यसैया ५४:१-१७

  • बाँझी सियोनका थुप्रै छोराछोरी हुनेछन्‌ (१-१७)

    • यहोवा, सियोनका पति ()

    • सियोनका छोराछोरी यहोवाबाट सिकाइनेछन्‌ (१३)

    • सियोनविरुद्ध उठाइने हतियार बेकामको हुनेछ (१७)

५४  यहोवा भन्‍नुहुन्छ: “ए कोख थुनिएकी बाँझी स्त्री!+आनन्दित होऊ! कहिल्यै प्रसववेदना नभोगेकी ए स्त्री,+ जयजयकार गर!+किनभने पति* भएकी स्त्रीका भन्दापतिले त्यागेको स्त्रीका छोराछोरी धेरै हुनेछन्‌।”+  २  “तिम्रो पाल ठूलो बनाऊ,+तिम्रो तम्बुको* कपडा अझै तन्काऊ।पछि नहट, तिम्रो पालका डोरीहरू अझै लामो बनाऊ,तिम्रो तम्बुका किलाहरू नहल्लिनेगरि ठोक।+  ३  किनभने तिमी दायाँबायाँ दुवैतिर फैलनेछ्यौतिम्रा सन्तानले एकपछि अर्को देश कब्जा गर्नेछन्‌,तिनीहरूले उजाड भएका सहरहरू फेरि बसाल्नेछन्‌।+  ४  नडराऊ!+ किनभने तिमी लाजमा पर्नुपर्नेछैन!+आफैलाई तुच्छ नठान किनभने तिमी निराश हुनुपर्नेछैनयौवनावस्थामा भोगेको बेइज्जती तिमीले बिर्सनेछ्यौ,विधवा हुँदाको अपमान तिमीलाई यादै हुनेछैन।”  ५  “तिम्रो महान्‌ रचनाकार+ नै तिम्रा पति* हुनुहुन्छ;+उहाँको नाम सेनाहरूका यहोवा हो;इस्राएलका पवित्र परमेश्‍वरले नै तिमीलाई छुटाएर ल्याउनुभएको हो।+उहाँ नै सारा पृथ्वीका परमेश्‍वर हुनुहुन्छ भनेर सबैले चिन्‍नेछन्‌।+  ६  त्यागिएकी स्त्रीलाई बोलाएझैँ, विरक्‍त भएकी आइमाईलाई बोलाएझैँ यहोवाले तिमीलाई बोलाउनुभएको छ;+बैँसमा विवाह गरेकी तर पछि पतिले छोडेकी स्त्रीलाई बोलाएझैँ उहाँले तिमीलाई बोलाउनुभएको छ,” तिम्रा परमेश्‍वर भन्‍नुहुन्छ।  ७  “केही क्षणको लागि मात्र मैले तिमीलाई त्यागेको थिएँतर अब म प्रशस्तगरि कृपा देखाएर तिमीलाई फिर्ता ल्याउनेछु।+  ८  म रिसले चूर भएको थिएँ, केही क्षण मैले आफ्नो अनुहार फर्काएको थिएँ।+तर अब म दया देखाउनेछु र सधैँभरि तिमीलाई माया* गर्नेछु,”+तिमीलाई छुटाएर ल्याउनुहुने यहोवा भन्‍नुहुन्छ।+  ९  “मैले नुहको समयमा जे गरेँ, त्यो फेरि गर्नेछु।+पृथ्वीमा जलप्रलय हुनेछैन भनेर नुहको समयमा शपथ खाएझैँ+म फेरि शपथ खान्छु र भन्छु, अब म तिमीसँग क्रोधित हुन्‍नँ र तिमीदेखि रिसाउँदिनँ।+ १०  पहाडहरू हट्‌लान्‌,डाँडाहरू डगमगाउलान्‌।तर मेरो माया* कहिल्यै हट्‌नेछैन+तिमीसँग बाँधेको करार कहिल्यै डगमगाउनेछैन,”+तिमीलाई कृपा देखाउनुहुने यहोवा भन्‍नुहुन्छ।+ ११  “दुःखमा परेकी,+ आँधीबेहरीले लछारपछार भएकी र सान्त्वना नपाएकी ए स्त्री!+म तिम्रा ढुङ्‌गाहरूमा बज्रलेप* लगाएर बलियोसँग जोड्‌नेछु।नीलमले म तिम्रो जग बसाल्नेछु।+ १२  म तिम्रो बुर्जा* माणिकहरूले बनाउनेछु।म तिम्रा ढोकाहरू चम्किला रत्नहरूले बनाउनेछु।बहुमूल्य रत्नहरूले म तिम्रो साँध-सिमाना छुट्ट्याउनेछु। १३  तिम्रा सबै सन्तानले यहोवाबाट शिक्षा पाउनेछन्‌+अनि तिनीहरूले अपार शान्ति पाउनेछन्‌।+ १४  तिमी न्यायको जगमाथि बसालिनेछ्यौ।+अत्याचारबाट तिमीले मुक्‍ति पाउनेछ्यौ।+तिमी कुनै कुरादेखि डराउनुपर्नेछैन,तिमी डरले काँप्नुपर्ने कुनै कारण हुनेछैन;डर र त्रास तिमीदेखि भाग्नेछ।+ १५  कसैले तिमीलाई आक्रमण गर्छ भनेत्यो मेरो आदेशमा गरिएको हुनेछैन। तिमीसँग युद्ध गर्न आउनेहरू पराजित हुनेछन्‌।+ १६  हेर! कालिगडलाई मैले नै बनाएको हुँ,जसले खलाँती चलाएर कोइला बाल्छअनि हतियार बनाउँछ।संहार गर्ने र नाश गर्ने मानिसलाई पनि मैले नै बनाएको हुँ।+ १७  तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।+तिमीलाई दोष लगाउने हरेकको जिब्रोलाई तिमीले झूटो साबित गर्नेछौ।यो नै यहोवाका सेवकहरूको अधिकार* हो,म तिनीहरूलाई निर्दोष ठहराउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।+

फुटनोटहरू

वा “मालिक।”
वा “पालको।”
वा “मालिक।”
वा “अटल प्रेम।”
वा “अटल प्रेम।”
चुन, बालुवा र पानी मिसाएर बनाइएको लेदो।
वा “गुम्बज।”
वा “सम्पदा।”