हबकुक १:१-१७

  • भविष्यवक्‍ताको गुहार (१-४)

    • ‘हे यहोवा, कतिन्जेल?’ ()

    • “तपाईँ किन अत्याचार सहनुहुन्छ?” ()

  • सजाय दिन परमेश्‍वरले कल्दियालीहरूलाई चलाउनुहुन्छ (५-११)

  • भविष्यवक्‍ताले यहोवालाई बिन्ती गर्छन्‌ (१२-१७)

    • ‘हे मेरा परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन’ (१२)

    • ‘तपाईँ दुष्ट कुरा हेर्न सक्नुहुन्‍न, तपाईँ अत्यन्तै पवित्र हुनुहुन्छ’ (१३)

१  भविष्यवक्‍ता हबकुकले* दर्शनमा* पाएको सन्देश:  २  हे यहोवा, म कतिन्जेल तपाईँलाई गुहारूँ र कतिन्जेल तपाईँ सुन्‍नुहुन्‍न?+ हिंसाबाट जोगाउनुहोस्‌ भनेर म कतिन्जेल तपाईँलाई पुकारूँ र कतिन्जेल तपाईँ बचाउनुहुन्‍न?+  ३  तपाईँ किन मलाई गलत काम हेर्न लगाउनुहुन्छ? तपाईँ किन अत्याचार सहनुहुन्छ? मेरै अगाडि किन विनाश र हिंसा भइरहेको छ? किन जताततै झैझगडा र कलह मच्चिरहेको छ?  ४  कानुन-व्यवस्था कमजोर भएको छ, न्याय कतै पनि छैन। दुष्टहरूले असल मानिसलाई घेरेका छन्‌, त्यसैले त न्यायलाई टेढो पारिएको छ।+  ५  “राष्ट्रहरूलाई हेर र ध्यान देओ! चकित हुँदै हेर र छक्क पर। किनकि तिमीहरूको पालामा यस्तो घटना घट्‌नेछ कि कसैले तिमीहरूलाई त्यो सुनायो भने पनि तिमीहरूले पत्याउनेछैनौ।+  ६  किनकि हेर, म कल्दियालीहरूलाई खडा गर्नेछु,+ जुन अत्यन्तै उग्र र क्रूर जाति हो। तिनीहरू पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म जान्छन्‌ र अरूको घर कब्जा गर्छन्‌।+  ७  तिनीहरू भयानक र डरलाग्दा छन्‌। तिनीहरू आफ्नो लागि आफै कानुन बनाउँछन्‌ र अख्तियार चलाउँछन्‌।+  ८  तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्‌, तिनीहरू राती निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्‌।+ तिनीहरूका युद्धका घोडाहरू सर्पट मार्दै आउँछन्‌। तिनीहरूका घोडाहरू टाढा-टाढादेखि आउँछन्‌। सिकार पक्रन चीलले जमिनतिर वेग हानेझैँ तिनीहरू वेग हान्छन्‌।+  ९  तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्‌।+ तिनीहरू एकसाथ भेला भएर पूर्वीय बतासझैँ आउँछन्‌।+ तिनीहरूले कैदीहरूलाई बालुवा बटुलेझैँ बटुल्छन्‌। १०  तिनीहरू राजाहरूलाई हाँसोमा उडाउँछन्‌ अनि उच्च अधिकारीहरूको खिसी गर्छन्‌।+ पर्खालले घेरिएका ठाउँहरू देख्दा तिनीहरूलाई हाँस उठ्‌छ।+ तिनीहरू माटोको ढिस्को बनाएर त्यसलाई कब्जा गर्छन्‌। ११  तिनीहरू बतासजस्तै हुइँकिन्छन्‌ र देश पार गरेर जान्छन्‌ तर तिनीहरू दोषी ठहरिनेछन्‌+ किनकि तिनीहरू आफ्नो शक्‍तिको श्रेय आफ्नो देवतालाई दिन्छन्‌।”*+ १२  हे यहोवा, के तपाईँ अनन्त कालदेखि हुनुहुन्‍न र?+ हे मेरा परमेश्‍वर, मेरा पवित्र परमेश्‍वर, तपाईँको अन्त कहिल्यै हुँदैन।*+ हे यहोवा, इन्साफ गर्न तपाईँले तिनीहरूलाई नियुक्‍त गर्नुभयो। हे मेरा चट्टान,+ हामीलाई सजाय दिन* तपाईँले तिनीहरूलाई खडा गर्नुभयो।+ १३  तपाईँका आँखाले दुष्ट कुरा हेर्न सक्दैनन्‌ किनकि ती अत्यन्तै पवित्र छन्‌। तपाईँ दुष्टता सहन सक्नुहुन्‍न।+ त्यसोभए छली मानिसहरूलाई तपाईँ किन सहनुहुन्छ?+ अनि दुष्ट मानिसले आफूभन्दा धर्मी मानिसलाई बरबाद पार्दा तपाईँ किन चुप लागिरहनुहुन्छ?+ १४  तपाईँ किन मानिसलाई समुद्रको माछाजस्तै तुल्याउनुहुन्छ, कुनै शासक नभएको घस्रने जन्तुजस्तै तुल्याउनुहुन्छ? १५  उसले* यी सबैलाई बल्छीले तान्छ। उसले तिनीहरूलाई ठूलो जालमा पक्रन्छ। माछा मार्ने आफ्नो जालमा उसले तिनीहरूलाई जम्मा गर्छ। अनि ऊ निकै रमाउँछ।+ १६  त्यसैकारण उसले माछा मार्ने आफ्नो जालको लागि भेटी चढाउँछ अनि जालको नाममा बलि चढाउँछ।* किनकि ती जालहरूले गर्दा नै उसले पोसिलो* आहार पाउँछ अनि उत्तम भोजन खान पाउँछ। १७  के उसले आफ्नो जाल भर्ने र रित्याउने गरिरहन्छ?* के उसले दयामाया नदेखाई जातिजातिका मानिसहरूलाई मारिरहन्छ?+

फुटनोटहरू

यसको अर्थ “मायाले अङ्‌कमाल गर्नु” हुन सक्छ।
शब्दावली हेर्नुहोस्‌।
वा सम्भवतः “तिनीहरूको शक्‍ति तिनीहरूको देवता हो।”
वा सम्भवतः “हाम्रो अन्त हुनेछैन।”
वा “सुधार्न।”
अर्थात्‌, कल्दियाली शत्रुले।
वा “माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउँछ।”
वा “चिल्लो।”
वा सम्भवतः “तरबार थुतिरहन्छ?”