श्रेष्ठगीत २:१-१७
२ “म त मैदानको* फूल,*बेँसीमा फुल्ने लिली फूल मात्र हुँ।”+
२ “युवतीहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरी प्रेयसीकाँडेझारहरूबीच फक्रने लिली फूलजस्तै छे।”
३ “युवकहरूमाझ कसैसित दाँज्न नमिल्ने मेरो प्रेमीजङ्गलका रूखहरूबीच पलाएको स्याउको बोटजस्तै छ,
जसको छायामुनि बस्न मेरो मन हतारिन्छ,जसको फल मलाई साह्रै मीठो लाग्छ।
४ उसले मलाई ठूलो भोजमा लग्यो,उसको माया कसैको नजरबाट लुक्न सकेन।
५ म उसको प्रेममा पागल भएर शिथिल भएकी छु,मलाई किसमिस खुवाएर फुर्तिलो बनाऊ,+स्याउ खुवाएर बलियो बनाऊ।
६ उसको बायाँ हात मेरो शिरमुनि छअनि दायाँ हातले मलाई अङ्गालोमा बाँधेको छ।+
७ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाईमृग+ र मुडुली मृगको नाममा कसम खान लगाउँछु:
मैले नचाहेसम्म ममा प्रेमराग जगाउने कोसिस नगर।+
८ मैले मेरो प्रेमीको स्वर सुनेँ!
हेर, ऊ आउँदै छ,पहाड उक्लँदै र डाँडा छिचोल्दै ऊ आउँदै छ।
९ मेरो प्रेमी मृगजस्तै र घोर्ले जरायोजस्तै छ।+
हेर त, ऊ हाम्रो पर्खालबाहिर उभिरहेको छ।झ्यालबाट एकटक लाएर हेर्दै छ,आँखीझ्यालबाट चियाउँदै छ।
१० मेरो प्रेमीले मलाई बोलाउँदै छ:
‘उठ! मेरी प्रेयसी,हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।
११ हेर, हिउँद* कटिसक्यो;
पानी पर्न पनि बन्द भइसक्यो।
१२ चारैतिर पालुवा लागिसक्यो,+बोटहरू छिमल्ने बेला भइसक्यो,+चारैतिर ढुकुर कुर्लेको आवाज सुनिँदै छ।+
१३ अन्जिरको बोटमा पहिलो बेत पाक्न थालिसक्यो;+अङ्गुरको बोटमा कोपिला फक्रिसकेको छ र त्यसको मगमग बास्ना चारैतिर फैलँदै छ।
उठ, मेरी प्रेयसी!
हे मेरी सुन्दरी, आऊ, सँगै जाऔँ।
१४ चट्टान र पहरामा लुकेकी, हे मेरी ढुकुर!+बाहिर निस्क, मदेखि नलुक,मलाई तिम्रो मुहार देखाऊ र तिम्रो स्वर सुनाऊ,+
तिम्रो स्वर मीठो छ र तिम्रो रूप सुन्दर।’”+
१५ “हाम्रो अङ्गुरको बगानमा भर्खरै फूल फुल्न थालेको छ,बगानलाई बिगार्ने फ्याउराहरूलाई पक्र,ती चकचके फ्याउराहरूलाई समात।”
१६ “मेरो प्रेमी मेरै हो र म उसकी!+
लिली फूलहरूमाझ+ ऊ बगाल चराउँदै छ।+
१७ मन्दमन्द बतास चल्नुअघि अनि घामको छाया बिलाउनुअघिहे मेरो प्यारा, फर्केर आऊ।हामीबीच तेर्सिएका यो बिछोडको पहाडलाई*
मृग+ र घोर्ले जरायोले जस्तै+ छिचोलेर आऊ।
फुटनोटहरू
^ वा “समुद्री किनारको।”
^ शा., “केशर फूल।”
^ वा “पानी पर्ने मौसम।”
^ वा सम्भवतः “धाँजा परेको पहाड।” वा “बेथेर पहाड।”