रोमी १२:१-२१

  • आफ्नो शरीरलाई जीवित बलिदानको रूपमा अर्पण गर (१, २)

  • विभिन्‍न वरदान तर एउटै शरीर (३-८)

  • ख्रिष्टियन जीवनबारे सल्लाह (९-२१)

१२  त्यसैले हे भाइ हो, म तिमीहरूलाई परमेश्‍वरको करुणाको आधारमा बिन्ती गर्छु, आफ्नो शरीरलाई जीवित, पवित्र+ अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्‍वरलाई अर्पण गर।+ यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर+ पवित्र सेवा चढाउन सक्नेछौ। २  अनि तिमीहरू यस युगको* चालढालअनुसार चल्न छोड बरु आफ्नो सोचाइ नयाँ बनाओ ताकि तिमीहरूमा पूरै परिवर्तन आओस्‌।*+ तब तिमीहरूले परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के रहेछ भनी राम्ररी थाह पाउन सक्नेछौ।+ ३  मलाई देखाइएको असीम अनुग्रहको आधारमा म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्‍नु आवश्‍यक छ, त्योभन्दा बढ्‌ता नठान+ बरु परमेश्‍वरले हरेकलाई जुन नापले विश्‍वास दिनुभएको छ,* त्यसबमोजिम ठान+ ताकि तिमीहरूले सुझबुझ चलाउन सक। ४  किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्‌ग छन्‌+ तर सबै अङ्‌गको काम एउटै हुँदैन, ५  त्यसरी नै हामी धेरै भए तापनि ख्रिष्टसित एकतामा बाँधिएको एउटै शरीर र एकअर्कामा गाँसिएका अङ्‌गहरू हौँ।+ ६  हामीलाई देखाइएको असीम अनुग्रहअनुसार हामीले फरक-फरक वरदान पाएका छौँ।+ त्यसैले यदि त्यो भविष्यवाणी गर्ने वरदान हो भने हामीलाई दिइएको विश्‍वासअनुसार भविष्यवाणी गरौँ; ७  सेवा गर्ने वरदान हो भने हामी सेवा गरिरहौँ; अनि जसले सिकाउने वरदान पाएको छ, उसले सिकाइरहोस्‌;+ ८  जसले प्रोत्साहन* दिने वरदान पाएको छ, उसले प्रोत्साहन* देओस्‌;+ जसले बाँड्‌ने* वरदान पाएको छ, उसले उदारचित्तले बाँडोस्‌;+ जसले अगुवाइ लिने वरदान पाएको छ, उसले लगनशील भई* अगुवाइ लेओस्‌+ अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्‌।+ ९  तिमीहरूको प्रेम कपटरहित होस्‌।+ जे कुरा दुष्ट छ, त्यसलाई घृणा गर;+ जे कुरा असल छ, त्यससित टाँसिरहो। १०  एकअर्काप्रति भ्रातृप्रेम राख्दै कोमल स्नेह देखाओ। एकअर्काको आदर गर्नमा अगुवाइ लेओ।*+ ११  मेहनती* होओ, अल्छी नगर।*+ पवित्र शक्‍तिले भरिएर जोसिलो होओ।+ यहोवा* परमेश्‍वरको दास बनेर उहाँको सेवा गर।+ १२  आशामा रमाओ। सङ्‌कष्ट आइपर्दा सहो।+ प्रार्थनामा लागिरहो।+ १३  पवित्र जनहरू खाँचोमा पर्दा तिनीहरूसित बाँडचुँड गर।+ अतिथि-सत्कार गर्ने बानी बसाल।+ १४  तिमीहरूको खेदो गर्नेहरूलाई आशिष्‌ दिइरहो।+ आशिष्‌ देओ, सराप नदेओ।+ १५  रमाउनेहरूसित रमाओ; रुनेहरूसित रोओ। १६  आफ्नो विषयमा जस्तो सोच्छौ, अरूको विषयमा पनि त्यस्तै सोच। ठूलठूला कुराहरूमा मन नलगाओ बरु साना कुराहरूमा मन लगाओ।+ तिमीहरू आफ्नै नजरमा बुद्धिमान्‌ नहोओ।+ १७  कसैलाई पनि खराबीको बदला खराबी नगर।+ सबै मानिसले जुन कुरालाई असल ठान्छन्‌, त्यही गर। १८  सम्भव भएसम्म सबै मानिससँग शान्तिपूर्वक बस्न तिमीहरू सक्दो कोसिस गर।+ १९  प्रियहरू हो, बदला नलेओ बरु परमेश्‍वरको क्रोधलाई ठाउँ देओ+ किनकि यस्तो लेखिएको छ: “‘बदला लिने काम मेरो हो; म साटो फेर्नेछु,’ यहोवा* परमेश्‍वर भन्‍नुहुन्छ।”+ २०  तर “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।”*+ २१  खराबीसित नहार बरु खराबीलाई भलाइले जितिरहो।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “तिमीहरूको कायापलट होस्‌।”
वा “बाँड्‌नुभएको छ।”
वा “अर्ती।”
वा “अर्ती।”
वा “अनुदान दिने।”
वा “जोसका साथ।”
वा “अग्रसर होओ।”
वा “लगनशील; जोसिलो।”
वा “आफ्नो काममा आलटाल नगर।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अर्थात्‌, उसको कठोर मन पगाल्नु र उसको रिस शान्त पार्नु।