यसैया ६१:१-११

  • सुसमाचार सुनाउन अभिषेक गरिएको (१-११)

    • “यहोवाको अनुग्रहको वर्ष” ()

    • “धार्मिकताका ठूला रूखहरू” ()

    • विदेशीहरूले सघाउनेछन्‌ ()

    • “यहोवाका पुजारी” ()

६१  ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+  २  यहोवाको अनुग्रहको* वर्षको घोषणा गर्न,हाम्रा परमेश्‍वरले बदला लिने दिनबारे बताउन+अनि शोकाकुल मानिसहरूलाई सान्त्वना दिन उहाँले मलाई पठाउनुभएको छ।+  ३  सियोनको लागि शोक गर्नेहरूलाईखरानीको सट्टा शिरमा पगरी लगाइदिन,शोकको सट्टा हर्षको तेल घसिदिन,निराश मनको सट्टा प्रशंसाको पोसाक लगाइदिन उहाँले मलाई पठाउनुभएको छ।तिनीहरू धार्मिकताका ठूला रूखहरू कहलाइनेछन्‌।तिनीहरू यहोवाले रोप्नुभएको बिरुवा भनेर चिनिनेछन्‌ र तिनीहरूको कारण उहाँको महिमा हुनेछ।*+  ४  वर्षौँअघि खण्डहर बनेका ठाउँहरू,उहिल्यै उजाड भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्‌।+अनि पुस्तौँअघि तहसनहस भएका सहरहरू+तिनीहरूले फेरि बसाल्नेछन्‌।+  ५  “परदेशीहरू आएर तिमीहरूको बगाल चराउनेछन्‌अनि विदेशीहरूले+ तिमीहरूको खेत र अङ्‌गुर बगानमा काम गर्नेछन्‌।+  ६  तिमीहरू यहोवाका पुजारी भनेर चिनिनेछौ,+तिनीहरूले तिमीहरूलाई परमेश्‍वरका सेवक भन्‍नेछन्‌।तिमीहरूले जातिजातिका असल थोकहरू खानेछौ+अनि तिनीहरूका सम्पत्तिमा* तिमीहरूले गर्व गर्नेछौ।  ७  मेरा मानिसहरू लाजमा पर्नुपर्नेछैन बरु तिनीहरूले दोबर आशिष्‌ पाउनेछन्‌;तिनीहरूको अपमान हुनेछैन बरु आफूले पाएको भाग देखेर तिनीहरूले जयजयकार गर्नेछन्‌।हो, तिनीहरूले आफ्नो भूमिमा दोबर भाग पाउनेछन्‌+र तिनीहरू सदासर्वदा रमाउनेछन्‌।+  ८  म यहोवा न्यायलाई प्रेम गर्छु;+लुटपाट र अन्यायलाई म घृणा गर्छु।+म वफादार भई तिनीहरूको कामको ज्याला दिनेछु,म तिनीहरूसित कहिल्यै नटुट्‌ने करार गर्नेछु।+  ९  तिनीहरूका सन्तानलाई देशदेशका मानिसहरूले चिन्‍नेछन्‌,+तिनीहरूका सन्तानबारे जातिजातिले थाह पाउनेछन्‌।यहोवाले आशिष्‌ दिनुभएका सन्तान तिनीहरू नै हुन्‌+ भनेरतिनीहरूलाई देख्नेजति सबैले थाह पाउनेछन्‌।” १०  यहोवालाई सम्झँदा मेरो खुसीको सीमा नै रहनेछैन।मेरो मनले मेरा परमेश्‍वरको कारण रमाहट गर्नेछ।+किनकि उहाँले मलाई उद्धारको पोसाक पहिराइदिनुभएको छ,+उहाँले मलाई धार्मिकताको अलखा* लगाइदिनुभएको छ।पुजारीको जस्तै देखिने पगरी लगाएको दुलहाझैँ म भएको छु।+गरगहनाले सजिएकी दुलहीझैँ म भएको छु। ११  जसरी जमिनले बिरुवा उमार्छअनि जसरी बगैँचाले त्यसमा रोपिएको बिउ उमार्छ,त्यसैगरि ब्रह्‍माण्डका मालिक यहोवालेसबै जातिसामु धार्मिकताको वृद्धि गराउनुहुनेछ+ र तिनीहरूले उहाँको प्रशंसा गर्नेछन्‌।+

फुटनोटहरू

वा “अनुमोदनको।”
वा “शोभा बढ्‌नेछ।”
वा “महिमामा।”
गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।