकाहरूलाई कसैले मुक्‍त गर्न सक्छ र? २५  यहोवा यसो भन्‍नुहुन्छ:“बलियो मानिसका कैदीहरूसमेत लगिनेछन्‌।+निरङ्‌कुश शासकको बन्धनमा परेकाहरूलाई समेत मुक्‍त गरिनेछ।+जो-जो तिम्रो विरुद्धमा उठ्‌नेछन्‌, तिनीहरूविरुद्ध म उठ्‌नेछु।+अनि तिम्रा छोराहरूलाई म बचाउनेछु। २६  तिमीलाई दुर्व्यवहार गर्नेहरूलाई म तिनीहरूको आफ्नै मासु खान बाध्य पार्नेछु।मद्य पिएर मात्तिएझैँ तिनीहरू आफ्नै रगत पिएर मात्तिनेछन्‌।तब म नै यहोवा हुँ भनेर सबै मानिसले जान्‍नेछन्‌।+तिमीलाई बचाउने+ र मोल तिरेर तिमीलाई छुटाउने+याकुबका शक्‍तिशाली परमेश्‍वर मै हुँ भनेर सबैले जान्‍नेछन्‌।”+

फुटनोटहरू

शा., “गर्भमा हुँदा नै।”
वा “यहोवाले मलाई न्याय दिनुहुन्छ।”
वा “इनाम।”
वा सम्भवतः “नाङ्‌गा डाँडाहरूमा।”