श्रेष्ठगीत ५:१-१६
५ “हे मेरी बहिनी, हे मेरी दुलही,म मेरो बगैँचामा पसेँ;+
मैले मर्र* र जडीबुटी बटुलेँ।+
मह र महको चाका खाएँ;मद्य र दूध पिएँ।”+
“ए मेरा प्यारा मित्रहरू हो! खाओ! पिओ!
मायाको नशामा चुर्लुम्म डुब।”+
२ “म निदाएँ तर मेरो मन भने जागै थियो।+
मेरो प्रेमीले ढोका ढकढक्याएको मैले सुनेँ।
‘ढोका खोल मेरी बहिनी, मेरी प्रेयसी!मेरी ढुकुर, तिमी सुन्दरी र चोखी छ्यौ!
शीतले मेरो शिर भिजेको छ,रातको चिसोले मेरो कपाल भिजेको छ।’+
३ मैले लुगा फेरिसकेँ,
अब फेरि लगाउनु?
मैले गोडा धोइसकेँ,
अब फेरि मैला पार्नु?
४ मेरो प्रियले छेस्कनी खोल्न प्वालमा पसाएको हात झिक्यो,त्यो चाल पाएर मेरा भावनाहरू उर्लिएर आए।
५ ढोका खोल्न म जुरुक्क उठेँ,मेरो हात मर्रको तेलले भिजेको थियो।मेरा औँलाबाट त्यो तपतप चुहिन थाल्योर आग्लोमा लाग्यो।
६ मैले मेरो प्याराको लागि ढोका खोलेँतर ऊ त फर्केर गइसकेछ!
उसलाई नदेखेर म साह्रै दुःखी भएँ,*
मैले उसलाई खोजेँ तर फेला पारिनँ।+
मैले उसलाई बोलाएँ तर जवाफ पाइनँ।
७ सहरमा गस्ती गर्ने पहरेदारहरूले मलाई भेट्टाए।
तिनीहरूले मलाई पिटे, मलाई घाइते बनाए
अनि मैले ओढेको खास्टो खोसे।
८ हे यरुसलेमका छोरीहरू हो, म तिमीहरूलाई कसम खान लगाउँछु:
मेरो प्रेमीलाई भेट्यौ भनेम उसको प्रेममा पागल भएकी छु भनिदेओ।”
९ “ए परमसुन्दरी!तिम्रा प्रेमी अरूभन्दा विशेष छन् अरे! कसरी?
तिम्रा प्रेमीमा त्यस्तो विशेष के छ,जसको लागि तिमी हामीलाई यस्तो शपथ खान लगाउँदै छ्यौ?”
१० “मेरो प्रेमी सुन्दर र खाइलाग्दो छ;दस हजारको माझमा पनि उसको रूप बिछट्टै सुन्दर देखिन्छ।
११ उसको शिर निखुर सुनजस्तै छ,
उसको निखुर कालो* कपालखजुरको पातझैँ* लर्केको छ।
१२ उसका नयन दूधमा नुहाएका ढुकुरहरूजस्तै छन्,जलकुण्डमा* खेलेरकिनारामा बसिरहेका ढुकुरहरूजस्तै।
१३ उसका गाला जडीबुटीको ड्याङजस्तै छन्,+मगमगाउँदो जडीबुटीको थुप्रोजस्तै।
उसका ओठ लिली फूलजस्तै छन्, ती तपतप चुहिने मर्रले भरिएका छन्।+
१४ उसका हात बहुमूल्य रत्नहरू* जडिएको सुनका डन्डाजस्तै छन्
अनि उसको पेट नीलम जडिएको हस्तिदन्तजस्तै।
१५ उसका गोडा निखुर सुनले बनेको जगमाथि बसालिएका सङ्गमर्मरका खम्बाजस्तै छन्।
ऊ लेबनानजस्तै सुन्दर र देवदारझैँ अग्लो छ।+
१६ उसको ओठमा महको जस्तै मिठास छ।उसको सबै कुरा मलाई मन पर्छ।+
हे यरुसलेमका छोरीहरू हो, यही हो मेरो प्रेमी, मेरो प्रियको वर्णन।”
फुटनोटहरू
^ वा सम्भवतः “उसको बोली सुन्दा मलाई मेरो ज्यानै जाला जस्तो लाग्यो।”
^ शा., “कागजत्तिकै कालो।”
^ वा सम्भवतः “खजुरको झुप्पाझैँ।”
^ वा सम्भवतः “झरनामा।”
^ वा “क्रिसोलाइटहरू।”