व्यवस्था ३२:१-५२
३२ “हे आकाश, म जे बोल्छु, कान थापेर सुन,हे पृथ्वी, मेरो मुखबाट निस्केको वचन सुन!
२ मेरो निर्देशन झरीझैँ बर्सनेछ;मेरो वचन शीतझैँ तपतप खस्नेछ,घाँसमा सिमसिम पानी परेझैँर बोटबिरुवामा पानी बर्सेझैँ मेरो वचन आउनेछ।
३ यहोवाको नाम म घोषणा गर्नेछु।+
हाम्रा परमेश्वर कत्ति महान् हुनुहुन्छ भनेर म बताउनेछु!+
४ उहाँ चट्टान हुनुहुन्छ, उहाँको काममा कुनै खोट छैन,+उहाँका सबै काम न्यायसङ्गत छन्।+
परमेश्वर विश्वासयोग्य हुनुहुन्छ,+ उहाँ कहिल्यै अन्याय गर्नुहुन्न;+उहाँ सत्य र न्यायी हुनुहुन्छ।+
५ तिनीहरूले पो भ्रष्ट व्यवहार गरे।+
तिनीहरू उहाँका सन्तान होइनन्, दोष तिनीहरूकै हो।+
तिनीहरूको पुस्ता टेढो र बेइमान छ!+
६ हे मूर्ख र निर्बुद्धि मानिसहरू हो,+के तिमीहरू यहोवाको गुनको बदला यसरी चुकाउँछौ?+
तिमीहरूलाई अस्तित्वमा ल्याउने तिमीहरूका बुबा उहाँ नै होइन र?+तिमीहरूलाई सृष्टि गर्नुहुने र एउटा जातिको रूपमा खडा गर्नुहुने उहाँ नै होइन र?
७ उहिले-उहिलेका दिनहरू सम्झ;अघिल्लो पुस्ताका कुराहरू विचार गर।
तिम्रो बुबालाई सोध र तिनले तिमीलाई बताउनेछन्,+तिमीहरूका नाइकेहरूलाई सोध र तिनीहरूले बेलीबिस्तार लाउनेछन्।
८ जब सर्वोच्च परमेश्वरले जातिजातिलाई पैतृक सम्पत्ति दिनुभयो+र आदमका सन्तानलाई* एकअर्काबाट अलग पारिदिनुभयो,+तब उहाँले इस्राएलका सन्तानको सङ्ख्यालाई ध्यानमा राख्दै+जातिजातिको सिमाना तोकिदिनुभयो।+
९ यहोवाका मानिसहरू उहाँका अंश हुन्;+याकुब उहाँको सम्पत्ति हो।+
१० उहाँले तिनलाई निर्जनभूमिमा भेट्टाउनुभयो,+जनावरहरूको रोदन सुनिने सुनसान मरुभूमिमा पाउनुभयो।+
उहाँले तिनलाई चारैतिरबाट सुरक्षा दिनुभयो, तिनको हेरचाह गर्नुभयो+अनि आफ्नो आँखाको नानीलाई जस्तै तिनलाई जोगाउनुभयो।+
११ चीलले आफ्ना बचेराहरूलाई उड्न सिकाएझैँ,तिनीहरूको माथि-माथि हावामा उडेझैँ,आफ्नो पखेटा फैलाएर बचेरालाई थामेझैँर तिनीहरूलाई आफ्नो पखेटामा बोकेझैँ+
१२ यहोवा एक्लैले तिनलाई* डोऱ्याउनुभयो;+उहाँसँग अरू कुनै देवता थिएन।+
१३ उहाँले तिनलाई पृथ्वीका अग्ला-अग्ला ठाउँहरू अधिकार गर्न दिनुभयो,+यसरी तिनले जमिनको उब्जनी खान पाए।+
उहाँले तिनलाई पहराको महर कडा चट्टानबाट निकालिएको तेल खुवाएर बलियो पार्नुभयो।
१४ गाईको घ्यू, बाख्रीको दूध,मोटाघाटा भेडा,बोका, बासानका थुमार सबैभन्दा असल गहुँ उहाँले तिनलाई खुवाउनुभयो।+अनि तिमीले अङ्गुरको रसबाट* बनाइएको मद्य पियौ।
१५ हे यसुरुन,* जब तिमी मोटायौ, तब तिमीले विद्रोह गर्दै लात हान्यौ।
बोसो लागेर तिम्रो जीउ थलथले भयो।+
त्यसैले तिमीले आफूलाई बनाउनुहुने परमेश्वरलाई त्याग्यौ+अनि तिमीलाई उद्धार गर्नुहुने चट्टानलाई तुच्छ ठान्यौ।
१६ विदेशी देवताहरू पुजेर तिनीहरूले उहाँलाई क्रोधित बनाए;+घिनलाग्दा कामहरू गरेर तिनीहरूले उहाँलाई रिस उठाए।+
१७ तिनीहरूले परमेश्वरको निम्ति होइन, प्रेतहरूको निम्ति बलि चढाए,+ती देवताहरूको निम्ति, जसलाई तिनीहरूले चिनेकै थिएनन्;तिनीहरूले नयाँ-नयाँ देवताको निम्ति बलि चढाए,जसलाई तिम्रा पुर्खाहरूले चिनेकै थिएनन्।
१८ तिमीले आफूलाई जन्म दिनुहुने चट्टानलाई बिर्स्यौ,+तिमीलाई जन्म दिनुहुने परमेश्वरलाई तिमीले सम्झेनौ।+
१९ जब यहोवा परमेश्वरले यो सबै देख्नुभयो, तब उहाँले तिनीहरूलाई त्याग्नुभयो+किनकि उहाँका छोराछोरीले उहाँलाई रिस उठाए।
२० त्यसैले उहाँले भन्नुभयो, ‘म तिनीहरूबाट आफ्नो अनुहार अन्तै फर्काउनेछु+अनि तिनीहरूको हालत कस्तो हुनेछ, म हेर्नेछु।
किनभने तिनीहरूको पुस्ता पतित छ+र तिनीहरू विश्वासघाती सन्तान हुन्।+
२१ जो ईश्वरै होइन, त्यसलाई मानेर तिनीहरूले मलाई क्रोधित* बनाए;+व्यर्थका मूर्तिहरू पुजेर तिनीहरूले मलाई रिस उठाए।+
त्यसैले जसलाई एउटा जाति नै गनिँदैन, त्यस्तो जातिद्वारा म तिनीहरूमा डाह उत्पन्न गराउनेछु।+एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई रिस उठाउनेछु।+
२२ मेरो रिसले आगो सल्काएको छ+र त्यसको ज्वाला चिहानको* गहिराइसम्म फैलिनेछ;+त्यसले पृथ्वी र यसको उब्जनी भस्म पार्नेछअनि पहाडका जगहरूमा पनि आगो दन्काउनेछ।
२३ म तिनीहरूमाथि अझै विपत्ति ल्याउनेछु;मेरा सबै काँडले तिनीहरूलाई हान्नेछु।
२४ तिनीहरू भोकले छटपटाउनेछन्,+तिनीहरू निस्लोट ज्वरोले खतम हुनेछन् र पीडा भोग्दै नाश हुनेछन्।+
म तिनीहरूलाई लुछ्न हिंस्रक जनावरहरूर तिनीहरूलाई डस्न जमिनमा घस्रने विषालु सर्पहरू* पठाउनेछु।+
२५ घरबाहिर भएकाहरूका बालबच्चा तरबारले काटिनेछन्,+घरभित्र भएकाहरू डरले थरथर काँप्नेछन्।+तन्नेरी होस् वा तरुनी,दूधे-बालक होस् वा कपाल फुलिसकेको वृद्ध, सबैको हालत त्यस्तै हुनेछ।+
२६ म यसो भन्न चाहन्थेँ: “म तिनीहरूलाई तितरबितर पार्नेछुर मानिसहरूबाट तिनीहरूको सम्झना मेटाइदिनेछु।”
२७ तर मैले त्यसो भनिनँ किनकि शत्रुहरूले के भन्लान् भनेर मलाई चिन्ता लागेको थियो,+तिनीहरूले गलत निष्कर्ष निकाल्न सक्थे।+
तिनीहरूले यसो भन्न सक्थे: “हामीले आफ्नै बलले जितेका हौँ;+यसमा यहोवाको कुनै हात छैन।”
२८ इस्राएल सुझबुझ नभएको* जाति हो,तिनीहरूसित समझ नै छैन।+
२९ तिनीहरूसित बुद्धि भएको भए+ तिनीहरूले गहिरिएर विचार गर्ने थिए,+
तिनीहरूले आफ्नो कामको नतिजाबारे सोच्ने थिए।+
३० तिनीहरूका चट्टान यहोवाले तिनीहरूलाई नबेच्नुभएको भए,+उहाँले तिनीहरूलाई शत्रुको हातमा नसुम्पनुभएको भए,
के १ जनाले १,००० लाई खेद्न सक्थ्यो र?अनि के २ जनाले १०,००० लाई धपाउन सक्थ्यो र?+
३१ शत्रुहरूको चट्टान हाम्रो चट्टानजस्तो बलियो छैन,+यो कुरा हाम्रा शत्रुहरूलाई पनि थाह छ।+
३२ तिनीहरू सदोमको अङ्गुरको बोटजस्तैर गमोराको बारीको बोटजस्तै छन्,+
तिनीहरूका अङ्गुर विषालु छन्,तिनीहरूको अङ्गुरका झुप्पा तीता छन्।+
३३ तिनीहरूको रक्सी सर्पको विष हो,गोमन सर्पको कडा विष।
३४ मैले तिनीहरूका कामहरू छाप लगाएर राखेको छु,आफ्नो भण्डारमा जम्मा पारेर राखेको छु।+
३५ बदला लिने र सजाय दिने काम मेरो हो,+तोकिएको समय आएपछि तिनीहरूको खुट्टा चिप्लनेछ+किनकि तिनीहरूको विनाशको दिन नजिकै छतिनीहरूको चाँडै सर्वनाश हुनेछ।’
३६ यहोवाले आफ्ना मानिसहरूको न्याय गर्नुहुनेछ।+आफ्ना सेवकहरू देखेर उहाँमा दया जाग्नेछ+किनकि तिनीहरूको बल घटेको छअनि निर्धा र कमजोरहरू मात्र बाँकी छन्।
३७ तब उहाँले भन्नुहुनेछ, ‘तिनीहरूका देवताहरू कहाँ छन्?+तिनीहरूले शरण लिएको चट्टान खोइ?
३८ ती देवताहरूले तिनीहरूले बलि चढाएको जनावरको बोसो* खान्थेर मद्यभेटीको* रक्सी पिउँथे।+
ती देवताहरू तिनीहरूको पक्षमा खडा होऊन् र तिनीहरूलाई मदत गरून्।
तिनीहरूको लागि शरणस्थान होऊन्।
३९ हेर! म नै परमेश्वर हुँ,+मबाहेक अरू कोही ईश्वर छैन।+
मार्ने पनि मै हुँ, जीवन दिने पनि मै हुँ।+
चोट पुऱ्याउने पनि मै हुँ,+ निको पार्ने पनि मै हुँ,+मेरो हातबाट छुटाउन सक्ने कोही छैन।+
४० म स्वर्गतिर हात उठाएर भन्छु,“म, जो सधैँभरि जीवित रहन्छु, आफ्नो जीवनको कसम खान्छु,”+
४१ जब म चमचम चम्कने तरबारमा धार लगाउँछुर सजाय दिन आफ्नो हात उठाउँछु,+तब म आफ्ना शत्रुहरूसित बदला लिनेछु+र मलाई घृणा गर्नेहरूलाई सजाय दिनेछु।
४२ मारिएका र बन्दी बनाएर लगिएकाहरूको रगतलेमेरा काँडहरूलाई लट्ठ पारिदिनेछु।शत्रुका नाइकेहरूको टाउकोमेरो तरबारले खानेछ।’
४३ हे जातिजातिका मानिसहरू हो, उहाँका जनहरूसँगै रमाओ!+किनकि उहाँले आफ्ना जनहरूको रगतको बदला लिनुहुनेछ,+आफ्ना शत्रुहरूसित साटो फेर्नुहुनेछ+अनि आफ्ना जनहरूको देशको निम्ति प्रायश्चित गर्नुहुनेछ।”*
४४ यसप्रकार मोसाले यस गीतका सबै शब्द मानिसहरूलाई सुनाए;+ मोसाले र नुनको छोरा होसियाले*+ मानिसहरूलाई यो गीत सुनाए।
४५ मोसाले इस्राएलीहरूलाई सबै कुरा भनिसकेपछि
४६ तिनले तिनीहरूलाई यसो भने: “मैले तिमीहरूलाई आज जे-जे चेतावनी दिएँ, ती सबै आफ्नो हृदयमा राख।+ यसो गऱ्यौ भने तिमीहरूले आफ्ना छोराछोरीलाई यस व्यवस्थाका सबै कुरा होसियारीसाथ पालन गर्न सिकाउन सक्नेछौ।+
४७ यो व्यर्थको कुरा होइन, यसैमा तिमीहरूको जीवन निर्भर छ।+ अनि यसअनुसार चल्यौ भने यर्दनपारि तिमीहरू जुन देश अधिकार गर्न जाँदै छौ, त्यहाँ तिमीहरू दीर्घायु हुनेछौ।”
४८ अनि यहोवा परमेश्वरले मोसालाई त्यही दिन यसो भन्नुभयो:
४९ “तिमी मोआब देशको पहाडी इलाका अबारिममा पर्ने नेबो डाँडामा उक्ल,+ जुन यरिहोको अगाडि पर्छ। अनि त्यहाँबाट कनान देशलाई हेर, जुन मैले इस्राएलीहरूलाई अधिकार गर्न दिँदै छु।+
५० अनि जुन डाँडामा तिमी उक्लँदै छौ, त्यहीँ तिमी मर्नेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ। तिम्रा दाइ हारुन पनि होर डाँडामा मरे र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए।+
५१ जिन निर्जनभूमिमा पर्ने कादेसको मरिबाको पानीनेर तिमीहरू दुवैले मसित विश्वासघात गऱ्यौ;+ तिमीहरूले इस्राएलीहरूसामु मलाई महिमा दिएनौ।+
५२ त्यसैले इस्राएलीहरूलाई मैले दिन लागेको देश तिमीले टाढाबाट मात्र देख्नेछौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+
फुटनोटहरू
^ वा सम्भवतः “मानवजातिलाई।”
^ अर्थात्, याकुबलाई।
^ शा., “अङ्गुरको रगतबाट।”
^ यसको अर्थ हो, “सोझो मानिस।” इस्राएललाई सम्मान गर्दै दिइएको उपाधि।
^ वा “डाही।”
^ वा “घस्रने जीवजन्तु।”
^ वा सम्भवतः “सल्लाह नसुन्ने।”
^ वा “तिनीहरूले चढाएको उत्तम-उत्तम बलिदान।”
^ वा “देशलाई शुद्ध पार्नुहुनेछ।”
^ यहोसुको वास्तविक नाम। “होसिया,” होसियाहको छोटो रूप हो। यसको अर्थ हो, “याहद्वारा बचाइएको; याहले बचाउनुभएको छ।”